अनलाइबाटै भन्सार महसुल बुझाउन सकिने
काठमाडौँ, भन्सार महसुलको विद्युतीय भुक्तानी (इपेमेन्ट) प्रणालीको आज अर्थमन्त्री जनार्दन शर्माले सुरुआत गर्नुभएको छ । ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित समारोहकाबीच उहाँले सो प्रणालीको सुभारम्भ गर्नुभएको हो । इपेमेन्ट प्रणालीको सुरुआतसँगै अब व्यवसायीले भन्सार महसुल अनलाइनमार्फत नै तिर्नसक्ने भएका छन् । यसले घरमै बसेर भन्सार जाँच पास गर्न सकिने तथा राजस्व सङ्कलनमा समेत सहजता प्रदान गर्ने मन्त्री शर्माले विश्वास व्यक्त गर्नुभयो । योसँगै ‘नयाँ युग’को सुरुआत भएको पनि

