बीमा समितिका अध्यक्षविरुद्ध

दुई अर्ब घोटाला भएको भन्दै बीमा समितिका अध्यक्षविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले तीन वर्षअघि १३ वटा नयाँ बीमा कम्पनीलाई सञ्चालन अनुमति दिँदा झण्डै दुई अर्ब घोटाला गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । यही असोज ५ गतेको मितिमा टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको उजुरीमा बीमा समितिका अध्यक्ष चापागाईका विरुद्धमा नयाँ कम्पनी दर्ता, स्थगतल अध्ययन प्रतिवेदन कार्यान्वयन नगरेको, अनावश्यक रुपमा नयाँ मोटर खरिद गरेको, नीतिगत रुपमा बीमाको काम नगरेको तथा कर्मचारी