के के फिचर्स छन् त नेपाल आउने रेलमा ?
जनकपुर । जयनगर रूटमा चल्नेगरी शुक्रबार दुई रेल नेपाल आउँदै छन्। यी रेल भारतमा मध्यम दूरीमा चल्ने रेलजस्तै आधुनिक रहेको रेल्वे विभागले जनाएको छ। विभागका अनुसार १३०० सिट क्षमताको यी रेलमा भारतका विभिन्न मध्यम दूरीमा चल्ने ‘इन्टर सिटी एक्सप्रेस’ कै फिचर्स छन्। विभागका महानिर्देशक बलराम मिश्रका अनुसार यो रेल डिजेलबाट स्टार्ट हुन्छ। जेनेरेटरबाट पैदा भएको बिजुलीले इन्जिन चल्छ। रेललाई फर्काइराख्नु पर्दैन। दुबैतिर इन्जिन रहेकाले रेल चलाउन निकै सजिलो रहेको मिश्रले