डिम्याट खाताको संख्या ३० लाख नाघ्यो
काठमाडौं । डिम्याट खाताको संख्या ३० लाख नाघेको छ । पछिल्लो समय सेयर बजारमा सर्वसाधाणको आकर्षण बढ्दो छ । खासगरी नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर ९आईपीओ० पछि सर्वसाधारणहरुको बजारमा आकर्षण ह्वात्तै बढेको हो । सेयर कारोबारको सम्पूर्ण लेखाजोखा राख्ने सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बुधबारसम्म डिम्याट खाता संख्या ३० लाख ४१ लाख ६ सय ९८ पुगेका छन् । सेयर बजारमा प्रवेश गर्न डिम्याट खाता अनिवार्य छ । सेयर प्रमाणपत्र तथा