स्वास्थ्य

संसारभर कोरोनाको तेस्रो लहर, इटालीमा पुनः लकडाउन

काठमाडौँ, संसारभर देखिएको कोरोनाको नयाँ खतरालाई मध्यनजर गर्दै इटालीमा पुनः लकडाउन गरिएको छ। इटालीका अधिकारीहरूका अनुसार कोरोनाको तेस्रो लहरलाई रोक्न लकडाउन गरिएको हो। उता जर्मन सरकारको स्वास्थ्य एजेन्सी रोबर्ट कोच संस्थानका प्रमुखले जर्मनीमा कोरोनाको तेस्रो लहर पहिल्यै शुरू भइसकेको बताएका छन्। फ्रान्समा नोभेम्बरपछि हरेक दिन हजारौँ संक्रमितहरू फेला पर्न थालेका हुन्। कोरोनाको यस लहरका बीच त्यहाँ पनि लकडाउन गर्ने बारेमा विचार गरिरहेको बताइएको छ। अहिले युरोपमा दैनिक डेढ लाखभन्दा बढी

बिना जानकारी ल्याइएको खोपमाथि स्वास्थ्य मन्त्रालयद्वारा छानबिन सुरु

काठमाडौँ, सोमबार बहराइनबाट नेपाल ल्याइएको २ हजार डोज कोरोना भाइरसविरुद्घको खोपको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाएको छ। स्वास्थ्य मन्त्रालयसँग समन्वय नै नगरी बहराइनबाट सोमबार २ हजार डोज खोप भित्रिएको थियो। मन्त्रालयले मंगलबार सो खोपको विषयमा छलफल गरेको हो। नेपाली राजदूतावासले नै खोप सहितको टोलीलाई नेपाल पठाएको समाचार आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार औषधि व्यवस्था विभागसँग छलफल गरेको हो। मन्त्रालयका अनुसार खोप सोमबार नै आएपनि स्वास्थ्य

विद्यार्थीमा भाइरल ज्वरो : विद्यालय बन्द गरिएको 

डोटी, जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका–६ गगुडामा भाइरल ज्वरो फैलिएपछि तीन विद्यालय पाँच दिनका लागि बन्द गरिएको छ । विद्यार्थीमा एकाएक भाइरल ज्वरो फैलिएका कारण गगुडामा रहेका मष्टेश्वर माध्यमिक विद्यालय, वाल्मीकि आधारभूत विद्यालय र सिउँडी आधारभूत विद्यालय बन्द गरिएको शिक्षक चक्रबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थीमा एकाएक भाइरल ज्वरो फैलिएपछि अरु विद्यार्थीलाई नसरोस् भनेर विद्यालय बन्द गरिएको हो । विद्यालयमा विद्यार्थी आउनै नसक्ने र आएका विद्यार्थीमा

पाटनमा मिर्गौला उपचार गराउने बिरामी बढे

ललितपुर, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गौला उपचार गराउन आउने बिरामीको सङ्ख्या बढेको छ । पछिल्ला वर्षमा झैँ केही अस्पतालले सो रोगको उपचार सेवा दिन बन्द गरेसँगै यहाँ बिरामीको सङ्ख्या बढेको हो । “हामीसँग मिर्गौला डायलासिस गर्ने १४ प्रविधि छ, यसमा १२ मेसिन २४सै घण्टा निरन्तर चलाउनुपरिरहेको छ”, अस्पतालका निर्देशक डा रवि शाक्यले भन्नुभयो, “एक दिनमा लगभग ४५ मिर्गौलापीडितको डायलासिस भइरहेको छ । साना बालकदेखि वृद्धसम्म यस रोगको उपचार गराउन आउँछन्

ब्राजिलमा एकै दिनमा ७६ हजार नयाँ सङ्क्रमित, पूर्व राष्ट्रपतिलाई खोप

काठमाडौँ, ब्राजिलमा कोरोनाभाइरसबाट एकै दिनमा थप ७६ हजारभन्दा बढी सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ७६ हजार १७८ जना सङ्क्रमित भएका हुन्। त्यसैगरी सोही अवधिमा कम्तीमा एक हजार ९९७ जनाको कारोना संक्रमणका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ। ब्राजिलमा अहिलेसम्म कुल एक करोड १४ लाख ३९ हजार ५५८ जना सङ्क्रमित भएका छन् भने दुई लाख ७७ हजार १०२ जनाको मृत्यु भइसकेको छ। कोरोनाभाइरसको महामारीबाट

विश्वभर ९ करोड ६२ लाख संक्रमित कोरोनामुक्त, २६ लाख ५० हजारको मृत्यु

काठमाडौं, विश्वभरमा नौं करोड ६२ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन्। शनिबार बिहानसम्ममा नौं करोड ६२ लाख ४३ हजार नौं सय २१ जना संक्रमित कोरोनामुक्त भएका हुन्। हालसम्म विश्वमा ११ करोड ९५ लाख ९३ हजार सात सय ९६ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २६ लाख ५० हजार सात सय २६ जनाको मृत्यु भइसकेको छ। हाल विश्वमा दुई करोड ६ लाख ९९ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।

दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको संख्या ९३ हजार भन्दा बढी

सोल, दक्षिण कोरियामा गत २४ घण्टामा थप ४४६ जनामा कोरोना सङ्क्रमण भएपछि कुल सङ्क्रमितको संख्या ९३ हजार २६३ पुगेको छ । गत आइतबार ३४६ जनामा कोरोना संङ्क्रमण भएको थियो । सोमबार एकै दिनमा एक सय सङ्क्रमित बढी ४४६ मा सङक्रमण देखिएको हो । कोरोना शुरु भएयता यहाँँ हालसम्म ८३ हजार ९०० व्यक्ति कोरोना मुक्त भएका छन् । गत २४ घण्टामा दक्षिण कोरियाका तीन व्यक्तिको मृत्यु भएपछि कुल मृतकको संख्या १

निःशुल्क एम्बुलेन्स सेवा

वीरगञ्ज, बाराको महागढीमाई नगरपालिकाले नगरपालिकाभित्रका दलित, सुकुम्वासी तथा अति विपन्न परिवारका मानिस सिकिस्त बिरामी परेमा उपचार गराउन काठमाडौँसम्म निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको छ । स्वास्थ्य क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै नगरपालिकाले यस्तो निर्णय गरेको नगरप्रमुख उपेन्द्रप्रसाद यादवले राससलाई बताउनुभयो । मुटु, मिर्गौलालगायतका दीर्घरोगीलाई उपचार खर्चको लागि वार्षिक रु २० हजार उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाभित्र सुरक्षित सुत्केरी गराउन चार वटा बर्थिङ सेन्टर स्थापना गरिने, स्वास्थ्य क्षेत्रको सुधारको

कोरोना भाइरस सङ्क्रमित ८९ जना थपिए

काठमाडौँ,  देशभरमा आज कोरोना भाइरस सक्रिय सङ्क्रमित ८९ जना थपिएका छन् । पछिल्लो २४ घण्टामा ४१ जना सङ्क्रमण मुक्त भएका छन् । आज थपिएका सङ्क्रमितमध्ये पुरुष ४९ र महिला ४० रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज सङ्क्रमणमुक्त भएका ४१ समेत गरी आजसम्म दुई लाख ७० हजार ९२७ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । आजसम्म निको हुने दर ९८ दशमलव छ प्रतिशत रहेको छ । योसँगै जम्मा सङ्क्रमितको

भारतमा कोरोना सङ्क्रमित एक करोड १२ लाख २९ हजार भन्दा बढी

नयाँदिल्ली, भारतमा गत २४ घण्टामा १८ हजार ७११ जना कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १२ लाख २९ हजार भन्दा बढी पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ९७ जनाको मृत्यु भएपछि भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५७ हजार ८३५ जना पुगेको छ । हाल भारतमा एक लाख ८८ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका