स्वास्थ्य

धनगढीको सेती प्रादेशिक अस्पतालमा नमूना परिक्षण गर्दा १५ जनामा कोरोना पुष्टि

कैलालीः धनगढीस्थित अस्थायी कोरोना अस्पतालमा कोरोना सङ्क्रमणका बिरामी थपिने क्रम बढेको छ। सेती प्रादेशिक अस्पतालअन्तर्गत रहेको अस्थायी कोरोना अस्पतालमा सोमबार गरिएको २९ नमूना परीक्षणमध्ये १५ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए। तीमध्ये केही दिनअघि मात्रै भारतका विभिन्न शहरबाट आएका १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको उनले बताए।

मोहन्याल गाउँपालिकाका अध्यक्ष रावलको निधन सोकमग्न कैलालीको

धनगढीः कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएको छ। रावलको उपचारका क्रममा काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा मंगलबार बिहान निधन भएको गाउँपालिकाले जनाएको छ। लामो समयदेखि रक्त चापले ग्रेसित रावललाई ४ दिन अघि ब्रेन हेमब्रेज भएको थियो। उनलाई कोहलपुर मेडिकल कलेज हुँदै थप उपचारका लागि काठमाडौँ लगिएको थियो।

स्वास्थ्य जानकारी : गर्मीमा चिसो पेय पदार्थ कति र कसरी पिउने ?

काठमाडौँ । गर्मीयाममा चिसो पेय पदार्थ पिउँदा कतिपयमा दाँतको दुखाइ सुरु हुने समस्या हुन्छ । यसको कारण के होला ? दन्त चिकित्सकहरू चिसो पेय पदार्थमा हुने एसिड एवं गुलियो पदार्थको कारण यस्तो समस्या सिर्जना हुने गरेको बताउँछन् र यसको समाधान चिसो पेय पदार्थको उपभोगमा ल्याउने नियन्त्रणमा मात्रै सम्भव रहेको उनीहरू बताउँछन् । गर्मीयाम हाम्रो दाँत तथा मुखको लागि संवेदनशील समय हो । तापक्रम बढी हुने भएकाले कुनैपनि खाद्य पदार्थ दाँतमा

‘भेरोसेल’ नेपाल आइपुग्यो

काठमाडौँ । चीन सरकारले नेपाल अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप आज आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ बिहान ९.१५ बजे आइपुगेको हो । चीन सरकारको सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनीले उत्पादन गरेको ‘भेरोसेल’ खोपको आठ लाख मात्रा नेपाललाई अनुदानमा गराएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयश त्रिपाठीलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खोप हस्तान्तरण गर्नुभयो ।

चिनियाँ विदेशमन्त्री युएई भ्रमणमा, कोभिड खोपको नयाँ प्लान्ट शिलान्यास

काठमाडौँ । चिनियाँ विदेश मन्त्री एवं स्टेट काउन्सिलर वाङ यीले आइतबार युनाइटेड अरब इमिरेट्स ९युएई०का विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायिद अल–नायिनसँग भेटवार्ता गर्नु भएको छ । दुबै मन्त्रीले संयुक्त रुपमा युएईमा स्थापित चिनियाँ खोपको उत्पादन प्लान्टको भर्चुअल रुपमा शिलान्यास गर्नु भएको थियो । त्यस अवसरमा चिनियाँ विदेश मन्त्री वाङले चीन र युएईले संयुक्तरुपमा कोभिड–१९ विरुद्धको खोपको क्लिनिकल ट्रायल गर्न लागेकामा प्रशन्नता व्यक्त गर्नुभयो । उहाँले यस कार्यबाट चिनियाँ खोपको विभिन्न

फ्रान्समा एकैदिनमा झण्डै ४२ हजार सङ्क्रमित

काठमाडौँ । फ्रान्समा कोरोनाभाइरसबाट एकैदिनमा थप झण्डै ४२ हजार जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा फ्रान्समा ४१ हजार ८६९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् । त्यसैगरी अरु ८७९ जनाको कारोनाभाइरसकै कारण मृत्यु भएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ । फ्रान्समा अहिलेसम्म कोरोनाभाइरसबाट ४४ लाख ६५ हजार ९५६ जना सङ्क्रमित भएको मन्त्रालयको तथ्याङ्क छ । अघिल्लो बर्ष सन् २०२० को जनवरीदेखि अहिलेसम्म फ्रान्समा कोरोनाभाइरसका

फेरि कोरोना बढ्न थाल्यो, सचेत बन्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना बढ्न थालेको भन्दै सचेत बन्न आग्रह गरेका छन्। उनले कोरोनाको प्रकोपलाई भयावह हुन नदिन सबैले सचेत हुनुपर्ने बताएका हुन्। कोरोना संकट व्यवस्थापन केन्द्रले बुधबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कोरोना संक्रमण फेरि बढ्ने लक्षण देखिएको बताउँदै उनले स्थिति भयावह हुन नदिनु सबैको कर्तव्य भएको उनले बताए। प्रधानमन्त्री ओलीले खोप लगाएर कोभिड–१९ को संक्रमण निर्मूल पार्न सजिलो नभएको भन्दै पूर्ण नियन्त्रण नहुञ्जेलसम्म सामाजिक दूरी कायम

अनौठो रोगले एकैघरका चार दिदीबहिनी बिरामी

काठमाडौँ, अनौठो रोगका कारण यहाँको एकैघरका चार जना बिरामी परेका छन् । चिच्याउने, कराउने, उफ्रिने खालको अनौठो रोगबाट फाकफोकथुम गाउँपालिका–१ ठिङगेपुरका दिदीबहिनी बिरामी परेका हुन् । होमबहादुर निरौला र उमा निरौलाका छ छोरी छन् । जेठी कोपिला र कान्छी सुशीलाबाहेक सबै अनौठो रोगबाटपीडित भएका छन् । माइली डिल्लीमाया निरौला (बोहोरा), साइली चन्द्रकला निरौला (खडका), काइली नैनकला निरौला र अन्तरी जेनिसा निरौला बिरामी परेका हुन् । नैनकला गत पुसदेखि नै यस्तो

स्वास्थ्य जानकारी, पेट दुखाइ, जलन र एसिडिटी बाट गर्मीमा कसरी बच्ने ?

काठमाडौँ, गर्मीका दिनहरूमा के खानुहुन्छ के खानु हुँदैन ? डिहाइड्रेसन, ग्यास्ट्रिकको समस्या, पेट दुखाइ, पेटमा हुने जलन वा एसिडिटी गर्मीको अवधिमा बढ्ने गर्छ । तापक्रम बढ्दै जाँदा हाम्रो शरीरले फरक प्रतिक्रिया गर्छ । त्यसैले हामीले गर्मीको दिनमा खानाका केही चीजहरू त्याग्नैपर्छ । यदि अरू समयमा जस्तै केही खानालाई गर्मीको समयमा पनि जारी राख्नुभयो भने तपाईंको स्वास्थ्य बिग्रन सक्छ । तपाईंलाई चिसो पेय पदार्थ, चिसो चीजहरू, दूग्ध उत्पादहरू, तेल मिश्रित खाना,

कोरोना सङ्क्रमितलाई रु पाँच हजार उपलब्ध गराइँदै

काठमाडौँ, नुवाकोटको बेलकोटगढी नगरपालिकाले कोभिड–१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई रु पाँच हजार उपलब्ध गराउन शुरु गरेको छ । नगरपालिकाभित्र कोरोना भाइरस सङ्क्रमित भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप सो रकम उपलब्ध गराउन थालिएको हो । गत भदौ २९ गते बसेको नगर कार्यपालिकाको बैठकले गरेको निर्णयानुसार कोरोना भाइरस सङ्क्रमित भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप रु पाँच हजार वितरण गर्न थालिएको नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले जानकारी दिनुभयो । उहाँले