माओवादी केन्द्रको केन्द्रीय सदस्य संख्या ४ हजारबाट २ सयमा झर्यो
काठमाडौँ, नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीका सदस्य संख्यामा ठूलो ह्रास आएको छ। नेकपा एमालेसँग एकता हुनुअघि नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी सदस्य संख्या ४ हजार थियो। एकताको क्रममा माओवादी केन्द्रबाट २ सय र एमालेबाट २४५ गरी ४४५ सदस्यीय केन्द्रीय समिति बनाइयो। ०७५ जेठ ३ मा नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको थियो। तर, त्यसभन्दा पहिल्यै दर्ता भएको अकर्को दलसँग नाम मिलेको भन्दै परेको रिटमा सर्वोच्च अदालतले यसै वर्ष