पछिल्लो २४ घण्टामा १२४६ जनामा देखियो कोरोना, कुन ठाउँमा कति ?
काठमाडौं । अद्यावधिक विवरण अनुसार बिहिबार नेपालमा अहिलेसम्मकै धेरै १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो । यो संगै नेपालमा अहिलेसम्म संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा। जागेश्वर गौतमले बताए । बुधबार मात्रै देशभर अहिलेसम्मकै धेरै १५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको