विशेष

नयाँ आलु आउदा ह्वात्तै घट्यो मुल्य, बजार मुल्य कति ?

आलुको ब्यबसायी खेती हुदा उत्पादनमा बृद्धि हुनु र नयाँ आलु बजारमा आएसँगै मुल्य घटेको हो । हुम्लामा आलुको मुल्य सस्तिएको छ । सिमकोट गाउँपालिका वडा नम्बर १ अम्मरसिंह भण्डारीले हाल आलुको मुल्य प्रतिकेजी पैतीस रुपियाँमा बिक्री हुने गरेको बताए। ब्यबसायीक रुपमा आलु खेती गर्दै आउनु भएका भण्डारीले नयाँ आलु बजारमा नआउदासम्म प्रतिकेजी सत्तरी रुपियाँ पर्ने भएपनि नयाँ आएसंगै आधा मुल्य घटेको बताए । आलु खेती घरयासी प्रयोगका लागि गरिने भएको

आज सुन ४१ दिन यताकै सस्तो ! कति ? [मूल्य सहित]

काठमाडौँ । मंगलबार सुनको मूल्यमा भारी गिरावट आएको छ। सोमबारको तुलनामा सुनको मूल्यमा १ हजार ७ सय रुपैंयाले गिरावट आएको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तोलामा १ हजार ७ सयले घटेसँगै छापावाला सुनको मूल्य ९५ हजार ५ सय कायम भएको छ। यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १७ सयले घटेको छ। जससँगै तेजाबी सुनको मूल्य ९५ हजार कायम भएको छ। मंगलबार कायम भएको सुनको मूल्य ४१ दिन यताकै

सीमा अतिक्रमणको विरोधमा चिनियाँ दूतावास अगाडि प्रदर्शन

हुम्लामा सीमा अतिक्रमण गरेको भन्दै काठमाडौंको बालुवाटारस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले सीमा अतिक्रमण बन्द गर्नुपर्ने, मिचिएको भूमि फिर्ता गर्नुपर्ने, पुरानो सन्धि लागू हुनपर्ने माग गर्दै प्रदर्शन गरेका छन् । युवाहरुको समूहले ब्याक अफ चाइना लेखिएका पम्पलेटसमेत प्रदर्शन गरेका छन् । उनीहरुलाई प्रहरीले दूतावासबाट तितरबितर पारेको छ । हुम्लाको नाम्खा गाउँपालिका(६, लिमीको लाप्चा बगर क्षेत्रमा चीनले नेपाली भूमी मिचेर ९ वटा भवन निर्माण गरेको स्थानीयले बताएका छन्

हरेक बिहानै पत्नीले यी कार्य गर्दा चम्किन्छ पतिको भाग्य

काठमाडौँ । हिन्दू शास्त्रमा पत्नीलाई पतिको आधा भाग मानिएको छ । पत्नीको भाग्यको पतिको भाग्यमा पनि निकै ठूलो प्रभाव परेको हुन्छ । त्यसैले भनिन्छ कि विवाह पछि कुनै पनि व्यक्तिको भाग्यमा ठूलो परिवर्तन आउन सक्छ तर, सबैको हकमा यस्तै हुनुपर्छ भन्ने छैन । कसैकसैको चाहिँ यसले झन् नराम्रो प्रभाव पारेको पनि हुनसक्छ । यदि कसैको विवाहपछि पनि भाग्य चम्किएको छैन भने यस्ता उपाय अपनाउन सकिन्छ जसले मानिसको जीवनमा ठूलो परिवर्तन

बिना अक्सिजन १० पटकसम्म सगरमाथा आरोहण गर्ने आङरिता शेर्पाको निधन

काठमाडौँ । हिउँ चितुवाको नामबाट चिनिएका नेपाली पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ। ७२ वर्षका शेर्पाको काठमाडौं जोरपाटीस्थित निवासमा सोमबार बिहान १० बजे निधन भएको हो। बिनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल भएका थिए । पासाङ ल्हामु फाउण्डेसनका महासचिव छेटु शेर्पाले दिएको जानकारीअनुसार शेर्पाको आज बिहान निधन भएको हो। अन्तिम संस्कार भने एकरदुई दिनमा गरिने उनले जानकारी दिए। शेर्पाको पुर्ख्यौली घर सोलुखुम्बुको थमो हो। उनले

मन्त्रीहरुको हेरफेरबारे नेकपामा छलफल

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालय बैठकमा सरकारको प्रभावकारी सञ्चालन र मन्त्रीहरुको हेरफेरका नीतिगत आधारबारे छलफल भएको छ । आन्तरिक सहमतिका साथ गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकपछि आज पेरिसडाँडामा बसेको सचिवालय बैठकमा सङ्घीय मन्त्रिपरिषद्का सदस्यको हेरफेरका विभिन्न विकल्पलगायत विषयमा छलफल भएको थियो। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड¬’ का अध्यक्षतामा पार्टी कार्यालयमा बसेको बैठकमा नीतिगत मापदण्ड तयार

यसवर्षको मदन पुरस्कार ‘महारानी’लाई तथा जगदम्बाश्री पुरस्कार शान्ति ठटाललाई दिइने

काठमाडौँ । यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीले पाएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले ‘महारानी’ उपन्यासलाई मदन पुरस्कार दिने निर्णय गरेको हो । त्यस्तै जगदम्बाश्री पुरस्कार भने ६ दशकदेखि नेपाली गीत संगीत क्षेत्रमा समर्पित संगीतकार शान्ति ठटाललाई दिने निर्णय गरेको छ ।

थप १ हजार ३२५ जनामा कोरोना पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ। नेपालमा आइतबार थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ६४ हजार १२२ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ९६६ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ४६ हजार २३३ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १७

अर्नब गोस्वामीले सलमान खानलाई यसरी थर्काए

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृ’त्यु प्र’करण अझै सुल्झन सकेको छैन । सुशान्त प्रकरणमा कैयौं उल्झनहरू अझै रहिरहेका छन् । सुशान्तको बिषयमा भारतिय सञ्चार जगतले प्रथामिकताका साथमा उठाइरहेको छ । सोसल मिडियादेखि मुल मिडियासम्म सुशान्तको बिषयले राज जमाएको छ । योसँगै उनको मृ’त्युलाई जोडेर बलिउडका विभिन्न पाटोबारे बहस हुने गरेको छ। सुशान्तको मृ’त्युले बलिउडको ना’तावाद र सेलिब्रेटीहरुको ध’न्दाको कुरालाई उ’जागर गरिदिएको छ भने भारतीय मिडियामा यसबारेको बहसले प्राथमिकता

उपत्यकामा लकडाउन नगर्ने मनस्थितिमा सरकार, विकल्पका रुपमा यस्तो कदम चाल्दै

काठमाडौं । कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै लामो समयसम्म लकडाउन र निषेधाज्ञा गरेपछि आलोचित बनेको सरकार अब उपत्यकामा लकडाउन नगर्ने मनस्थितिमा पुगेको छ । लकडाउनको विकल्पका रुपमा उपत्यकाको भीडभाड हुने स्थानमा पहिलो चरणमा एक सय युवा स्वयंसेवक परिचालन गर्ने भएको छ । स्वास्थ्य मन्त्रालय, राष्ट्रिय युवा परिषद् र उपत्यकाका सबै स्थानीय तहका प्रतिनिधिबीच हालै सम्पन्न बैठकले बढी भीडभाड हुने समयमा दशैं लक्षित युवा परिचालन गर्ने निर्णय गरेको हो । परिषद्ले