आईपीएलको पहिलो खेलः मुम्बईमाथि चेन्नई भारी
काठमाडौँ । इन्डियन प्रियिमर लिग ९आईपीएल० को १३ औँ सिजनको पहिलो खेलमा चेन्नई सुपरकिंग्सले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको छ । अबुधाबीमा खेलिएको खेलमा टस हारेर मुम्बईले २० ओभरमा ९ विकेटको क्षतिमा १६२ रन बनायो जवाफमा सीएसकेले १९।२ ओभरमा ५ विकेट गुमाएर उक्त लक्ष्य पछ्यायो । ओपनिङ खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बईलाई सीएसकेले हराएको यो दोस्रो अवसर हो । मुम्बईका लागि सौरभ तिवारीले सर्वाधिक ४२ तथा क्विन्टन डिककले