सर्वोच्चले भन्यो– ‘गौतमलाई सांसद मनोनित गर्ने निर्णय ‘यथास्थिति’मा राख्नु’


काठमाडौँ । सर्वोच्च अदालतले वामदेव गौतमलाई राष्ट्रियसभाको सांसदको मनोनयन गर्ने राष्ट्रपतिको निर्णयलाई ‘यथास्थिति’मा राख्न आदेश दिएको छ । न्यायाधीश डा। आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिनु भनी आदेश समेत दिएको छ ।
यो आदेश आगामी १४ गतेसम्म कायम रहनेछ । त्यसपछि अन्तरिम आदेश जारी भएमा उनले सांसदको रुपमा काम गर्न पाउने छैनन् । अन्तरिम आदेश जारी नभए उनले सांसदको हैसियतमा काम गर्न पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *