राजनीति

विना काम घरबाहिर ननिस्कन सेनाकाे आग्रह, सडकमा सेना

काठमाडौं । काठमाडौंका सडकहरूमा नेपाली सेनाले गस्ती गरिरहेको छ । मंगलबार भएको जेन-जीन आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सेनालगायत सुरक्षा निकाय परिचालित भएका हुन् । सेनाले घर र गल्लीबाहिर निस्किएका सर्वसाधारणहरूलाई विना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न छुट दिएको छ । अन्य सरकारी एवं संवैधानिक निकायहरूमा पनि सेना लगायत सुरक्षाकर्मीहरू परिचालित हुन थालेका

प्रधानमन्त्री केपी ओलीले दिए राजीनामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । विभिन्न राजनितीक दलका नेताहरूले राजिनामा दिन सुझाव दिएका थिए।

गृहमन्त्री लेखकले दिए राजीनामा

काठमाडौं ,जेनजी आन्दोलनमा आज ठूलो मानवीय क्षति भएपछि नैतिकताका आधारमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। मन्त्रिपरिषदको आज साँझ बसेको बैठकमा लेखकले राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको हुन्। त्यसअघि लेखकले आफ्नो पार्टी नेपाली कांग्रेसलाई पदमा नबस्ने जानकारी गराएका थिए।

राज्य व्यवस्था सुशासन समितिका सभापति खतिवडाले दिए राजीनामा

काठमाडौं, प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् । उनले मंगलबार संसदमा बोल्दै राजीनामाको घोषणा गरेका हुन् । उनले छानबिन समितिले समेत आफूलाई दोषी नठहराए पनि उच्च राजनीतिक संस्कार देखाउँदै राजीनामा दिएको बताए ।

नेविसंघ दार्चुला–काठमाडौँ सम्पर्क समितिमा नयाँ नेतृत्व चयन

काठमाडौं । नेपाल विद्यार्थी संघ(नेविसंघ) दार्चुला–काठमाडौं सम्पर्क समितिको चौथो अधिवेशन सम्पन्न भएको छ । शनिबार राजधानीस्थित नेपाल ल क्याम्पस, प्रदर्शनी मार्गमा आयोजित अधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको हो । अधिवेशनमार्फत ३० सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । समितिको अध्यक्षमा अविरल महता निर्वाचित भएका छन् । त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा विष्णु सिंह बोहरा चयन भएका छन् भने उपाध्यक्षमा गायत्री बम, राजेन्द्र महरा, जगदीश जोशी, माधव जोशी र कपुर विष्ट

पालुङटार रजगजः प्रअहरूलाई नियमविपरीत १ लाख ५० हजार भत्ता 

काठमाडौँ । गोरखाको पालुङटार नगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई नियमविपरीत भत्ता वितरण गरेको भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको २०८१/८२ प्रतिवेदनमा नगरभित्रका सबै विद्यालयका प्रधानाध्यापकलाई पालिकाले नियमविपरीत भत्ता वितरण गरेको हो ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा स्वीकृत कार्यक्रम कार्यान्वयन पुस्तिका २०८०/८१ को क्रियाकलाप नं. २.२ मा प्रधानाध्यापकलाई मासिक भत्ता विद्यालयको तहअनुसार मात्र उपलब्ध गराउने व्यवस्था छ । उक्त व्यवस्थाअनुसार प्राथमिक तहका प्रधानाध्यापकलाई मासिक रू. २००, निम्नमाध्यमिक तहलाई रू.

रुपन्देही ३ को उपनिर्वाचनका लागि रास्वपाले माग्यो उम्मेदवारको दरखास्त

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीले कात्तिक १७ गते हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि रुपन्देही क्षेत्र नं. ३ मा उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको छ । पार्टीका जिल्ला सभापति मधु अर्यालले सोमबारदेखि इच्छुक व्यक्तिहरूबाट दरखास्त माग गरिएको जानकारी दिए। उनका अनुसार दरखास्त साउन ७ गते बिहान १० बजेदेखि साउन २१ गते बेलुका ५ बजेसम्म अनलाइन माध्यमबाट दिन सकिनेछ। दरखास्त दिनका लागि रास्वपाको मोबाइल एप डाउनलोड गरी सोही एपबाट आवेदन दिनुपर्ने व्यवस्था गरिएको

रास्वपाको नाम र चुनाव चिह्न फेर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाम र चुनाव चिह्न ‘घण्टी’ हटाउन माग गर्दै निर्वाचन आयोगमा औपचारिक निवेदन दर्ता गरिएको छ । स्वयंलाई सामाजिक अभियन्ता बताउँदै आएका युवराज सफलले आयोगमा बिहीबार दर्ता गराएको निवेदनमा पार्टीको नाममा रहेको ‘स्वतन्त्र’ शब्दले स्वतन्त्र उम्मेदवारको वैधानिक अधिकार र पहिचानमा असर पुर्‍याएको उल्लेख गरिएको छ । सफलले दलसँग आफ्नै विचार, सिद्धान्त र नीति हुने भएकाले कुनै पनि दल स्वतन्त्र हुन नसक्ने उल्लेख गरेका छन्

वाइसिएलको केन्द्रीय उप-महासचिवमा दार्चुलाका  बिष्ट चयन

दार्चुला । नेकपा (माओवादी) को युवा संगठन यङ कम्युनिस्ट लिग (वाइसिएल) को केन्द्रीय उप-महासचिवमा दार्चुलाका नरबहादुर बिष्ट चयन हुनुभएको छ । शुक्रवार (हिजो)  सम्पन्न वाइसिएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट बिष्ट उप-महासचिवमा र्निविरोध चयन भएका हुन् । त्यस्तै वाईसीएलको नयाँ अध्यक्षमा पुष्प ओली चयन भएका छन् भने अध्यक्षकै दाबेदार रहेका कालिकोटका गणेश शाही  महासचिवमा चयन भएका छन् ।

कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । सोमबार मध्यरातमा नेकपा एमालेसँग नयाँ सरकार गठन गर्ने सहमति गरेसँगै देउवाले पदाधिकारीहरूलाई छलफलका लागि डाकेका हुन् । भानु देउवाका अनुसार बैठक मंगलबार बिहान ९ बजे देउवा निवास बूढानीलकण्ठमा बस्नेछ । एमाले र कांग्रेसबिच पहिलो चरणमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । सहमतिअनुसार दोस्रो कार्यकाल देउवाको नेतृत्वमा सरकार गठन हुनेछ । सहमतिमा कुन पार्टीले