राजनीति

विप्लव हिँडे काठमाडौं

काठमाडौं। नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ काठमाडौं हिडेका छन्। दुई वर्षअघि सरकारले प्रतिबन्ध लगाएसँगै भूमिगत बनेका उनी विशेष सम्बोधनका लागि काठमाडौं हिँडेका हुन्। बुधबार र बिहीबार सरकारका पक्षबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव नेतृत्वको नेकपाको पक्षबाट प्रकाण्डले वार्ता गरेसँगै विप्लव आज सार्वजनिक हुन लागेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव आज एउटै मञ्चमा देखिने भएका छन्। सरकारी र नेकपाको वार्ता टोलीबीच भएको तीन बुँदे सहमति बमोजिम उनीहरुहरु

अमरापुरीमा सार्वजनिक भए विप्लव, प्रहरी स्कर्टिङमा काठमाडौं आउँदै

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द ९विप्लव० लाई प्रहरीको स्कर्टिङमा आज दिउँसो काठमाडौं ल्याइँदै छ । उनी कसैलाई थाहा नदिइकन काठमाडौं आउने तयारीमा रहे पनि प्रहरीले सूचना पाएपछि नारायणगढबाट स्कर्टिङ गर्दै काठमाडौं ल्याउन लागिएको हो । विप्लव पश्चिम नेपालबाट गएराति पूर्वी नवलपरासीको अमरापुरीस्थित बेलबहादुर सारुको घरमा आएर बास बसेका थिए । विप्लव विगतदेखि नै बेलबहादुरको घरमा बस्ने, नेताहरुसँग वार्ता गर्ने गर्दथे । उनी अमरापुरीका शहिद परिवारहरुलाई भेटघाट गरी शुक्रबार बिहानै

विप्लव हिँडे काठमाडौं

काठमाडौं। नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ काठमाडौं हिडेका छन्। दुई वर्षअघि सरकारले प्रतिबन्ध लगाएसँगै भूमिगत बनेका उनी विशेष सम्बोधनका लागि काठमाडौं हिँडेका हुन्। बुधबार र बिहीबार सरकारका पक्षबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव नेतृत्वको नेकपाको पक्षबाट प्रकाण्डले वार्ता गरेसँगै विप्लव आज सार्वजनिक हुन लागेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव आज एउटै मञ्चमा देखिने भएका छन्। सरकारी र नेकपाको वार्ता टोलीबीच भएको तीन बुँदे सहमति बमोजिम उनीहरुहरु

बेलायतको पर्यटन दूतमा महन्त श्रेष्ठ नियुक्त

लण्डन,  बेलायतको लण्डनमा लामो समयदेखि व्यवसाय गरेर बसिरहनुभएका व्यवसायी एवं समाजसेवी महन्त श्रेष्ठ बेलायतका लागि पर्यटन दूत नियुक्त हुनुभएको छ । नेपाल पर्यटन बोर्डले उहाँलाई मानार्थ जनसम्पर्क प्रतिनिधिका रूपमा आगामी दुई वर्षका लागि नियुक्त गरेको छ । बोर्डका अध्यक्ष डा धनञ्जय रेग्मीले सफल कार्यकालको बधाई दिँदै श्रेष्ठले नेपालको पर्यटन क्षेत्रमा योगदान पुर्याउने आशा व्यक्त गर्नुभएको छ । लामो समयसम्म रिक्त रहेको बेलायतको पर्यटन दूतमा नियुक्त भएपछि श्रेष्ठले बेलायतबाट पर्यटकहरू नेपाल

ओलीलाई दलको नेताबाट हटाउन प्रचण्ड–माधव पक्षलाई बहुमत नपुग्ने

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को संसदीय दलको नेताबाट पार्टी अध्यक्षसमेत रहेका केपी शर्मा ओलीलाई हटाउन प्रचण्ड–माधव पक्षमा बहुमत नपुग्ने भएको छ। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेता माधवकुमार नेपाल पक्षले ओलीलाई दलको नेताबाट हटाइसकेको छ। प्रचण्ड–माधव पक्षका प्रतिनिधिसभा सदस्य देव गुरुङले ओलीलाई संसदीय दलको नेताबाट हटाइसकेकाले छलफल गरेर मात्रै अगाडि बढ्ने बताए। उनले भने, ‘ओलीलाई दलको नेता मान्ने वा के गर्ने भन्ने विषयमा पार्टीले निर्णय गरेपछि

प्रधानमन्त्री ओलीविरुद्घ अविश्वास प्रस्ताव दर्ता गर्ने कांग्रेसको निर्णय

काठमाडौँ । बिहीबार बसेको नेपाली कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीविरुद्घ अविश्वास प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्घ कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी दाहाल(नेपाल पक्षसँग मिलेर अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी सुरु गरेको हो। यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले दाहाल-नेपाल पक्षसँग सहमति गरिसकेको र कांग्रेस पदाधिकारी बैठकमा यसबारे छलफल गर्ने कांग्रेस स्रोतले जानकारी दिएको छ। आगामी फागुन २३ गते बस्ने संसदको बैठकबाट अविश्वास प्रस्तावको तयारी सुरु गरिने

संसद बैठकमा पार्टीको भूमिका तय गर्न कांग्रेस पदाधिकारी बैठक दिउँसो २ बजे बस्दै

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाउनु भएको छ। संसदमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे धारणा बनाउन दिउँसो २ बजे आफ्नै निवास बूढानीलकण्ठमा देउवाले बैठक बोलाउनु भएको हो। देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार पार्टी पदाधिकारी तथा शीर्ष नेताहरुसँग छलफल गरेर शुक्रबारको संसदीय दलको बैठकबाट संसदमा पार्टीको भूमिकाबारे नीति तय गर्नेबारे सभापतिले तयारी गर्न लाग्नुभएको हो। आगामी सरकारमा सहभागिता हुनेर नहुनेबारे पार्टीमा दुई मत देखिएपछि

प्रचण्ड-माधव समूहका केन्द्रीय सदस्यहरुको तीन ठाउँमा हस्ताक्षर संकलन

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहको केन्द्रीय सदस्यहरुको तीनपानेमा हस्ताक्षर संकलन गरिएको छ । पेरिसडाँडामा बुधबार बसेको बैठकले केन्द्रीय सदस्यहरुलाई तीन ठाउँमा हस्ताक्षर संकलन गरिएको हो । ‘यसअघिको हस्ताक्षर व्यवस्थित थिएन । त्यसैले तीनपानेमा ओरिजिनल हस्ताक्षर गरिएको हो’, स्थायी कमिटी सदस्य गोकर्ण विष्टले भने । केन्द्रीय सदस्यहरुको नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र पनि संकलन गरिएको छ ।  

सरकार र विप्लव समूहबीच एकैदिन दुई चरणको वार्ता

काठमाडौं । सरकार र विप्लव समूहसँग एकै दिन दुई चरणको वार्ता भएको छ । सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले दोस्रो चरणको वार्ता बुधबार साँझ भएको बताएका छन् । यसअघि बुधबार विहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा पहिलो चरणको वार्ता भएको थियो । दोस्रो चरणको वार्ता पनि बालुवाटारमा नै भएको हो । वार्ता विषय केन्द्रित भएको र दुवै पक्ष समान धारणा नजिक पुगेको

संख्यामा सानो छौँ तर, हाम्रो भूमिका ठूलो छ -नेता पौडेल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ताको मोह राख्न नहुने बताए। उनले प्रतिपक्षी दलको भूमिकाबाट डगमगाउन नहुने भन्दै यस्तो टिप्पणी गरेका हुन्। बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले यतिबेला नेपाली जनताले कांग्रेससँग धेरै आशा राखेको भन्दै कांग्रेसले प्रतिपक्षी भूमिकाबाट हलचल गर्न नहुने बताएका हुन्। उनले भनेका छन्, ‘कांग्रेसले हैसियत अनुसारको भूमिका निर्वाह गर्नुपर्छ, यतिबेला विपक्षी दलको सही भूमिका निर्वाह गर्नुपर्छ। यद्यपि हामी सानो संख्यामा