प्रचण्ड पुनरावकलोकनको माग गर्दै सर्वोच्च पुगे
काठमाडौँ । गत २३ गते सर्वोच्च अदालतले गरेको फैसालासँगै एमाले–माओवादी ब्यूँताएपछि पुनरावकलोकनका लागि निवेदन दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरु सर्वोच्च अदालत पुगेका छन्। प्रचण्डसहित माओवादी केन्द्रका स्थायी कमिटी सदस्यहरू सर्वोच्च पुगेका हुन्। उनीहरुले नेकपा एकता बदरको फैसलाविरुद्ध पुनरावलोकनका लागि निवेदन दिन सर्वोच्चमा पुगेका हुन्। सर्वोच्चले नाम विवादको फैसला सुनाउने क्रममा नेकपा भंग गर्दा एमाले र माओवादी केन्द्र ब्यूँतिएको थियो। सर्वोच्चको फैसलासँगै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल