राजनीति

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध

काठमाडौं । रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले बताएका छन् । बन्द सत्र हलबाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाहको प्रस्ताव र ५१ जना सदस्यहरूको समर्थनमा लामिछाने निर्विरोध निर्वाचित भएको उनले बताए । ५१ जना केन्द्रीय समिति, सांसद र सचिवालय सदस्य सबैले समर्थन गरेर उहाँ निर्विरोध निर्वाचित भइसक्नुभएको छ,’ केसीले भने । यद्यपि उम्मेदवारी दर्ताको समय भने बाँकी छ

रास्वपा महाधिवेशनमा प्यानल बनाउन निषेध

काठमाडौँ ,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहिता जारी गर्दै आइतबारदेखि सुरू हुने महाधिवेशनमा प्यानल बनाउन निषेध गरिएको जनाएको हो। ‘निर्वाचन पूर्णतः व्यक्तिगत प्रतिस्पर्धामा आधारित हुनेछ। निर्वाचनको क्रममा कुनै पनि प्रकारको प्यानल, गठबन्धन, संयुक्त सूची वा गुटगत आधारमा प्रचार-प्रसार गर्न वा गराउन पाइने छैन,’ आचारसंहितामा भनिएको छ। प्रचारप्रसार पनि निर्वाचन आयोगले उम्मेदवारी प्रमाणित गरेपछि मात्रै सुरू गर्न सकिने आचारसंहितामा उल्लेख छ। त्यस्तै

रास्वपा महाधिवेशनमा एमालेले प्रदीप ज्ञवालीलाई पठाउने

नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा नेता प्रदीप ज्ञवालीलाई पठाउने भएको छ। चितवनमा आइतबारदेखि सुरू हुने पहिलो महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन रास्वपाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निम्ता गरेको थियो। यद्यपि उनी नजाने तय भएको एमालेका एक नेताले जानकारी दिए। एमालेबाट अध्यक्ष मात्रै होइन पदाधिकारी तहका नेताको पनि सहभागिता नहुने निश्चित भएको हो। महाधिवेशनमा सहभागी हुन लागेका नेता ज्ञवाली अहिले केन्द्रीय सदस्य मात्रै छन्।

रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन सहभागी हुने

काठमाण्डौं ,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबारबाट चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट नेता वर्षमान पुन सहभागी भएका छन् । नेकपाले महाधिवेशनको उदघाटन शत्रमा शुभकामना दिन पुनलाई पठाउने भएको हो । रास्वपाले भरतपुरको गेष्ट हाउस चौरमा हुने सम्मेलन उदघाटन समारोहमा सहभागी हुन संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रणा पठाएको थियो । पूर्ण रुपमा स्वास्थ्यलाभ नभइसकेका कारण प्रचण्डले पुनलाई पठाउन लागेका हुन् । निमोनिया र ज्वरोका कारण अस्वस्थ

रास्वपा सुदूरपश्चिमको सभापतिमा प्रकाश विष्ट विजयी

धनगढी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  सुदूरपश्चिमको सभापतिमा इन्जिनियर प्रकाश विष्ट विजयी भएका छन् । निर्वाचित भएका विष्टले ३५८ मत पाए भने उनका प्रतिस्पर्धी जनकसिंह धामीले १५४ मत पाएका छन् । कुल खसेको मतको ५१ प्रतिशत कटाउने उम्मेदवार विजयी हुने व्यवस्था अनुसार विष्ट पहिलो चरणबाटै निर्वाचित भएका हुन् । सभापतिमा निर्वाचित विष्ट यसअघि पनि भसापति नै थिए । पराजित भएका धामी प्रतिनिधि सभा सदस्य हुन् । उनी कञ्चनपुर-१ बाट विजयी भएका

मनिष मिश्रद्वारा ‘शहीद सन्तति वृत्ति कोष’मा थप ५० हजार सहयोग घोषणा

मनिष मिश्रद्वारा ‘शहीद सन्तति वृत्ति कोष’मा थप ५० हजार सहयोग घोषण जन्मदिनमा सामाजिक योगदान: शहीद परिवारका लागि १ लाख १ हजारको कोष स्थापना प्रयास नेपाली कांग्रेसका नेता मिश्रले शहीद सन्ततिका लागि कोष विस्तार गर्ने घोषणा काठमाडौं । नेपाली कांग्रेसका नेता मनिष कुमार मिश्रले शहीद परिवारका सन्ततिका लागि स्थापना गर्न लागिएको ‘लोकतान्त्रिक शहीद सन्तति वृत्ति कोष’मा थप सहयोग गर्ने घोषणा गरेका छन्। आफ्नो जन्मदिनको अवसर पारेर उनले कोषमा थप ५० हजार

रविलाई कांग्रेसकाे प्रश्न- दिल्लीमा हुँदा सिमानाको ‘स’ र कालापानीको ‘क’ उच्चारण किन गरिएन ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रास्वपाका सभापति रवि लामिछानेले भारत भ्रमणको क्रममा सिमानाको विषयमा छलफल नगरेको भन्दै आपत्ति जनाएका छन् । उनले लामिछानेले सिमानाको विषय ढोल बजाएर छलफल गर्ने विषय नभएको भनेर दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए । दिल्लीमा हुँदा सिमानाको स र कालापानीको क उच्चारण नगरी किन फर्किनु भयो,’ उनले भने,’ हामीलाई पनि थाहा छ ढोल बजाएर हुँदैन । यसका केही मापदण्ड

नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन शाहलाई माफी माग्न आग्रह

काठमाडौँ ,नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन शाहलाई माफी माग्न आग्रह गरेका छन्। प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधि सभा रोस्ट्रमबाट ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएका थिए। त्यसतर्फ लक्ष्य गर्दै आज सभापति थापाले प्रधानमन्त्रीलाई माफी माग्न आग्रह गरेका हुन्। ‘प्रधानमन्त्रीजीलाई मैले यति मात्र भन्छु- संसदमा जानुस् र उभिनुस्। मैले नजानेर गल्ती बोलेँ भनेर माफी माग्नुस्, सकियो। तर माफी माग्दिनँ, मैले जे बोलेँ, मसँग संख्या छ भन्नुभयो भने

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सीईओ ज्योति पाण्डे पक्राउ

काठमाडौं , सरकारी सम्पत्ति हिनामिना गरेको आरोपमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले गएराति हेटौडा–सिन्धुली राजमार्गबाट भारततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो । उनी गत शनिबारदेखि मोबाइल स्वीच अफ गरेर भाग्दै हिडेका थिए । सरकारीकरण गरिसकिएको स्मार्टसेल घोटाला प्रकरणमा मुछिएका उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले बुधबार पक्राउ गरेको हो । सिआईबीका अनुसार नेपाल

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सीईओ  पाण्डे पक्राउ

काठमाडौं , सरकारी सम्पत्ति हिनामिना गरेको आरोपमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले गएराति हेटौडा–सिन्धुली राजमार्गबाट भारततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो । उनी गत शनिबारदेखि मोबाइल स्वीच अफ गरेर भाग्दै हिडेका थिए । सरकारीकरण गरिसकिएको स्मार्टसेल घोटाला प्रकरणमा मुछिएका उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले बुधबार पक्राउ गरेको हो । सिआईबीका अनुसार नेपाल