फिचर समाचार

पत्रकार कुटपिट गर्नेलाई कारबाही हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सञ्चार गृहमै गएर पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाही हुने बताउनुभएको छ । आज नेपाल पत्रकार महासङ्घ कैलाली शाखाको ध्यानाकर्षण पत्र बुझ्दै उहाँले घटनामा संलग्नलाई कारवाही हुने बताउनुभएको हो । उहाँले भन्नुभयो, “दिनेश सञ्चार गृहमा भएको आक्रमणका विषयमा कैलालीका प्रमुख जिल्ला अधिकारीसँग घटनाबारे जानकारी लिएको छु, घटनामा संलग्नलाई कारबाही गर्न भनेको छु ।” महासङ्घका शाखा अध्यक्ष जगत साउदले ध्यानाकर्षण पत्र बुझाउँदै आक्रमण भएको चार दिन

उपत्यकामा १२ हजार सङ्क्रमित

काठमाडौँ । काठमाडौ उपत्यकामा मात्र हालसम्म कोरोना भाइरस ९कोभिड १९० सङ्क्रमितको सङख्या १२ हजार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले काठमाडौ उपत्यकामा हालसम्म १२ हजार २४८ जनामा सङ्क्रमण देखिएको बताउनुभयो । देशभरमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ५५ हजार ३२९ पुगेको छ । तिमध्ये १० हजार सङ्क्रमित काठमाडौ जिल्लाका रहेका छन । काठमाडौ जिल्लामा महिला तीन हजार ३०२ र पुरुष छ हजार ७२४ जना रहेका छन्

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको मार्केटिङ प्रमुखमा माधव शर्मा नियुक्त

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको मार्केटिङ प्रमुखमा माधव शर्मा नियुक्त भएका छन् । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीमा एजिएम रहेका उनी यूनियन लाइफमा डिजिएम पदमा नियुक्त भएका हुन् । उनलाई यूनियन लाइफमा मार्केटिङ प्रमुखको जिम्मेवारी तोकिएको छ । बीमा क्षेत्रमा करिब १६ वर्ष बिताएका शर्मा तीन वर्षअघि सूर्या लाइफ इन्स्योरेन्स कम्पनीमा गएका थिए । शर्माले एमबीए, बिएससी गरेका छन् । यूनियन लाइफको मार्केटिङ प्रमुखबाट कोषराज सुवेदीले राजिनामा दिएपछि रिक्त पदमा

कोरोना बीमा पोलिसी स्वास्थ्य बीमामा परिणत

काठमाडौं । बीमा समितिले कोरोना बीमा पोलिसीलाई स्वास्थ्य बीमा जस्तै बिलका आधारमा दावी भुक्तानी गर्ने गरी संशोधन गरेको छ । आजदेखि जारी हुने सबै कोरोना बीमाको दावी भुक्तानी अस्पतालमा उपचार गरेमा अधिकतम ७५ प्रतिशतसम्म स्वास्थ्य उपचार खर्च र घरैमा आईसोलेशनमा बसेमा २५ प्रतिशत पौष्टिक आहार खर्च दिने गरी संशोधन गरिएको हो । बीमा समितिले २०७७ साल बैशाख ५ गते जारी गरेको कोरोना बीमा पोलिसी संशोधन गर्दै पिसिआर पोजेटि पुष्टि भएको

कुलमानलाई पुनस्नियुक्ति गर्न माग गर्दै जुलुस

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल आइतबार सकिँएको छ । २०७३ सालको भदौ २९ गते नियुक्त हुनुभएका घिसिङको कार्यकाल सकिएको हो । कार्यकाल सकिए पनि जनस्तरबाट भने पुनः घिसिङलाई नै निरन्तरता दिन दबाब आइरहेको छ । यसै क्रममा विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्तिको माग राख्दै डडेल्धुरामा राँके जुलुस प्रर्दशन गरिएको छ। नेपाल विद्यार्थी संघ, डडेल्धुराले ‘उज्यालो नेपाल’ बनाउन घिसिङ सफल भएकाले पुनः

क्याप्टेन विजय लामालाई देखियो कोरोना

काठमाडाैँ । क्याप्टेन विजय लामालाई देखियो कोरोनाकाठमाडौं । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोना भाइरसको संक्रमण देखिएको छ। कोरोना संक्रमण देखिएका लामा अहिले सोल्टी होटलको आइसोलेसनमा छन् । आइतबार स्वाब दिएका लामालाई स्टार अस्पतालमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो। सोमबार बिहान रिपोर्ट आएसँगै आफू आइसोलेसनमा भर्ना भएको उनले बताए। उनीसँगै नेपाल वायुसेवा निगमको वाइडबडी जहाज उडाएका बेलायती क्याप्टेन उदय कोल्हात्करलाई संक्रमण पुष्टि भएको छ।

पत्रकार महासंघ कैलाली द्धारा मुख्यमन्त्री भट्टको ध्यानाकर्षण

धनगढी । नेपाल पत्रकार महासंघ कैलाली शाखाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचनलाई ध्यानाकर्षण गराएको छ । कैलालीमा पत्रकार र सनचार गृहमा पटक पटक हमला हुन थालेको भन्दै ध्यानाकर्षण गराएको हो । नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष जगद साउँदले ध्यानाकर्षण बुझाउँदै सचार गृहमा आक्रमण भएको चार दिन हुँदासम्म पनि संलग्न पक्राउ नपरेको बताउँदै दोषीमाथि कारवाही हुनुपर्ने माग गरे । दिनेश सञ्चार गृह र पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै महासंघले आन्दोलन

पारिश्रमिकका लागि शिक्षक आन्दोलित

महेन्द्रनगर । लामो समयदेखि पारिश्रमिक नपाएपछि कञ्चनपुरका संस्थागत विद्यालयका शिक्षकहरु आन्दोलित भएका छन् । निजी विद्यालयका सञ्चालकले लकडाउनको बहानामा शिक्षकको पारिश्रमिक नदिएको भन्दै आइतबार कञ्चनपुरको भीमदत्तनगरपालिकामा धर्ना दिएका छन् । पारिश्रमिकका लागि सम्बन्धीत निकायसँग हारगुहार गरेपनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिएको शिक्षक नरेन्द्रसिंह भण्डारीले बताउनुभयो । “यसअघि पनि सम्बन्धीत निकायमा मेहतन गरेर कमाएको पैसा माग्न गुहार गरेका थियौँ”, उहाँले भन्नुभयो, “कहिँबाट सहयोग नमिलेपछि स्थानीय सरकारकोमा आएका हौँ ।” संस्थागत

२ हजार बढी पीसीआर परीक्षण शुल्कलिन नपाइने

काठमाडौँ । सरकारले कोरोनाभाइरस लागे नलागेको थाहा पाउन गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ। स्वास्थ्य मन्त्रालयकाअनुसार यसअघि कोरोना परीक्षण शुल्क ४ हजार ४ सय कायम भएकोमा अहिले घटाएर अधिकतम २ हजार रुपैयाँ कायम गरिएको हो । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पीसीआर परीक्षणमा अबदेखि कुनैपनि ल्याबले अधिकतम २ हजार बढी शुल्क लिन नपाउने निर्णय गरिएको जानकारी दिए । सरकारको यो निर्णयसँगै अब निजी तथा सशुल्क

सेती प्रादेशिक अस्पतालको प्रयोशालामा ७३ जनामा कोरोना पुष्टी

धनगढी। सेती प्रादेशिक अस्पतालको प्रयोशालामा कैलालीका ६९ सहित ७३ जनामा कोरोना पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा २ सय ४५ जनाको कोरोना परीक्षण भएकोमा ७३ जनामा संक्रमण पुष्टी भएको हो । कैलालीका ६९,कञ्चनपुरका ३, डडेलधुराका एक जनामा कोरोना पुष्टी भएको सेती प्रादेशीक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । संक्रमण पुष्टी हुनेमा ५० पुरुष,२३ महिला रहेका छन् ।