फिचर समाचार

शिक्षकले नै गरे छात्रामाथि बलात्कार, बच्चा जन्मेपछि सार्वजनिक

बैतडी । बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ । जिल्लाको दुुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो । पीडित किशोरी बलात्कर भएपछि अर्कैसँग भागेर बिहे गरेको र छ महिनामै छोरी जन्मिएपछि बलात्कार गरेको कुरा बाहिर आएको हो । सिगासको एक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने १७ वर्षीया ती छात्रालाई सोही विद्यालयमा पढाउने शिक्षक खडक

ब्राउन सुगरसहित सीमा क्षेत्रबाट दुई पक्राउ

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–१० नेपाल–भारत सीमास्थित दशगजा क्षेत्रबाट लागु पदार्थ ब्राउन सुगरसहित दुई जनालाई सशस्त्र प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट भुडाका सशस्त्र प्रहरी निरीक्षक गोविन्द थापाको नेतृत्वको टोलीले एक ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वेदकोट नगरपालिका–९ सुन्दरपुरका २९ वर्षीय पृथ्वी डगौरा र सोही ठाउँ बस्ने ३० वर्षीय सुरेश राना रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५

जारी छ पूर्वपश्चिम रेलमार्गको काम

सर्लाही । लकडाउन तथा निषेधाज्ञाका समयमा बर्दिबास–सिमरा विद्युतीय रेलमार्गको कामले निरन्तरता पाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम रेलमार्गकोे बर्दिबासबाट रौतहटको गुजरासम्मको कामलाई १७ खण्डमा विभाजन गरिएको छ । यस खण्डमा १५ साना तथा ठूला पुल निर्माण भइरहेको छ । बर्दिबासबाट सिमरासम्मको १०८ किलोमिटरमध्ये बर्दिबासबाट रौतहटको गुजरा नगरपालिकासम्मको ७० किलोमिटरमा बोलपत्र भई करिब ५० प्रतिशत काम सम्पन्न भएको रेल इञ्जिनीयर सुरेश साहले जानकारी दिनुभयो । उहाँका अनुसार सो

डायलसिस गराउने बिरामीको निःशुल्क पिसिआर परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकाले बुटवलमा मिर्गौलाको नियमित डायलिसिस गराउने बिरामीको निःशुल्क पिसीआर परीक्षण सेवा प्रदान गरेको छ । मिर्गौलाको डायलिसिस गराउनुअघि कोभिड सङ्क्रमण भए नभएको यकिन गरिने भएपछि थप उपचारमा सहजता हुने भएको छ । बुटवलमा स्थायी वसोवास गर्ने तथा उपचारका लागि बुटवलमै डेरा गरेर बस्दै आएका मिर्गौलाको डायलिसिसका बिरामीलाई कोभिड—१९ को सबै परीक्षण निःशुल्क गरिएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । पायक पर्ने स्थानमा उपमहानगरका स्वास्थ्य प्राविधिक खटाएर

बैतडीमा १ महिनामा स्क्रब टाइफसका ४९ जना बिरामी फेला

बैतडी । जिल्लामा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । गएको साउनयता बैतडीमा स्क्रब टाइफसका ४९ जना बिरामी फेला परेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिनुभयो । दशरथचन्द नगरपालिकामा २५ महिला र ११ पुरुष गरी ३६ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै पाटन नगरपालिकामा तीन महिला र एक पुरुष गरी चार, दोगडाकेदार गाउँपालिकामा चार महिला र दुई पुरुष गरी छ, मेलौली नगरपालिकामा एक

अभिकर्ताको एजेन्सी कोडबाट रकम गायब, बीमा समितिमा उजुरी

काठमाडौं । बीमा कम्पनीको एजेन्सी कोडबाट रकम गायब हुन थालेका छन् । एक इन्स्योरेन्स कम्पनीमा कार्यरत बुटवलका अभिकर्ताले आफ्नो एजेन्सी कोडबाट रकम नै गायब भएको गुनासो सहित बीमा समितिका उजुरी दर्ता गराएका छन् । बुटवलका लिला घिमिरेले गत मे १२ तारिखमा आफ्नो एजेन्सी कोड नं १२८४५३०२ मा यस वर्ष १२ लाख ७५ हजार रुपैयाँको व्यापार दर्ता गराएका थिए । जब साउनको अन्तिम साता एजेन्सी कोड पुनः अर्को व्यवसाय दर्ता गराउन

७ सयले घट्यो सुनको मूल्य, आजको बजार भाउ कति ?

काठमाडौं( सुनको मूल्य प्रतितोला ७ सय रूपैयाँले घटेको छ। बिहीबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९६ हजार ५ सय रूपैयाँ तोकिएको छ। बुधबार छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। साताको पहिलो र दोस्रो दिन बढेको सुनको मूल्य पुनः घट्न थालेको हो। त्यसैगरी चाँदीको मूल्य पनि घटेको छ। बिहीबारका लागि

कैलालीमा निषेधाज्ञा लम्ब्याइयो, बैकं,बिमा र सहकारी बिहान ११ बजे देखी दिउसो २ बजे सम्म खोल्न पाउने

धनगढी– कैलाली जिल्लामा विभिन्न सेवा सञ्चालन गर्न पाउने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको छ। प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आदेश जारी गर्दै भदौ ३१ गतेसमम निषेधाज्ञा जारी रहने उल्लेख गरेका छन्। बैक,बिमा र सहकारी हरुको हकमा भने बिहान ११ बजे देखी दिउसो २ बजेसम्म मात्र कार्यालय संचालन गर्नपाउने ब्यबस्था गरिएको छ। प्रमुख जिल्ला अधिकारी बोहराद्वारा जारी आदेश अनुसार १९ गते मध्यरातिदेखि सार्वजनिक सवारी जोरबिजोर प्रणालीमा सञ्चालन गर्न पाईने उल्लेख छ भने

धनगढीमा २५ सयमै कोरना परीक्षण गरीने

धनगढी ।कैलालीको धनगढीमा अवस्थीत सेती प्रादेशीक अस्पतालमा रु २५ शुल्क तिरेर जुनसुकै ब्यात्तलीले पनी सहजै कोरना भाइरसकोपीसीआर परिक्षण गर्न पायने छन नेपाल सरकार,स्वाथ्य तथा जनसंख्या मन्त्रालय,आपतकालीन कार्य संचालन केन्द्र तथा प्रदेश सरकार,सामाजीक बिकास मंत्रालय बाट प्राप्त निर्देशन र अस्पताल ब्यबस्थापन समिती कार्यसंम्पादन समितीको निर्णय अनुसार निर्देशिकाले तोके भन्दा बाहेकका स्वईच्छाले सम्भाबित कोरना संक्रमण परिक्षण गराउने ब्याक्ती हरुबाट रु २५०० (दुई हजार पाचँ सय) शुल्क लिई परिक्ष गर्ने निर्णय भएको हुदा

नेपालमा कोरोनाबाट हेल्थ असिस्टेन्टको मृत्यु

काठमाडौँ। नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु भएको छ । महोत्तरीको मनरा सिश्वा नगरपालिका(४ का ३५ वर्षीय हेल्थ असिस्टेन्टको मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि भदौ १० गते काठमाडौं लैजाने क्रममा उनको सिन्धुलीमा मृत्यु भएको थियो । उनको शव पुनः जिल्लामा ल्याएर स्वाब संकलन गरेर जनकपुरमा पठाइएको थियो । उनको रिपोर्ट पोजेटिभ आएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।