थप १ हजार ४४ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सात हजार ४१४ जनाको ‘पीसीआर’ परीक्षण गर्दा ६३३ पुरुष र ४११ महिलामा संक्रमण देखिएको हो । परीक्षणको करिब १४ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ५१४ संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ४०२, ललितपुरमा १३१ र भक्तपुरमा ३४ जना रहेका छन् । योसँगै देशभर कुल संक्रमितको संख्या दुई










