बराबर अनुपातमा प्रचण्ड–माधवले गरे एकता (९ बुँदे मापदण्डसहित)
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले संगठनात्मक संरचनालाई पूर्णता दिन ९ बुँदे मापदण्ड तय गरेको छ। समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले ‘पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरूमा हस्ताक्षर गरेका छन्। उक्त मापदण्डअनुसार नेकपाको कमिटीहरूमा अब दुवै पक्षको ५०(५० प्रतिशत हुने भएको छ। समूहका अनुसार मापदण्डबमोजिम प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवम् पार्टी कमिटीहरू तथा जनसंगठनका पदाधिकारीहरुमा जुन









