अन्तरिक्षमा ‘गरुड’ रकेट उडाउने मिसनमा नेपाली विद्यार्थी
गत वर्ष नेपाली विद्यार्थीहरु आश्विनी खरेल, सृष्टि पौडेल, रमेश साउद, मोहन तामाङलगायतले बनाएको रकेटको डिजाइन ‘द स्पेसपोर्ट अमेरिका कपमा अस्वीकृत भएको थियो। द स्पेसपोर्ट अमेरिका कप यस्तो प्रतियोगिता हो, जहाँ विश्वभरका कलेज र विश्वविद्यालयका विद्यार्थीहरुबीच रकेट उडाउने प्रतिस्पर्धा हुन्छ। अमेरिकामा हरेक वर्ष आयोजना हुने सो प्रतियोगितामा गत वर्ष विभिन्न देशका १२२ टोली सहभागी थिए। प्रतियोगितामा विद्यार्थीहरुले आ–आफ्नो रकेटको डिजाइन प्रस्तुत गर्छन्। प्रतियोगिताको मापदण्डअनुसार विद्यार्थी टोलीले ठोस, तरल वा हाइब्रिड प्रोपेलेन्ट