कमरेड अझै समय छ, यो भेलामा आइदिनुस् -नेत्री शाक्य
काठमाडौँ, माधव कुमार नेपाल पक्षको नेकपा एमालेले घोषणा गरेको राष्ट्रिय कार्यकर्ता भेला यतिबेला सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको छ। भेलाको अध्यक्षता पार्टिका वरिष्ठ नेता झलनाथ खनालले गरेका छन् भने कार्यक्रमको विशेष आतिथ्यता नेता माधवकुमार नेपालले गरेका छन्। भेलामा वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपालसहित अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा, उपाध्यक्ष युवराज ज्ञवााली, नेताहरू भीम रावल, अष्टलक्ष्मि शाक्य, गोकर्ण विष्ट, रघुजी पन्त लगायतको सहभागिता रहेको छ। भेलालाई सम्बोधन गर्दै नेत्री










