‘ओलीको विकल्पमा आउने सरकार कांग्रेस नेतृत्वको हुन्छ’
काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १० दिनभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्घ अविश्वास प्रस्ताव दर्ता हुने बताएका छन्। कांग्रेस नेता अशोक कोइरालाको निधनपछि अन्तिम बिदाइमा सहभागी हुन विराटनगर पुगेका कोइरालाले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ओली सरकार अवैधानिक भएकाले त्यसको विकल्प अनिवार्य भएको बताउँदै यस्तो भनेका हुन्। उनले भने, ‘अबको १० दिनमै ओली सरकारको विकल्पका लागि संसदमा अविश्वास प्रस्ताव दर्ता हुन्छ। कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर










