फिचर समाचार

केपी ओलीले जालझेल गरेर पार्टी कब्जा गरे

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले आफूहरूको भएको बताएका छन्। नेता नेपालले पार्टी अध्यक्ष केपी ओली एमाले नभएर विमाले, सिमाले भएको भन्दै उनले पार्टी छाडेर गए हुने टिप्पणी गरेका छन्। मंगलबार आफ्नो समूह समर्थक विद्यार्थीहरूको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले भने, ‘नेकपा एमाले हाम्रो हो, केपी ओलीको होइन।’ उनले अगाडि भने, केपी ओलीले जालझेल गरेर पार्टी कब्जा गरे भने विचार

राष्ट्रपति भण्डारीसँग बङ्गलादेशी प्रधानमन्त्रीको भेटवार्ता

काठमाडौँ, बङ्गलादेशको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र, बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, पारस्परिक सहयोग र सहकार्यका विषयमा कुराकानी भएको छ । आजै यहाँका विदेशमन्त्री डा मोमेनले राष्ट्रपति भण्डारीसँग अलग्गै शिष्टाचार भेटवार्ता गर्नुभएको

राष्ट्रपतिको बङ्गलादेश भ्रमणको तयारी पूरा, यी विषयमा हुँदैछन् सम्झौता

काटमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुन लागेको यही चैत ९ र १० गतेको बङ्गलादेशको राजकीय भ्रमणको तयारी पूरा भएको छ । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहकाक अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान त्यसतर्फ जान लाग्नुभएको हो । राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बिहान ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए

देउवाको निस्क्रियता, नयाँ सरकार गठन गर्नुपर्ने पौडेल पक्ष

काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय शीर्षस्थ नेताहरूलाई बोहोराटार बोलाएका छन्। नेता पौडेलले आफ्नै निवास बोहोराटारमा दिउँसो १ बजेका लागि नेताहरूको भेला आह्वान गरेका हुन्। महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता अर्जुननरसिंह केसी, रामशरण महत, मिनेन्द्र रिजाल लगायतका नेताहरूलाई पौडेलले बोलाएका हुन्। पार्टीको १४औं महाधिवेशनको गतिविधि र वर्तमान राजनीतिक परिस्थितिबारे छलफलका लागि भेला आह्वान गरिएको हो। पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओली नेतृत्वको

खुशी हुने नागरिकको सूचीमा नेपाल दक्षिण एशियाकै पहिलो नम्बरमा

काठमाडौँ, संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ। नेटवर्कले शुक्रबार सार्वजनिक गरेको सन् २०२१ को ‘वल्र्ड ह्याप्पिनेस रिपोर्ट’अनुसार खुसी मुलुकको सूचीमा नेपालले ५.२६९ अंकसहित ८७ औं स्थान प्राप्त गरेको हो। नेटवर्कले १ सय ४९ मुलुकका नागरिकसँग अन्तरक्रियाका माध्यमबाट खुसीको विषयमा विश्लेषण गरी प्रतिवेदन सार्वजनिक गरेको हो। सन् २०२० मा नेपाल ९२औं र २०१९ मा सयौं स्थानमा थियो। सन् २०१९ मा नेपाल भुटान र

गिरिजाप्रसाद कोइराला जस्तै देशलाई निकास दिने राजनेताको खाँचो : पूर्वमन्त्री आचार्य

काठमाडौँ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश आचार्यले देशको राजनीतिक अवस्था गम्भीर अवस्थामा पुगेको भन्दै अहिले गिरिजाप्रसाद कोइराला जस्तै देशलाई निकास दिने राजनेताको खाँचो भएको बताउनुभएको छ । गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृति दिवसका अवसरमा शनिबार भक्तपुरमा जिपी फाउन्डेसन भक्तपुरले आयोजना गरेको कार्यक्रममा उहाँले सशस्त्र द्वन्द्वमा फसेको देशलाई कोइरालाले नै १२ बुँदे सम्झौता गरी तत्कालीन माओवादी पार्टीलाई शान्ति प्रक्रियामा ल्याएर निकास दिएको बताउनुभयो । उहाँले कांग्रेस पार्टी सभापति शेरबहादुर

एमाले संसदीय दलको विधान संशोधन प्रस्ताव पारित

काठमाडौँ, नेकपा (एमाले) को संसदीय दलको विधान संशोधनसहितको प्रस्ताव पारित गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज संसदीय दलको बैठकले २०७२ सालमा बनेको संसदीय दलको विधानलाई संशोधनसहित पारित गरेको हो । एमालेका मुख्य सचेतक विशाल भट्टराईले संसदीय दलको विधान पुरानो भएकाले संशोधनसहित पारित गरिएको जानकारी दिनुभयो । उहाँले संसदीय दलको संशोधित नयाँ विधानले संसदीय दलका नेताले पार्टी निर्णय र हितविरुद्ध काम गर्ने सांसदलाई बढीमा छ महीनासम्म निलम्बन गर्ने व्यवस्था गरेको

प्रधानमन्त्रीमा मेरो दाबी रहँदैन : प्रचण्ड

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा दाबी नरहेको बताए। प्रेस सङ्गठन नेपाल सिन्धुलीले आज सिन्धुलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफू र आफ्नो पार्टीले प्रधानमन्त्री पदमा दाबी नगरेको बताएका हुन्। उनले भने, “अबको प्रधानमन्त्री को बन्छ भन्ने राजनीतिक सहमतिबाट हुन्छ, जुन अहिले दलबीच छलफल चलिरहेको छ।” “सहमति अब धेरै टाढा छैन”, उनले भने। लोकतन्त्र, समावेसी, समानुपातिक र संविधानविरुद्धका चलखेल अझै पनि नरोकिएको उनले

वाइसिएल राष्ट्रिय भेलाको मिति तोकियो

काठमाडौँ, नेकपा (माओवादी केन्द्र) को सहायक सङ्गठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) ले आगामी जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको फैसलापछि माउ पार्टी ब्युँताएपछि हिजो र आज बसेको वाइसिएलको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले उक्त निर्णय गरेको हो । भेलाले नयाँ नीति र नेतृत्व चयन गर्ने वाइसिएलका सचिव पुष्प ओलीले जानकारी दिनुभयो । सङ्गठनलाई चलायमान गराउनका लागि भन्दै राष्ट्रिय भेलाअगावै टोल

'ओली, कि झुठ बोल्नुहुन्छ कि निन्दा बोल्नुहुन्छ'

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई दुर्भाग्यतिर लगेको आरोप लगाएका छन्। हेरिटेज गार्डेनमा भएको राष्ट्रिय कार्यकर्ता भेलाको समापन समारोहलाई सम्बोधन गर्दै भुसालले पार्टीको अहिलेको अवस्था भयानक दुर्भाग्य भएको टिप्पणी गरेका हुन्। उनले भने, ‘गौरवशाली इतिहास र लाखौँ कार्यकर्ता भएको पार्टीका अध्यक्ष र पार्टीले प्रधानमन्त्री बनाएको व्यक्तिले एकपछि अर्को सुनियोजित गल्ती गर्दै पार्टीको भविष्यलाई दुर्भाग्यतिर लैजाँदैछन्। यस्ता मान्छले कम्युनिष्ट आन्दोलनलाई उठ्नै