कोरोना संक्रमणबाट नेपाल लाइफ स्वयम्भु शाखा प्रमुख कल्पना श्रेष्ठको निधन


काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपाल लाइफ इन्स्योरेन्स स्वयम्भु शाखाकी प्रमुख कल्पना श्रेष्ठको आइतबार निधन भएको छ ।

४७ बर्षिय श्रेष्ठलाई केही दिनदेखि कोरोना भाइरसको संक्रमण देखिएको थियो । संक्रमण देखिए पछी उपचारका लागी टेकु अस्पतालमा भर्ना गरीउको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी का बरस्टि सहायक महाप्रबन्धक उमापती प्रोखेल का अनुसार उनको आइतबार काठमाडौंमा टेकु अस्पतालमा निधन भएको हो ।

लामो समयदेखि नेपा लाइफ इन्स्योरेन्समा कार्यरत श्रेष्ठ विभिन्न शाखाहरुमा काम गरेको अनुभवी बीमा कर्मचारी थिईन् । ४७ बर्षिय श्रेष्ठ पछिल्लो समय स्वयम्भु शाखामा प्रमुखको जिम्मेवारीमा थिईन् । उनको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । कोरोना संक्रमणबाट राजधानी काठमाडौंमै शाखा प्रमुखको निधन भएपछि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारी तथा बीमा अभिकर्ताहरु शोकमा छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *