उपत्यकामा भेटिए अहिलेसम्मकै धेरै सक्रमित, कुन ठाउँमा कति ?
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६३८ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १२८० जना, भक्तपुरमा १९६ र ललितपुरका १६२ जना छन् । शुक्रबार नेपालमा २७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ८२ हजार ४५० पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले