बागमती प्रदेश

महालक्ष्मी बैंक कुमारीपाटीमा कर्मचारीकै मिलेमतोमा यसरी भयो सात करोड ४२ लाख घोटाला

खोटाङ घर भएका पूर्ण राई र देवानन्द राई ललितपुरका सुन व्यवसायी हुन्। पूर्ण ललितपुर महानगरपालिका(५ लगनखेल र देवानन्द राई ललितपुर(१४ विशाल चोक बस्छन्। दुवै जनाले प्रयोग गर्दै आएको व्यापारिक फर्म अनुसन्धानको क्रममा रहेकाले प्रहरीले नाम खुलाएको छैन। तर, राईद्वयले २०७४ सालयता पटक(पटक महालक्ष्मी विकास बैंक कुमारीपाटी शाखाबाट कर्जा लिँदै आएको देखिएको छ। सुन राख्दै कर्जा लिँदै गरेका दुवै अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन्। महालक्ष्मी बैंक केन्द्रीय कार्यालयले

१२ जिल्लाका सीडीओ सरुवा

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको सरुवा गरेको छ । गृह मन्त्री रामबहादुर थापाले शुक्रबार मन्त्रालयका सहसचिव ढुण्डीप्रसाद निरौलालाई ललितपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिने निर्णय गरेका हुन । यस्तै, महोत्तरीमा केशवप्रसाद विमली, धनकुटामा बासुदेव दाहाल, गुल्मीमा रुद्रादेवी शर्मा, रामेछापमा अर्जुनकुमार शर्मा, भोजपुरमा कृष्णप्रसाद भण्डारी, डोल्पामा माधवप्रसाद ढकाल, सिराहामा कृष्णकुमार निरौला, खोटाङमा मित्रलाल शर्मा, मुगुमा चन्द्रबहादुर शिवाकोटी, पाँचथरमा पुन्यप्रसाद ढकाल र तेह्रथुममा जयराम भण्डारीलाई सरुवा गरिएको

चर्चित हास्यकलाकार मनोज गजुरेल र नायिका बर्षा सिवाकोटी विवाह गर्दै

काठमाडौ। चर्चित हास्यकलाकार मनोज गजुरेलले दोस्रो बिहे गर्ने तयारी गरेका छन् । केही वर्षअघि गजुरेलले पूर्वपत्नी मीना ढकालसँग सम्बन्धविच्छेद गरेका थिए । उनले आफ्नो २२ वर्ष लामो वैवाहिक सम्बन्धलाई टुङ्ग्याएका थिए। गजुरेललले अर्को वर्षको कुनै महिना बिहे गर्न सकिने संकेत दिएका हुन् । उनले कोसँग बिहे गर्ने भन्ने पक्का भइसकेको र व्यवहारिक कुरा मिलाउन बाँकी रहेको बताएका छन् । मनोजले आफूले दोस्रो बिहे गर्न लागेको कुरा सार्वजनिक रुपमा बताएपछि पूर्वपत्नी

सर्वदलीय बैठक सुरु, संविधान विरोधीविरुद्ध एकजुट हुन प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आहृवानमा सर्वदलीय बैठक सुरु भएको छ । बालुवाटारमा सुरु भएको बैठकमा सहभागी नेताहरुलाई छलफल गर्दै प्रधानमन्त्री ओलीले कोभिड(१९ को नियन्त्रण, प्राप्त उपलब्धीहरुको रक्षा, संविधान विरोधी र हिंसात्मक गतिविधिहरुको विरोधमा एकजुट हुन आग्रह गरेका छन् । संसदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को सहभागिता छ । यसअघि गएको

४ महिनामा साढे ९ अर्बको चामल आयात

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको पहिलो चार महिनामा करिब साढे ९ अर्ब रुपैयाँको चामल आयात गरिसक्यो । भन्सार विभागका अनुसार साउनदेखि कात्तिकसम्म भएको चालमको यो आयात विगतको तुलनामा करिब डेढ गुणा बढी हो । यो अवधिमा १ लाख ९८ हजार मेट्रिक टन ९१९ करोड ८३ लाख किलो० चामल आयात भएको छ । भन्सार विभागका महानिर्देशक सुमन दाहालका अनुसार यो गत वर्षको यसै अवधिको तुलनामा १२० प्रतिशत बढी हो ।

चालक अनुमतिपत्रका लागि परीक्षा नलिइने

काठमाडौं। काठमाडौं उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ। काठमाडौं उपत्यकामा कोभिड(१९ को संक्रमण फैलिरहेकाले तत्काल नयाँ अनुमतिपत्र खोल्नेबारे कुनै निर्णय नभएको एकान्तकुनास्थित चालक अनुमतिपत्र कार्यालयका प्रमुख सम्बरबहादुर कार्कीले बताए। सामान्य अवस्थामा यी कार्यालयले नयाँ अनुमतिपत्रका लागि परीक्षा सञ्चालन, नवीकरण र अनुमतिपत्र वितरण गर्दै आएका थिए। गत चैतदेखि भने कार्यालयले नयाँ अनुमतिपत्रका लागि परीक्षा सञ्चालन गरेका छैनन्। सेवाग्राहीको धेरै भीड हुने भएकाले तत्काल

‘ओली सरकारले सुनियोजित रुपमा पक्राउ गर्‍यो, देशैभरि प्रतिवाद हुन्छ'

पोखरा । ब्यास नगरपालिकाको बुल्दी खोलामा बसेको पुल उद्घाटनका लागि जाने क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बुधबार पक्राउ परे । व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्न सेती नदीमाथि बनेको पक्की पुल उद्घाटन गरेका पौडेलले ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोलामा बनेको पुलको पनि उद्घाटन गर्ने कार्यक्रम थियो । तर संघीय सरकारको बजेटमा बनेको पुल कसले उद्घाटन गर्ने भन्नेमा सत्तारुढ नेपाल कम्युनिस्ट

३९६ स्थानीय तहमा एकसाथ अस्पताल शिलान्यास गरिँदै

काठमाडौं । सरकारले आज एकसाथ तीन सय ९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गर्दैछ । आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यले ३९६ स्थानीय तहमा १५ शैय्यासम्मका अस्पताल र सातै प्रदेशमा सरूवा रोग अस्पताल शिलान्यास गर्न लागिएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सोमबार दिउँसो चितवनको भरतपुरमा प्रादेशिक सरूवा रोग अस्पताल र भरतपुर अस्पतालको आकस्मिक कक्षको नयाँ बन्ने भवनको शिलान्यास गर्दैछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ बन्ने सबै

एक होलान् माधव नेपाल र ओली ?

काठमाडौं – गुमनाम रहेका नेता प्रदीप नेपाललाई भेट्न गत शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरू घरमै पुगे। तस्बिरै खिचेर सामाजिक सञ्जालमा हाले। पार्टी फुट्लाझैं गरी दुई अध्यक्षको सम्बन्ध बिग्रिएका बेला भएको उक्त भेटलाई लिएर धेरैखाले अड्कलबाजी भए। कतिले अनुमान लगाए– अब नेकपा विभाजन हुँदै छ, उनलाई फेरि सक्रिय हुन आग्रह भयो। कतिपयले त पूर्वएमाले ब्युँताएर प्रदीप नेपाललाई अध्यक्ष नै बनाउन लागेको भनिदिए। तर, नेपालले अन्नपूर्णसँग भने, ‘पार्टी एकता बचाउन तपाईंले

काठमाडौँका प्रजिअ दाहाललाई कोरोना

काठमाडौँ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण भएको छ। टाउको दुखेपछि उनले पिसीआर परीक्षणका लागि स्वाब दिएकोमा रिपोर्ट आज पोजेटिभ आएको हो। गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार सिडिओ दाहाललाई कोरोना देखिएको हो। दाहालले आफू र श्रीमतीमा कोरोना संक्रमण देखिएको र होम आइसोलेसन बसेको जानकारी गृह मन्त्रालयमा दिएका छन्। उनलाई टाउको दुख्नेबाहेक अरू लक्षण देखिएको छैन।