इजाकी सोराइ 

  पर्भात अनाराई न्वालाहै पानी ल्याउन्थिन मेरी इजा गाइ दुनाइलाइ बाच्छो खोइबर प्याउन्थिन मेरी इजा। मेरो चेलो पढिबर ठूलो मान्छ बनलो भण्णे आशाले ख्वाइ चुठाइबर स्कुल जानाइ बट्याउन्थिन मेरी इजा। निका बाटा लाग्दु पडन्छ खराब कर्म जन अरेइ भणी बिगाड अरेबर नैअद्दुहो भणी सम्झाउन्थिन मेरी इजा। म मरेबर मेरी क्रिया अरलै बा तेरो ब्रत अरन्छु भणी बिरामी बढेका बेला मलाइ अत्याउन्थिन मेरी इजा। मेरो तिमीलाको फूल भणीबर भौत माया अरन्थिन

बैतडी : बलात्कारका आरोपित पक्राउ, किशोरीको उद्धार

बैतडी । जिल्लाको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले तीनजनालाई मङ्गलबार अपराह्न नियन्त्रणमा लिएको छ । किशोरीमाथि शिक्षक खडकबहादुर बोहरा, गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहराले पटकपटक बलात्कार गरेको आरोप लागेको छ । आरोपित सबैलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुुभयो । किशोरीलाई ललाइफकाई गरेर करणी भएको भए पनि कानूनअनुसार कारवाही हुने जनाइएको छ । मुलुकी अपराध संहिता, २०७४ को

समुदाय स्तरमै पुग्यो कोरना दार्चुलाका दुई जनामा कोरोना पुष्टि

दार्चुला । डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा दार्चुलाका थप दुई जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।दार्चुलाको महाकाली नगरपालीका का एक जना र ब्यास गाउँपालीका एक जना मा कोरना पुस्टी भउको हो । दार्चुलामा हालसम्म कोरोना स‌ंक्रमितको संख्या ५६ जना पुगेको छ पछिल्लो २४ घण्टामा १ सय २७ जनाको परीक्षण गरिएकोमा दार्चुलाका दुई र बझाङका दुई जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिनुभयो । गत भदौ २०गते स्याव‌

आँज उसोइ छ

हुनु पड्डे बेलि भण्णा निको आज,आँज उसोइ छ। बिकिर्तिले जडो हालेको समाज,आँज उसोइ छ। चिरा फाट्यामी लिप पोत मात्तरै अरेबर काँ होलो हगुल्टा ठोस्या केइन हाल्या माज,आँज उसोइ छ। ठुलाइ मान्छ भया चेउडेनी सकन्ज्या सड्काया। कैखिलाई हो भकारिनोको नाज,आँज उसोइ छ। थाक्किगे सल्लाह रे सुझाव दिना दिना सब सयना माण्णे नै भण्या बोली बरकी लाज,आँज उसोइ छ। नबराज ओझा (दियालो)  बिज्ञान शिक्षक श्री त्रिभुवन मा.बि बोराडाडी कैलाली

धनगढीमा नेशनल लाईफ इन्स्योरेन्सको एजेन्सी कार्यालय उद्घाटन

काठमाडौं । लकडाउनकै बीचमा धनगढीमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको नयाँ एजेन्सी कार्यालय उद्घाटन गरिएको छ । कम्पनीका सुदुरपश्चिम प्रदेश प्रमुख रामचन्द्र तिवारीले आइतबार नयाँ एजेन्सी कार्यालय उद्घाटन गरेका हुन् । धनगढी शाखा प्रमुख उमाकान्त जोशीको उपस्थितिमा आयोजित कार्यक्रममा नयाँ एजेन्सी कार्यालय उद्घाटन गरिएको कम्पनीले जनाएको छ । प्रमुख अतिथि रामचन्द्र तिवारीले निकट भविष्यमा सो क्षेत्रमा थप एजेन्सी कार्यालय पनि खोलिने बताए । एजेन्सी कार्यालय प्रमुख चिफ बिजनेस म्यानेजर गणेश थापाले

शिक्षकले नै गरे छात्रामाथि बलात्कार, बच्चा जन्मेपछि सार्वजनिक

बैतडी । बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ । जिल्लाको दुुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो । पीडित किशोरी बलात्कर भएपछि अर्कैसँग भागेर बिहे गरेको र छ महिनामै छोरी जन्मिएपछि बलात्कार गरेको कुरा बाहिर आएको हो । सिगासको एक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने १७ वर्षीया ती छात्रालाई सोही विद्यालयमा पढाउने शिक्षक खडक

ब्राउन सुगरसहित सीमा क्षेत्रबाट दुई पक्राउ

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–१० नेपाल–भारत सीमास्थित दशगजा क्षेत्रबाट लागु पदार्थ ब्राउन सुगरसहित दुई जनालाई सशस्त्र प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट भुडाका सशस्त्र प्रहरी निरीक्षक गोविन्द थापाको नेतृत्वको टोलीले एक ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वेदकोट नगरपालिका–९ सुन्दरपुरका २९ वर्षीय पृथ्वी डगौरा र सोही ठाउँ बस्ने ३० वर्षीय सुरेश राना रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५

चार्जिङ सेन्टर राख्न आग्रह

वाग्मती । वाग्मती प्रदेश सरकारले विद्युतीय सवारी साधन सञ्चालनका लागि आवश्यक पर्ने चार्जिङ सेन्टर निर्माणको प्रक्रिया शुरु गरेको छ । प्रदेशभर विद्युतीय सवारी सञ्चालनको व्यवस्था मिलाउन आवश्यकीय स्थानमा चार्जिङ सेन्टर निर्माणका लागि प्रक्रिया शुरु गरिएको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले जानकारी दिनुभयो । यातायात सेवालाई सर्वसुलभ, पहुँचयोग्य, सुरक्षित, व्यवस्थित र वातावरणमैत्री बनाउन निजी साझेदारी माध्यमबाट विद्युतीय यातायात प्रणाली सञ्चालन गरी आगामी २०८५ साल भित्रमा प्रदेशका ठूला शहरबाट पेट्रोलियम पदार्थबाट

कास्कीमा निषेधाज्ञा एक हप्ता थप

गण्डकी । कोरोना भाईरसको सङ्क्रमण बढीरहेकाले जिल्ला प्रशासन कार्यालय कास्कीले गर्दै आएको निषेधाज्ञा पुनः एक हप्ता थपेको छ । कास्की जिल्लाभर लागू हुने गरी भदौ २७ गतेसम्म सरकारबाट जारी स्वास्थ्य तथा सुरक्षाका मापदण्ड एवम् सावधानीलाई कडाईसाथ पालना गर्ने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको हो । यस अघि जारी निषेधाज्ञा आज राति १२ बजे सकिदै थियो । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जारी गर्नुभएको आदेश अनुसार अत्यावश्यक कामका लागि घर बाहिर

क्रसर उद्योगको मापदण्ड पालनामा कडाई

कास्की । गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिले क्रसर उद्योग सबै जिल्लामा मापदण्ड विपरित सञ्चालन भएको भन्दै पालनाका लागि सरोकारभएकालाई जिम्मेवार बनाउने भएको छ । समितिको शुक्रबार बसेको भर्चुअल बैठकले प्रदेशभित्रका क्रसर उद्योग सञ्चालनबारेमा ११ वटै जिल्ला समन्वय समितिका प्रमुखसँग आगामी भदौ २४ गते छलफल गर्ने निर्णय गरेको समितिका सभापति दीपक कोइरालाले बताउनुभयो । “प्रदेशमा यी उद्योग थपिनेक्रम छ तर मापदण्ड पालना नगरेको तथा कतिपय दर्ता, नविकरण नभएको गुनासा आएका