कैलाली प्रहरीको सूचनापछि रोकिएको जहाज मुम्बई उड्यो
धनगढीः नेपाल एयरलाइन्सको जहाजमा शंकास्पद व्यक्ति रहेको सूचनापछि रोकिएको जहाज मुम्बई प्रस्थान गरेको छ। आरए २०१ उडान नम्बरको न्यारोबडी जहाज १ः १० मा उड्ने तालिका रहे पनि कैलाली प्रहरीले शंकास्पद यात्रु रहेको सूचना पठाएपछि प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष टोलीले रोकेको थियो। जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। नेपाल एयर लाइन्सका प्रवक्ता अर्चना खड्काका अनुसार जहाजमा चालकदलका १४ जना