स्वास्थ्य

महँगो छ गाईबाच्छाको उपचार

काठमाडाैँ । सडकमा छाडा छाडी दुर्घटनामा परेका गाईबाच्छाको उपचार महँगो हुँदै गएको संरक्षणमा जुटेका अभियानकर्मीको गुनासो छ । दुर्घटनामा जिम्मेवार सवारी साधनबाट उठाइने रकम कहाँ जान्छ पत्तो छैन । उपचार महँगो भएपछि असहाय गाईबाच्छा संरक्षण अभियान दिनानुदिन अप्ठ्यारामा पर्दै गएको छ । शहर बजारबाट घाइते गाईबाच्छा आउने क्रम जारी छ । बितेको एक महिनामा सडक दुर्घटनामा गम्भीर घाइते बनेका आधा दर्जन गाईबाच्छाको सेवा गर्ने अवसर मिलेको अभियानकर्मी उत्तम पुडासैनीले बताउनुभयो

डायलसिस गराउने बिरामीको निःशुल्क पिसिआर परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकाले बुटवलमा मिर्गौलाको नियमित डायलिसिस गराउने बिरामीको निःशुल्क पिसीआर परीक्षण सेवा प्रदान गरेको छ । मिर्गौलाको डायलिसिस गराउनुअघि कोभिड सङ्क्रमण भए नभएको यकिन गरिने भएपछि थप उपचारमा सहजता हुने भएको छ । बुटवलमा स्थायी वसोवास गर्ने तथा उपचारका लागि बुटवलमै डेरा गरेर बस्दै आएका मिर्गौलाको डायलिसिसका बिरामीलाई कोभिड—१९ को सबै परीक्षण निःशुल्क गरिएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । पायक पर्ने स्थानमा उपमहानगरका स्वास्थ्य प्राविधिक खटाएर

पर्वतका सातै पालिकामा समुदायमा कोरोना परीक्षण, सबै नेगेटिभ

पर्वत । छिमेकी जिल्लामा समुदायस्तरमा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि पर्वतमा पनि समुदायमा पुगेर परीक्षण गर्ने कार्यलाई तीव्र पारिएको छ । पछिल्लो तीन सातामा जिल्लाका सातवटै स्थानीय तहमा पुगेर समुदायमा कोरोना परीक्षण गरिएकामा सबै रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालय पर्वतका अनुसार समुदायका हालसम्म ९४६ व्यक्तिको नमूना परीक्षण गरिएको छ । जिल्लाको कुश्मा नगरपालिकामा ११७, फलेवास नगरपालिकामा ११५, जलजला गाउँपालिकामा ६८, मोदीमा ५८, महाशीलामा ५१, विहादीमा ११० र पैयुँ

रुपन्देहीमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु

रुपन्देही । बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना भाइरस सङ्क्रमितकोे मृत्यु भएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको आज बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो । नवलपरासीकी महिला भदौ १७ गते र बुटवलका पुरुष भदौ १५ गते अस्पतालमा भर्ना भएका थिए । ज्वरो र स्वासप्रस्वासको समस्या रहेका दुबैको

सामूहिक बलात्कार गर्ने दुई पक्राउ

काठमाडौँ । प्रहरीले सामूहिक बलात्कार गर्ने दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–१ दहचोकमा १९ वर्षीया एक महिलामाथि सामूहिक बलात्कार गर्ने मुगु घर भई चन्द्रागिरि बस्ने २८ वर्षीय लोकेन्द्रबहादुर मल्ल र मुगुकै २३ वर्षीय रतनबहादुर शाहीलाई बिहीबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले एक महिलामाथि सामूहिक बलात्कार भएको सूचनाका आधारमा प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिनुभयो । पक्राउ

वाग्मतीमा अस्पताल निर्माण अन्तिम चरणमा

ललितपुर । दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–४ प्युटारस्थित थाङसिनटारमा गाउँपालिकास्तरीय अस्पताल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयको सःशर्त अनुदानमा ‘एक पालिका एक अस्पताल’ को अवधारणाअनुरूप उक्त अस्पताल निर्माणको कार्य अघि बढेको हो । गाउँपालिकाका सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले गत वर्ष २०७६ भदौ २० गते १५ शय्याको अस्पताल बनाउने योजनानुसार गत जेठ २० गते सम्पन्न हुनुपर्ने गरी काम अघि बढाएको ललितपुर क्षेत्र नं

बन्धक बनाइएका चेलीको उद्धार

परासी । कोभिड– १९ को महामारीबीच दश महिनादेखि बन्धक तीन नेपाली चेलीको भारतबाट उद्धार गरी ल्याइएको छ । आफन्त नेपाल संस्थाको पहलमा बेचबिखन हुन लागेका एक बालिकासहित तीन नेपाली चेलीलाई उद्धार गरिएको हो । नवलपरासी पश्चिमस्थित आफन्त नेपाल महेशपुर शाखाले नेपाल र भारतीय प्रहरी तथा स्थानीय जनप्रतिनिधिको सहयोगमा भारतको महाराजगञ्जस्थित एक आर्केष्टा कम्पनीबाट ती नेपाली चेलीहरुलाई उद्धार गरी नवलपरासी ल्याएको हो । चितवनका २२, १७ र ४ वर्षका ती चेलीलाई

बैतडीमा १ महिनामा स्क्रब टाइफसका ४९ जना बिरामी फेला

बैतडी । जिल्लामा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । गएको साउनयता बैतडीमा स्क्रब टाइफसका ४९ जना बिरामी फेला परेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिनुभयो । दशरथचन्द नगरपालिकामा २५ महिला र ११ पुरुष गरी ३६ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै पाटन नगरपालिकामा तीन महिला र एक पुरुष गरी चार, दोगडाकेदार गाउँपालिकामा चार महिला र दुई पुरुष गरी छ, मेलौली नगरपालिकामा एक

चितवन मेडिकल कलेजले थाल्यो प्लाज्मा थेरापीबाट उपचार

चितवन । जिल्लामा पहिलो पटक चितवन मेडिकल कलेजमा उपचाररत एक महिलामा प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको छ । हेटौँडा उपमहानगरपालिका–११ की ५२ वर्षीया कोरोना सङ्क्रमितमा प्लाज्मा थेरापी गरिएको हो । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार ती महिलालाई बिहीबार राति दुई पोका ‘बि पोजेटिभ’ प्लाज्मा चढाइएको छ । बिहीबार नै केन्द्रमा सङ्क्रमणमुक्त भएका तीन जनाले प्लाज्मा दान गरेका थिए । पौडेलका अनुसार भरतपुर र देवघाटका दुई पुरुषको रगत

भोक विरुद्ध सहायता अभियान जाजरकोटबाट शुरु

जाजरकोट । विभिन्न प्रकोपमा परेका र निम्न आर्थिक अवस्था भएका सर्वसाधारणलाई खाद्यान्न सहयोग गर्न थालिएको छ । ‘भोक विरुद्ध सहायता अभियान’ नारा दिएर जाजरकोटका सातै स्थानीय तहमा आवश्यक खाद्यान्न वितरणको कार्य शुरु भएको सकारात्मक सोच तथा जीवन रूपान्तरणका विश्व प्रशिक्षक नरबहादुर कार्कीले जानकारी दिनुभयो । डिसहोमलगायतका सहयोगीदाताको पहलमा सहयोग जुटेपछि जाजरकोटमा यो अभियान शुरु भएको हो । निम्न आर्थिक अवस्था र प्रकोपमा परी समस्यामा परेका नागरिकलाई सहयोग गरेको डिसहोमका प्रतिनिधि