समाज/अपराध

सर्वोच्चको फैसलाले ब्यूँतियो एमाले र माओवादी केन्द्र

काठमाडौँ । सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दर्ता खारेज गरेसँगै एमाले र माओवादी केन्द्र ब्यूँतिएको छ। सर्वोच्च अदालतले ऋषि कट्टेलद्वारा दायर भएको नेपाल कम्युनिस्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टी निर्वाचन आयोगमा पहिला दर्ता भइसकेको अवस्थामा सोही पार्टीसँग नाम मिल्ने गरी नयाँ पार्टी दर्ता गर्न नमिल्ने आदेश दिँदै साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत

नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

कञ्चनपुर, लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने २२ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार नागरिकताको प्रमाणपत्र र प्रवेश पत्रमा फोटो परिवर्तन तथा किर्ते हस्ताक्षर गरी नक्कली परीक्षार्थी बनेर परीक्षा दिनेहरुलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा कैलाली गाउँपालिका–३

विस्फोटमा परी पाकिस्तानमा पाँच सर्वसाधणको मृत्यु

काठमाडौँ। पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार राति भएको विस्फोटमा परी पाँच जनाको ज्यान गएको छ। अरु पाँच जना घाइते भएका छन्। बाटोमा थापिएको धरापमा परी ती व्यक्ति मारिएका हुन्। विस्फोटमा परी एक सवारी साधनमा यात्रा गरिरहेका यात्रु मारिएका हुन्। उनीहरू यात्रा गरिरहेको सवारी साधन नै धरापमा परेको थियो। सो सवारी साधन उक्त सडकमा राखिएको धरापमा परेपछि विस्फोट भएको थियो। उक्त प्रान्तको बाबर काँच जिल्लामा सो विस्फोट भएको उक्त जिल्लाका

सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमतिमा के छ ?

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीनबुँदे सहमतिमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा दुबै पक्षको वार्ता टोलीका संयोजकहरु रामबहादुर थापा बादल र खड्गबहादुर विश्वकर्माले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमति पत्र १ .दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं । २ .

महिला हिंसा रोक्न कानूनको कार्यान्वयन गर्नुपर्छ मन्त्री महतो

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले महिला हिंसा न्यूनीकरणका लागि कानूनको कार्यान्वयनमा कडाइ गर्नुपर्ने बताउनुभएको छ । एकसय एघारौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा राष्ट्रिय आदिवासी महिला महासङ्घले आज आयोजना गरेको ‘आदिवासी महिला र कोभिड–१९’ सम्बन्धी राष्ट्रिय अन्तरक्रियाको उद्घाटन समारोहका उहाँले महिला हिंसा न्यूनीकरण गर्ने कानून धेरै भएको तर प्रभावकारी कार्यान्वयन नहुने महिला हिंसा न्यूनीकरणका कठिनाइ भएको सुनाउनुभयो । “नेपालमा संविधान र कानूनले महिला हिंसा नियन्त्रणसम्बन्धी धेरै व्यवस्था गरेको छ”,

विप्लव हिँडे काठमाडौं

काठमाडौं। नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ काठमाडौं हिडेका छन्। दुई वर्षअघि सरकारले प्रतिबन्ध लगाएसँगै भूमिगत बनेका उनी विशेष सम्बोधनका लागि काठमाडौं हिँडेका हुन्। बुधबार र बिहीबार सरकारका पक्षबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव नेतृत्वको नेकपाको पक्षबाट प्रकाण्डले वार्ता गरेसँगै विप्लव आज सार्वजनिक हुन लागेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव आज एउटै मञ्चमा देखिने भएका छन्। सरकारी र नेकपाको वार्ता टोलीबीच भएको तीन बुँदे सहमति बमोजिम उनीहरुहरु

हत्या गरी सुटकेशमा शव फाल्ने मुडभरीलाई आजीवन जेल सजाय

काठमाडौं। कृष्णबहादुर बोहराको हत्या गरी सुटकेशमा राखेर फ्याँक्ने कल्पना मुडभरीलाई आजीवन जेल सजाय सुनाइएको छ। उनले रोल्पा रून्टीगढी गाउँपालिका ७ घर भई गोंगबुमा बस्दै गरेका ४५ वर्षीय बोहोराको हत्या गरी टाउको, खुट्टा काटेर टुक्रा बनाएर फ्याँकेकी थिइन्। उनको जिँउ सुटकेसमा राखेर नवज्योतिमार्गमा फ्याँकेकी थिइन्। यस्तै, टाउको र खुट्टा प्लाटिकमा राखेर फालेकी थिइन्। जिल्ला अदालत काठमाडौंले गोंगबुमा डेरा गरी बस्दै आएकी ३७ वर्षीया मुडभरीलाई आजीवन काराबासको सजाय सुनाएको अदालतले जनाएको छ।

संख्यामा सानो छौँ तर, हाम्रो भूमिका ठूलो छ -नेता पौडेल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ताको मोह राख्न नहुने बताए। उनले प्रतिपक्षी दलको भूमिकाबाट डगमगाउन नहुने भन्दै यस्तो टिप्पणी गरेका हुन्। बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले यतिबेला नेपाली जनताले कांग्रेससँग धेरै आशा राखेको भन्दै कांग्रेसले प्रतिपक्षी भूमिकाबाट हलचल गर्न नहुने बताएका हुन्। उनले भनेका छन्, ‘कांग्रेसले हैसियत अनुसारको भूमिका निर्वाह गर्नुपर्छ, यतिबेला विपक्षी दलको सही भूमिका निर्वाह गर्नुपर्छ। यद्यपि हामी सानो संख्यामा

आफताब आलमलाई छुटाउन लागिरहन्छु : देउवा

रौतहट । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले राजपुर बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आफताब आलमको बचाउ गरेका छन् । पुरानो झुटो मुद्दामा आलमलाई फसाइएको भन्दै उनले आलमलाई छुटाउन आफूले प्रयास गरिरहेको बताए । गढीमाई नगरपालिका–६ धरमपुर, सिंगारवनमा बुधबार विष्णु पुराण महायज्ञको शुभारम्भ गर्दै देउवाले भने, ‘शेख अफ्ताब जेलमा हुनुहुन्छ, उहाँलाई छुटाउन म आफ्नो तर्फबाट लागिरहन्छु ।’ भोलिका दिन परिस्थिति बदलिन सक्ने भन्दै

एकै पटक ७ महिलालाई गर्भवती बनाउने यी युवक

एजेन्सी /उनी स्टन्टका राजा भन्ने उपनामले पनि परिचित छन् । उनी जहाँ जान्छन् विवाद उनीसँगै उब्जिन्छ । नाइजेरियाका प्रिटी माइक नामक एक पुरुषले एकसाथ आफ्ना ६ जना प्रेमिकालाई गर्भवती बनाए । उनको खास नाम माइक इजी न्वाली न्ओगु हो । उनले आफू र आफ्ना ६ गर्भवती प्रेमिकाको तस्वीर इन्स्टाग्राममा पोष्ट गर्दै आफूहरु निकै उत्कृष्ट जीवन बिताइरहेको बताएका छन् । स्मरण रहोस् केही वर्षअघि नाइजेरियाको राजधानीको सडकमा केटीहरुलाई कुकुर जस्तै घुँडा