प्रधानमन्त्री कप क्रिकेट स् एपीएफ क्लब फाइनलमा
काठमाडौँ, सशस्त्र प्रहरी बलको एपीएफ क्लब प्रधानमन्त्री कप टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको खेलमा एपीएफले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ४७ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । जितका लागि २३१ रनको लक्ष्य पाएको आर्मीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउदै १८३ रन मात्र बनाउन सक्यो । आर्मीका लागि राजेश पुलामीले सर्वाधिक ३८ रनको योगदान गरे ।










