समाचार

मन्दिरको भेटीबाट विद्यालय सञ्चालन

अर्घाखाँची, सन्धिखर्क नगरपालिका–७ खाँचीकोटमा मन्दिरको भेटीबाट विद्यालय सञ्चालन गरिएको छ । सुपा देउराली मन्दिरमा उठेको भेटीबाट खाँचीकोटस्थित आदर्श मावि र सीतापुरस्थित शान्ति निमावी सञ्चालन गरिएको छ । भेटीबाट आदर्श माविमा ६ तथा शान्ति निमाविमा चार शिक्षक राखिएको छ । भेटीबाट सङ्कलित रकममध्ये मासिकरुपमा आदर्श माविलाई र शान्ति निमाविलाई रु एक लाख २० हजार उपलब्ध गराइएको मन्दिर व्यवस्थापन समितिका सचिव यादव घिमिरेले जानकारी दिनुभयो । यस्तै समितिले सन्धिखर्कस्थित पाणिनि बेदबिद्या आश्रमका

सत्तारूढ दलको बैठक : समयमै स्थानीय तह निर्वाचन गर्नेबारे छलफल

काठमाडौँ, सत्तारूढ गठबन्धन दलहरुबीच संविधान र कानूनले तोकेको समय सीमाभित्रै स्थानीय तहको निर्वाचन गर्ने विषयमा सहमति भएको छ । सरकारलाई सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा निर्वाचनसँग जोडिएका विषयमा छलफल केन्द्रित रहेको नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले जानकारी दिनुभो । बैठकमा नेताहरुले संविधान र कानूनले गरेको व्यवस्थाअन्तर्गत नै रहेर स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्छ भन्ने सुझाव दिनुभएको जानकारी दिँदै उहाँले कोभिड–१९

लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री भट्ट

धनगढी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जग्गाको सहज उपलब्धता सँगसँगै सुरक्षाको प्रत्याभूति र कानुनमा देखिने झमेलाको सहजीकरण गर्न सकेमा लगानीमैत्री वातावरण बन्ने बताउनुभएको छ । गैरआवसीय नेपाली सङ्घ (एनआरएन)का अध्यक्षसहितका पदाधिकारीको सहभागितामा आज धनगढीमा भएको अन्तरक्रियामा मुख्यमन्त्री भट्टले नेपालमा विकास र लगानीको मोडेल (प्रारुप)मा एकरुपता नहुँदा पनि लगानी मैत्री वातावरण बन्न नसकिरहेको बताउनुभयो । प्रदेशमा पर्यटन, कृषि, ऊर्जा, उद्योगलगायत क्षेत्रमा लगानी गर्न सकिने सम्भावना औँल्याउँदै उहाँले भन्नुभयो, “प्रदेशमा अहिलेसम्म कसैबाट

रिलायन्स लाइफको सिईओ बने राकेश पोखरेल, बीमा समितिले दियो स्वीकृति

काठमाडौं । राकेश पोखरेल रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)बनेका छन् । कम्पनी सञ्चालक समितिको प्रस्तावलाई बीमा समितिले स्वीकृत गरेसँगै पोखरेललाई सीईओ बनेका हुन् । ‘पोखरेललाई सिईओ बनाउने निर्णय पास भैसकेको छ, आज भोलीमै पत्र दिन्छौं’, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले युगदर्पणलाइ भने । पोखरलले यसअघि आईएमई लाइफ इन्स्योरेन्समा डेपुटी सीईओको जिम्मेवारी सम्हालिसकेका छन् भने उनीसँग बीमा क्षेत्रमा करिब ७ वर्ष काम गरेको अनुभव छ ।

प्रदेश २ को नाम मधेश, स्थायी राजधानी जनकपुर

जनकपुरधाम । प्रदेश २ को नाम मधेश नामकरण भएको छ । सोमबार बसेको प्रदेश सभा बैठकले प्रदेश सभाको नाम मधेश प्रदेश राख्ने प्रस्ताव दुई तिहाइ बहुमतका साथ पास गरेको हो । सोमबार बसेको दोस्रो बैठकमा भएको मतदानमा ९९ सांसद सहभागी भएका थिए, जसमध्ये ८० जनाले पक्षमा मत दिए । सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी ९जसपा०सँगै सत्तारुढ माओवादी केन्द्र र विपक्षी लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले संयुक्त रुपमा प्रदेशको नाम मधेश

कोरोना खोप लक्ष्यउन्मुख बुस्टर डोज दिन सुरु

काठमाडौँ, सरकारले कोरोना भाइरसविरुद्धको खोप लक्ष्यउन्मुख जनसङ्ख्यालाई लगाएको छ । छ महिनाअघि बनेको वर्तमान सरकारले नागरिकलाई कोरोनाविरुद्धको खोपलाई प्राथमिकता दिएको थियो र पुस मसान्तसम्म लक्षित समुदायको दुई तिहाइ जनसङ्ख्यालाई खोप दिने लक्ष्य लिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिले ७९.५ प्रतिशत पहिलो मात्रा र करिब ६१ प्रतिशत पूर्ण मात्राको खोप लगाएको छ । दुई तिहाइ ६६ प्रतिशतमध्ये पहिलो मात्रा लक्ष्य भन्दाबढी अर्थात् ७९.५ प्रतिशत हो भने पूर्ण मात्रा पनि

चट्याङले टावरमा क्षति, एक हप्तादेखि सञ्चारविहीन

बैतडी, चट्याङले बैतडीका विभिन्न स्थानमा रहेका नेपाल टेलिकमका टावरमा क्षति गर्दा यहाँका नागरिक सञ्चारविहीन भएका छन् । गत पुस २६ गते परेको चट्याङले दोगडाकेदारस्थित खोचलेक, श्रीभावर, कठपतेलगायतका टेलिकमका टावरमा क्षति गरेको हो । नेपाल टेलिकमको टावरले काम नगर्दा स्थानीयवासीलाई सञ्चारको समस्या भएको छ । एक हप्तादेखि टेलिकमको नेटवर्क नआउँदा सञ्चारका लागि समस्या भएको स्थानीयवासीसमेत रहनुभएका नेकपा एमाले दोगडाकेदार गाउँपालिकाका अध्यक्ष काशीसिंह विष्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एक हप्तादेखि सञ्चार

भारतमा थप दुई लाख ५८ हजार नयाँ सङ्क्रमित

नयाँ दिल्ली, भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप दुई लाख ५८ हजार ८९ जना सङ्क्रमित भएका छन् । अघिल्लो दिनको तुलनामा दैनिक सङ्क्रमितहरुको सङ्ख्या घटेको देखिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ । आइतबार सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा दुई लाख ७१ हजार २०२ जना नयाँ सङ्क्रमित थपिएका थिए । भारतमा अहिलेसम्म कुल तीन करोड ७३ लाख ८० हजार २५३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । ती मध्ये १६

प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबद्वारा प्रदेश १ पराजित

काठमाडौँ, प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले प्रदेश नं १ लाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा पुलिस क्लबले प्रदेश १ लाई ६ विकेटले हराएको हो । पुलिसले जीतका लागि १०२ रनको लक्ष्य पाएको थियो । सो लक्ष्य पुलिसले १३ दशमलब एक ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो । पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ४४ रनको योगदान दिए ।

मन्त्री आलेलाई कोरोना सङ्क्रमण

काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना सङ्क्रमण पुष्टी भएको छ । आज गरिएको कोरोना परीक्षणकाक्रममा मन्त्री आले सङ्क्रमित भएको पुष्टि भएको उहाँको सचिवालयले जनाएको छ । मन्त्री आलेसहित उहाँका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना सङ्क्रमण पुष्टी भएको छ । हाल दुवैजना निवासमै आइसोलेशनमा हुनुहुन्छ । मन्त्री र स्वकीय सचिवको सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउन र कोरोना जाँच गर्न आग्रह गरिएको सचिवालयले जनाएको छ ।