विश्व

म्यान्मारको विरोध प्रदर्शनमा सोमबारसम्म कम्तीमा १३८ जनाको मृत्यु

न्यापिटअ, म्यान्मारमा सेनाले गत फेब्रुअरी १ मा सत्ता लिएपश्चात् त्यसको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले चलाएको गोली लागेर सोमबारसम्म कम्तीमा १३८ जनाको मृत्यु भएको राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घ महासचिवका प्रवक्ता स्टिफेन डुजारिकले गर्नु भएको नियमित पत्रकार सम्मेलनमा सेनाको गोली लागेर आइतबार एकै दिन ३८ जनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँले यी हत्याकाण्ड याङ्गुनको हाइलाङ थायेर क्षेत्रमा भएको पनि राष्ट्रसङ्घीय मानव अधिकारी कार्यालयको भनाई उद्धृत गर्दै बताउनुभयो । म्यान्मारमा शनिबार

मेसीको बार्सिलोनामा अर्को कीर्तिमान कायम

मड्रिड, बार्सिलोना फुटबल क्लबका लागि सबैभन्दा धेरै खेल खेल्ने प्रसिद्ध फुटबल खेलाडी चाभीको कीर्तिमानसँग बराबरी खेली नयाँ कीर्तिमान बनाउन अर्जेन्टिनी फुटबल खेलाडी : लिओनेल मेसी सफल हुनुभएको छ । बार्सिलोनाका लागि ७६७ औँ पटक मैदानमा ओर्लिएका मेसीले उक्त खेलमा दुई गोल पनि गर्नुभएको छ । होएस्काविरुद्धको स्पेनिश प्रिमिअर लिग खेलमा मेसीले अर्को एक गोलका लागि सहयोग गर्नुभएको थियो । बार्सिलोनाले ४–१ ले जितेको सो खेलपछि सो क्लब लिगको अङ्कतालिकामा दोस्रो

अमेरिकालाई चेतावनी दिइन् यि महिलाले

काठमाडौँ, उत्तर कोरियाका शासक किम जोङकी बहिनी किम यो जोङले आफ्नो देशमाथि हमला गरेकोमा नयाँ अमेरिकी प्रशासनलाई चेतावनी दिएकी छन्। मंगलबार उत्तर कोरियाको सरकारी पत्रिकामा वक्तव्य प्रकाशित गर्दै किम यो जोङले अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनलाई चेतावनी दिएकी हुन्। जोङले भनेकी छन्, ‘चार वर्ष राम्ररी सुत्ने भए आफ्नो देशको भूमिमा बारूदको गन्ध फैलाउन बन्द गर।’ अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र रक्षा मन्त्री लोयड अस्टिनले एसिया भ्रमण थालेको भोलिपल्ट उत्तर

अपहरण र हत्याको आरोपमा प्रहरी अधिकारीमाथि मुद्दा दर्ता

एजेन्सी, बेतायतमा ३३ वर्षीया महिलाको अपहरण तथा हत्याको आरोपमा प्रहरीका एक अधिकारीमाथि मुद्धा दर्ता भएको छ। लण्डन महानगरका अधिकारीमाथि अपहरण र हत्याको मुद्धा दर्ता भएको हो। ४८ वर्षीय वायन कुजेन्समाथि ३३ वर्षीया सारा एभरेडको अपहरण र हत्या गरेको आरोपमा मुद्धा दर्ता भएको छ। मेट्रो पुलिस अधिकारी कुजेन्स शनिबार वेस्टमिनिस्टर मागिस्ट्राटेस अदालतमा उपस्थित भएका थिए। उनी अहिले प्रहरीको हिरासतमा रहेका बेलायती सञ्चारमाध्यमले जनाएका छन्। अर्को सुनुवाई मार्च १६ मा हुने जनाइएको

ब्राजिलमा एकै दिनमा ७६ हजार नयाँ सङ्क्रमित, पूर्व राष्ट्रपतिलाई खोप

काठमाडौँ, ब्राजिलमा कोरोनाभाइरसबाट एकै दिनमा थप ७६ हजारभन्दा बढी सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ७६ हजार १७८ जना सङ्क्रमित भएका हुन्। त्यसैगरी सोही अवधिमा कम्तीमा एक हजार ९९७ जनाको कारोना संक्रमणका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ। ब्राजिलमा अहिलेसम्म कुल एक करोड १४ लाख ३९ हजार ५५८ जना सङ्क्रमित भएका छन् भने दुई लाख ७७ हजार १०२ जनाको मृत्यु भइसकेको छ। कोरोनाभाइरसको महामारीबाट

अफगानिस्तानको हेरातमा कारबम बिस्फोट, आठ जना मारिए

हेरात, पश्चिम अफगानिस्तानमा शुक्रबार भएको एक शक्तिशाली कारबम बिस्फोटमा परेर कम्तीमा आठ जनाको मृत्यु भएको छ भने अरु दर्जनौं व्यक्ति घाइते भएका छन् । सर्वसाधारणलाई लक्षित गरी आक्रमण भएको भन्दै संयुक्त राष्ट्रसङ्घले निन्दा एवं खेद व्यक्त गरेकै समय पछिल्लो आक्रमण भएको छ । हेरातस्थित प्रहरी मुख्यालयलाई लक्षित गरी कारबम बिस्फोट गराइएको प्रहरीले जनाएको छ । हेरातका प्रान्तीय गभर्नरका प्रवक्ता जेलानी फरहादका अनुसार बम बिस्फोटबाट दर्जनौं घर र पसलहरु नराम्रोसँग क्षतिग्रस्त

विश्वभर ९ करोड ६२ लाख संक्रमित कोरोनामुक्त, २६ लाख ५० हजारको मृत्यु

काठमाडौं, विश्वभरमा नौं करोड ६२ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन्। शनिबार बिहानसम्ममा नौं करोड ६२ लाख ४३ हजार नौं सय २१ जना संक्रमित कोरोनामुक्त भएका हुन्। हालसम्म विश्वमा ११ करोड ९५ लाख ९३ हजार सात सय ९६ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २६ लाख ५० हजार सात सय २६ जनाको मृत्यु भइसकेको छ। हाल विश्वमा दुई करोड ६ लाख ९९ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।

मास्क लगाउन अनुरोध गर्दा चालकमाथि दुर्व्यवहार गर्ने युवतीमाथि कारबाही

काठमाडौँ, अमेरिकाको सन्फ्रान्सिस्कोमा अनलाइन ट्याक्सी सेवा उबरका नेपाली चालक सुभाकर खड्कामाथि दुर्व्यवहार गर्ने एक महिला पक्राउ परेकी छन्। सन्फ्रान्सिस्को प्रहरीका अनुसार बिहीबार २४ वर्षीया मलेसिया किङ नाम गरेकी युवती पक्राउ परेकी हुन्। प्रहरीका अनुसार उबरका चालक खड्काले गत आइतबार ट्याक्सीमा चढ्ने क्रममा महिलालाई मास्क लगाउन आग्रह गरेका थिए। यो दुर्व्यवहारबारे सार्वजनिक भएको भिडियोमा महिलाले मास्क लगाउन आग्रह गरेको भन्दै खड्काको मुखमा आएर पटकपटक खोकेकी थिइन्। साथै, उनले चालक खड्काको मोबाइल

केन्यामा फेरि दुई महिना कर्फ्यु घोषणा

नैरोबी, केन्यामा फेरि दुई महिनाका लागि कर्फ्युको घोषणा गरिएको छ । राष्ट्रपति उहुरु केन्याटाले शुक्रबार कर्फ्युको समयावधि लम्ब्याइएको घोषणा गर्नु भएको समाचारमा जनाइएको छ । रातिको समयका लागि मात्रै लगाइएको कर्फ्युको बेलामा केही गतिविधिहरु गर्न प्रतिबन्ध लगाइएको छ । यो कर्फ्यु देशव्यापी हुने अधिकारीहरुले जनाएका छन् । केन्यामा कारोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्यामा वृद्धि हुँदै गएकाले त्यसलाई न्यूनीकरण गर्नका लागि कर्फ्यु लगाइएको राष्ट्रपति केन्याटाले बताउनुभएको छ । केन्यामा अब तेस्रो चरणको

अलिबाबामाथि एक अर्ब डलर जरिवाना गर्ने चीनको तयारी

काठमाडौँ, चीनले ई–कमर्श क्षेत्रको शक्तिशाली कम्पनी अलिबाबामाथि एकाधिकार नियमहरू उल्लंघन गरेको आरोपमा झण्डै एक अर्ब डलर जरिवाना गर्न लागेको समाचार सार्वजनिक भएको छ। यो रकम चीनमा कुनै पनि कम्पनीमाथि भएको आजसम्मकै सबैभन्दा ठूलो जरिवाना हो। यसअघि सन् २०१५ मा अमेरिकी चिप निर्माता कम्पनी क्वालकमले ९७ करोड ५० लाख डलर जरिवाना तिरेको थियो। क्वालकममाथि चीनमा प्रतिस्पर्धा रोक्ने कार्यमा अवरोध पुर्‍याएको आरोप लागेको थियो। अमेरिकी अखबार वाल स्ट्रिट जर्नलमा बिहीबार अलिबाबामाथिको जरिवानासम्बन्धी