राजनीति

सत्ता समीकरणको कसरत: प्रचण्ड-माधवले जसपा नेताहरुसँग गरे छलफल

काठमाडौं । नेकपाको प्रचण्ड(माधव समूहले जनता समाजवादी पार्टी (जसपा)सँग सत्ता साझेदारीको विषयमा छलफल थालेको छ । बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेको सो समूहले आज संसदको तेस्रो ठूलो दल जसपाका नेताहरुसँग छलफल थालेको हो । नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र नेता राजेन्द्र श्रेष्ठसँग छलफल गरेका छन् । प्रतिनिधिसभा पुनःस्थापना भइसकेपछि प्रचण्ड(नेपाल समूहले नयाँ सरकार

ओली समूहको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । आज बस्ने तय भएको नेकपा केपी शर्मा ओली समूहको स्थायी कमिटीको बैठक स्थगित भएको छ । आज बिहान साढे ८ बजे स्थायी कमिटी बैठक बस्ने तय भएको थियो । तर गृहकार्य गर्नुपर्ने भएको भन्दै आजको बैठक स्थगित गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आज स्थायी कमिटीको बैठक नबस्ने जानकारी दिए । ‘आज बैठक नबस्ने भयो, एक(दुई दिनपछि बस्छ,’ थापाले भने । बुधबार बसेको

नेकपा दुवै समूहको आआफ्नै रणनीति :प्रधानमन्त्रीले संसदको सामना गर्ने, दाहाल—नेपाल समूहले कांग्रेससँग सहकार्य गर्ने

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्ने फैसला गरेसँगै नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का दुवै समूह आआफ्नै रणनीतिअनुसार अगाडि बढ्ने भएका छन्। दाहाल नेपाल समूहले वर्तमान परिस्थितिको विश्लेषण गर्दै कांग्रेसलगायत सबै लोकतान्त्रिक शक्तिसँग सहकार्य गरेर अघि बढ्ने रणनीति बनाएको छ भने ओली पक्षले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्दै संसदमा नै सामना गरेर अघि बढ्ने योजना बनाएको छ। ५ पुसमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको

सर्वोच्चको आदेशपछि शून्य समय मा गरिएका संवैधानिक नियुक्ति स्वतः खारेज हुने

काठमाडौं। प्रतिनिधिसभा पुन:स्थापना भएसँगै संसदीय सुनुवाइ छलेर संवैधानिक निकायमा गरिएका नियुक्ति बदर हुन्छन् या हुन्नन भन्ने कुराकाे चर्चा हुन थालेकाे छ । कानून व्यवसायीहरूले भने प्रतिनिधिसभा पुन:स्थापना भएसँगै त्यसरी संसदीय सुनुवाइ छलेर गरिएका नियुक्ति खारेज हुने बताउन थालेका छन्। सर्वोच्च अदालतले ५ पुसदेखि नै प्रतिनिधिसभा जीवित रहेको फैसला सुनाएकाले त्यसयता भएका नियुक्ति स्वतः अवैध हुने उनीहरूको तर्क छ। सुनुवाइ गर्न संसदीय समितिलाई ४५ दिन म्याद हुन्छ, तर संवैधानिक परिषद्ले पठाएको पत्र

देउवासँग मिलेर जान प्रचण्ड र माधव नेपालको प्रस्ताव

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । बुधबार दिउँसो प्रचण्ड र नेपाल देउवालाई भेट्न देउवा निवासमा पुगेका हुन् । देउवा निवासमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक घट्नाक्रमको बारेमा छलफल भएको थियो । दुवै पक्ष आ–आफ्नो पार्टीमा आन्तरिक छलफल गरेर अर्को चरणको वार्तामा बस्न सहमत भएका छन् । भेटवार्तामा प्रचण्ड र नेपालले मिलेर जाने र प्रधानमन्त्रीबाट केपी शर्मा

प्रधानमन्त्री ओली पक्षको स्थायी समिति बैठक बस्दै, तत्काल राजीनामा नदिने पक्षमा ओली

काठमाडौं। सर्वोच्च अदालतले सरकारले गरेको प्रतिनिधिसभा विघटन बदर गरेपछि उत्पन्न राजनीतिक परिस्थितीबारे छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी शर्मा ओली पक्षले स्थायी समिति सदस्यहरूको बैठक बोलाएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजे बस्ने भएको हो। प्रधानमन्त्रीका प्रेस सूर्य थापाले सर्वोच्चको निर्णयसँगै प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने जानकारी दिइसकेका छन्। अदालतको निर्णयले राजनीतिक समस्या समाधान नगर्ने ओली पक्षको बुभाई छ। प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक रहेको भन्दै मंगलबार सर्वोच्च अदालतले ठहर

नेकपा प्रचण्ड–माधव समूहले बोलायो संसदीय दलको अनौपचारिक बैठक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को प्रचण्ड–माधव समूहले संसदीय दलको अनौपचारिक बैठक आह्वान गरेको छ। सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेपछि प्रचण्ड–माधव समूहले आज अनौपचारिक रूपमा राजधानीमा उपलब्ध सांसदहरूको बैठक आह्वान गरिएको सचेतक देव गुरुङले जानकारी दिए। अपराह्न ४ बजे बस्ने बैठकमा संसदीय दलले आगामी संसद बैठकमा खेल्नुपर्ने भूमिका र रणनीतिका विषयमा छलफल हुने बताइएको छ।

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनलाई बदर गर्दै संसद पुनर्स्थापना गर्न आदेश दिएपछि चितवनमा रहेका प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुले खुसी मनाएका छन् । अध्यक्षद्वय प्रचण्ड र माधवले एकअर्कालाई मिठाई खुवाउनुका साथै अबिर माला गरेका छन् । त्यसक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै प्रचण्डले नैतिकता छ भने तत्काल राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।

ओलीको बर्थ–डे मा सर्वोच्चको सरप्राइजः भयो संसद पुनःस्थापना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ७० औँ बर्थ–डेमा सर्वोच्च अदालतबाट सरप्राइज पाएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको संसद विघटन गर्ने निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो। मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर

प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतले फैसला सही गर्नेछ :प्रचण्ड

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको शान्तिपूर्ण आन्दोलनबाट जसरी पनि जित्नुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘पुस ५ गतेदेखि आज फागुन ११ गतेसम्म हामी नयाँ युद्ध लडिराखेका छौँ । देशव्यापी युद्ध चलिराखेको छ । तपाईँ हामी सबै युद्धमै छौँ । राज्यको शक्ति प्रयोग गरेर दबाउन बल गर्न खोजिँदैछ । हामी रक्तपातहीन युद्ध, शान्तिपूर्ण युद्ध, नयाँ प्रकारको युद्धमा छौँ ।’ धेरै दुःखले पार्टी