राजनीति

नेकपा प्रचण्ड पक्षको बैठकको निष्कर्ष

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपाको० प्रचण्ड(माधव नेपाल समूहले पार्टी विरोधी गतिविधिमा लागेको भन्दै केही नेताहरूलाई कारबाही गरेको छ। आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको बैठकले गरेको कारबाहीमा पार्टीका संसदीय दलका उपनेताबाट सुवासचन्द्र नेम्वाङलाई हटाएको छ भने स्थायी कमिटी सदस्यबाट समेत ६ महिनाको लागि निष्कासन गरेको छ। त्यस्तै, सांसद विशाल भट्टराई, केन्द्रीय सदस्यहरू महेश बस्नेत, र संसदीय दलकी सचेतक शान्ता चौधरी, केन्द्रीय कमिटीबाट निष्कासित गरेको स्थायी कमिटी सदस्य भिम

आफताब आलमलाई छुटाउन लागिरहन्छु : देउवा

रौतहट । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले राजपुर बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आफताब आलमको बचाउ गरेका छन् । पुरानो झुटो मुद्दामा आलमलाई फसाइएको भन्दै उनले आलमलाई छुटाउन आफूले प्रयास गरिरहेको बताए । गढीमाई नगरपालिका–६ धरमपुर, सिंगारवनमा बुधबार विष्णु पुराण महायज्ञको शुभारम्भ गर्दै देउवाले भने, ‘शेख अफ्ताब जेलमा हुनुहुन्छ, उहाँलाई छुटाउन म आफ्नो तर्फबाट लागिरहन्छु ।’ भोलिका दिन परिस्थिति बदलिन सक्ने भन्दै

प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते दिउँसो ४ बजे बोलाइयो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते दिउँसो ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ गते अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । गत पुस ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । तर फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो । सर्वोच्चको आदेश अनुसार १३ दिनभित्रै संसद अधिवेशन

प्रस्तावित प्रधानमन्त्रीमा देउवाः ओलीविरुद्ध अविश्वासको तयारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पौष ५ गते संसद विघठन गरेसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकै एउटा खेमाका रूपमा रहेको प्रचण्ड–माधव समूहले संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्‍यो। प्रधानमन्त्रीको उक्त कदमलाई असंवैधानिक ठहर्‍याउँदै सर्वोच्च अदालतले खारेज गरेसँगै संसद पुनर्जिवित भएको छ। अहिले प्रचण्ड–माधव समूहले त्यतिखेर दर्ता गरेको अविश्वासको प्रस्ताव के हुने भन्नेमा धेरैले चासो व्यक्त गरेका छन्। तर, प्रचण्ड–माधव समूहले भने दर्ता भएको उक्त प्रस्तावलाई अहिले फिर्ता गर्ने भएका छन्।

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । ओलीले पाँच बजे मन्त्रिपरिषद बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । बैठकबाट प्रतिनिधिसभाको बैठक आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने तयारी छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद बैठक आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गत पुस ५ गते संसद विघटन गरेकी थिइन् । तर सर्वोच्च अदालतले यही फागुन ११

सत्ता साझेदारीका लागि नेकपाको दौडधुप सुरु

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने निर्णय गरेसँगै नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० मा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल नयाँ सरकार निर्माण र सत्ता साझेदारीका लागि दौडधूपमा छन् बुधबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सत्ता सहकार्यको प्रस्ताव गरेका दाहाल–नेपालले बिहीबार जनतासमाजवादी पार्टी ९जसपा०का नेतालाई भेटेर सरकार निर्माणमा सहभागी हुन र सहकार्य गर्न आग्रह गरेका छन्। नेकपा कार्यालय पेरिसडाँडामा जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग

कांग्रेसले संसद् बैठकपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको पुनःस्थापनापछि बस्ने संसद् बैठक र नेपाल कम्युनिष्ट पार्टी नेकपा को आगामी गतिविधिपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने जनाएको छ । सभापति सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज सम्पन्न पार्टीको पदाधिकारी बैठकले संसद् बैठकपछि निर्माण हुने परिस्थितिअनुसार निर्णय लिनुपर्ने निष्कर्ष निकालेको हो । बैठकले अहिले नै हतारिए कसैलाई समर्थन गर्न नहुने निष्कर्ष निकालेको सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो । नेता महतले भन्नुभयो, “नेकपा कसरी अघि

हेमबहादुर मल्ल सम्मानबाट डा दास सम्मानित

काठमाडौै । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनमा नेतृत्वदायी क्षमता प्रदर्शन गरेका डा गौरी शङ्करलाल दासलाई ‘हेमबहादुर मल्ल सम्मान, २०७५’ प्रदान गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनको सौजन्यमा नेपाल जनप्रशासन सङ्घले स्थापना गरेको उक्त रु दुई लाख राशीको सम्मान दासलाई आज प्रदान गरिएको हो । विसं १९८२ असोज १० गते सिरहाको इनरुवामा जन्मनुभएका वरिष्ठ छाती रोग विशेषज्ञ डा दास ९६ वर्षको उमेरमा पनि सामाजिक अभियान्ताका रुपमा चिनिनुहुन्छ ।

सर्वोच्च अदालतले धर्म निर्वाह गरेको छः पूर्वराष्ट्रपति डा. यादव

काठमाडौँ । पूर्वराष्ट्रपति डा रामवरण यादवले संविधान र लोकतन्त्र रक्षाका लागि सर्वोच्च अदालतले आफ्नो धर्म निर्वाह गरेको बताउका छन्। उनले लोकतन्त्र रक्षा गरी संविधान कार्यान्वयनका लागि अदालत र निर्वाचन आयोग निष्पक्ष हुनुपर्ने बताए । नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनुषाले जनकपुरमा आज आयोजना गरेको महेन्द्रनारायण निधिको ९९औँ जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति डा. यादवले भने, “संसद् विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलाले संविधान मजबुत बनाएको छ । अब लोकतन्त्र रहेसम्म कसैले

प्रधानमन्त्री शितलनिवासमा

काठमाडौँ । संसद पुनःस्थापना भएपछि पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली बीच भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली केहीबेरअघि शीतलनिवास पुगेको स्रोतले जानकारी दिएको छ। सर्वोच्चको फैसलाअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले फागुन २४ गतेभित्रै प्रतिनिधि सभाको बैठक बोलाइसक्नु पर्नेछ।