फिचर समाचार

विश्वभरि काेराेना सङक्रमितको संख्या चार करोड नाघ्यो

काठमाडौँ । विश्वमा कोरोना भाइरस ९कोभिड १९० सङ्क्रमितको संख्या चार करोड नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको छ । उक्त विश्वविद्यालयका अनुसार विश्वभरी चार करोड ११ लाख ५४ हजार ९४५ जना कोभिड १९ सङ्क्रमित भएका छन् । यस सङ्क्रमणको कारण विश्वभरी ११ लाख ३१ हजार ६४५ व्यक्तिको मृत्यु भएको पनि सो विद्यालयले जानकारी दिएको छ । यसैबीच विश्वभरी रहेका कुल सङ्क्रमित मध्ये दुई करोड ६ लाख ९१

देशभरि कहाँ कति थपिए कोरोना संक्रमित ?

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार आज देशभरि अहिलेसम्मकै धेरै जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मात्र ३१०७ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौँका २३९१ जना, ललितपुरका ५४३ र भक्तपुरका १७३ जना रहेका छन् । त्यस्तै मोरङका ३६५ जना, रुपन्देहीका २४१, कास्कीका १७५, सुनसरीका १६०, चितवनका १४७, झापाका १२०, सुर्खेतका

दार्चुलामा समुदायस्तरमा कोरोना फैलिएपछि बजार बन्द गराउन सेना परिचालन

दार्चुला  । सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल प्रहरीसँगै सेना परिचालन गरिएको हो । महाकाली नगरपालिकाको वडा नं ४ र ५ को बजार सिल गरिएको भए पनि व्यापारीले कानूनको उल्लङ्घन गरेको भन्दै सुरक्षा समितिले सेनासमेत बजारमा खटाएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनुभयो । अहिले नेपाल प्रहरी र नेपाली सेनाले बजारमा रहेका पसल बन्द

दशैंमा जीवन बीमाको कारोबार बढ्ने अपेक्षा, डिजिटल माध्यमबाट अभिकर्ता परिचालन गर्दै कम्पनीहरु

काठमाडौं । दशैं सुरु भइसकेको छ । आज घटस्थापनापछिको दोस्रो दिन हो । जीवन बीमा कम्पनीहरुको व्यवसाय मुख्य दुई मुख्य सिजन असार र दशैं तिहार हो । दशैं तिहारमा उपहार स्वरुप बीमा पोलिसी दिने, दान दक्षिणा, टीका टालो गरेको पैसाले बीमा गरिदिने भएकोले बीमा कम्पनीहरुको लागि चालु आवको पहिलो मुख्य सिजन सुरु हुँदैछ । कोरोना महामारीका बीचमा नेपाली जनताले यस वर्ष दशैं मनाउँदैछन् । विगतका वर्षहरुमा जस्तो यस वर्ष धेरै

मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा संचालन हुने (समय तालिक सहित)

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले देशभर मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा संचालन गर्ने भएको छ । बोर्डले बुधबार परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक गरेको हो । बिहान ८ बजेदेखि साढे ९ बजेसम्म परीक्षा संचालन हुनेछ । वैशाख ८ गतेदेखि संचालन हुने परीक्षा कोरोना संक्रमणको कारण स्थगित गरिएको थियो । स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा संचालन गरिने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । शनिबार

एनआईसी बैंकका विरुद्ध राष्ट्र बैंकमा उजुरीका चाङ

धरान : एउटै शहरमा धेरै शाखा खोलेर आफूलाई अरुभन्दा निकै अव्वल देखाउने एनआइसि एसिया वैंकको वास्तविक धन्धा भने अर्कै भएको वास्तविकता वाहिरीएको छ । नेपाल राष्ट्र बैंकबाट इजातज प्राप्त गरेको क बर्गको वाणिज्य स्तरको बैंक हो एनआइसि एशिया । पछिल्लो समय आक्रामक बन्दै गरेको एउटा बैंकको भित्रि कथा अपत्यारीलो र विश्वासै गर्न नसकिने देखिएको छ । एनआईसी एशिया बैंक जसले ग्राहकको खाताबाट पैसै निकाल्ने, मिटर व्याजमा पैसा लगाउने तथा ग्राहकको

बिस्कुट चाख्ने गज्जबको जागिर : वार्षिक तलब ६० लाख रुपैयाँ !

काठमाडौं । हरेक मानिसको चाहना हुन्छ कि जीवनमा सजिलो जागिर पाइयोस् र तलब पनि मनग्गे होस् । तर सबैलाई सोँचेजस्तो जागिर कहाँ मिल्छ र रु जसोतसो जागिर गरिरहेकाहरु धेरैले दिउसोको खाजा खाने समयमा बिस्कुट र चिया खाने गर्दछन् हाम्रो देशमा । अर्थात् जागिरेहरुका लागि बिस्कुट सबैभन्दा चल्तीको खाजाको रुपमा रहेको छ हामीकहाँ । तर यो दुनियामा एउटा यस्तो जागिर छ जहाँ काम गर्नुपर्ने भनेको केवल बिस्कुट खाने मात्रै हो ।

६५ वर्षीया महिलाले १४ महिनामा जन्माइन् ८ बच्चा !

मानिसलाई बच्चा जन्माउनका लागि ९ महिनासम्म गर्भमा बच्चा राख्नुपर्दछ । तर भारतको बिहारमा चाहिँ एकजना महिलाले १४ महिनामा ८ वटा ‘बच्चा जन्माएकी’ छिन् । त्यस्तै बिहारमै अर्की एक महिला ९ महिनामा ५ छोरीको आमा बनेकी छिन् । १४ महिनामा ८ बच्चा जन्माउनु र ९ महिनामा ५ बच्चा जन्माउनु सायद असम्भव कुरा हो । तर छिमेकी मुलुक भारतका दुई महिलाले त्यसलाई सम्भव तुल्याइदिए, त्यो पनि सरकारी पुरस्कार लिनका लागि । वास्तवमा

किन स्थगित गर्‍यो लिखित परीक्षा लोक सेवा आयोगले ?

काठमाडौं । लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि लिने सम्पूर्ण लिखित परीक्षा स्थगित गरेको छ । आयोगले सोमबार एक सूचना जारी गर्दै कोरोना महामारीका कारण परीक्षमा सहभागी हुने उम्मेदवारहरुमा सिर्जना भएको भय र आयोगका कर्मचारीहरुमा समेत संक्रमण पुष्टि भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जानकारी दिएको हो । परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन तथा परीक्षा व्यवस्थापन गर्न समस्या हुने भएकोले आयोगको पूर्व निर्णय बमोजिम तोकिएका निजामति सेवा,

असई र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका ७ जना सार्वजनिक

धनगढी । धनगढीमा प्रहरी सहायक निरिक्षक (असई) र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गर्दै अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३१ वर्षीय पंकु भनिने रोहित राना, २०