अब एकपटकका लागि नामथर, उमेर र अन्य व्यक्तिगत विवरण सच्याउन पाइने
काठमाडौं । अब व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रमा उल्लेखित नाम, थर, उमेर वा अन्य विवरणमा त्रुटि भएमा एक पटक सुधार गर्न पाइने भएको छ। सरकारले केही नेपाल ऐनहरू संशोधन गर्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ मा संशोधन गरेर यस्तो व्यवस्था गरेको हो। नयाँ व्यवस्थाअनुसार, विवरण सच्याउन चाहने व्यक्तिले स्थानीय पञ्जिकाधिकारी (वडा कार्यालय) मा तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ। पहिला ऐनको दफा २५(१) अनुसार, ऐन लागू भएपछि जन्मिएका बालबालिकाको विवरण मात्र —










