फिचर समाचार

ओलीको नेतृत्वमा पाँच वर्ष सरकार चल्छ : मुख्यमन्त्री गुरुङ

कास्की, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पाँच वर्ष नै चल्ने बताउनुभएको छ । भौगौलिकरूपमा देशको सबैभन्दा ठूलो पोखरा महानगरपालिकाको आज पाँचौँ स्थापना दिवसका अवसरमा आयोजित समारोहमा उहाँले एमालेबाहेक सरकार बन्न सक्ने चौथो र अन्तिम विकल्प रहे पनि त्यो कठिन रहेको उल्लेख गर्नुभयो । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलका हिसाबले एमालेले नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीसँग मिलेर सरकार बनाउने तीन

'माधव पक्ष एमालेमा फर्किए सम्मानजनक व्यवहार गरिन्छ'

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी एमालेका ओली पक्षीय नेता सुवास नेम्वाङले माधवकुमार नेपाल समूहलाई पार्टीभित्र राम्रो व्यवहार गरिने बताएका छन्। आज संसद बैठकपछि बाहिरने क्रममा ‘माधव नेपाल–झलनाथ खनाललाई कसरी व्यवहार गर्नुहुन्छ भन्ने पत्रकारहरूको प्रश्नको जवाफ दिँदै नेम्वाङले भने, ‘उहाँहरुलाई सम्मानजनक ढंगबाट व्यवहार हुन्छ।’ उनले सर्वोच्च अदालतको आदेशलाई आफूहरूले मान्ने पनि बताएका छन्। नेता नेम्वाङले भने, हामी कानूनी राज्यको अवधारणालाई मान्छौँ। त्यसबारेमा कुनै पनि ‘इफ’ ‘बट’ छैन। सम्मानित सर्वोच्च अदालतले गरेको जुन

पूर्वमाओवादी केन्द्रका नेता रामबहादुर थापालाई एमालेको उपाध्यक्ष बनाउने ओलीको तयारी

काठमाडौँ, प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको विवाद उत्कर्षमा पुगेका बेला आफूलाई साथ दिएका गृहमन्त्री तथा पूर्वमाओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’लाई उपध्यक्ष बनाउने भएका छन्। खानेपानी तथा सरसफाई मन्त्री मणिचन्द्र थापाका अनुसार बादल एमालेको उपाध्यक्ष बन्ने भएका हुन्। यससँगै तत्कालीन नेकपा एमालेमा उपाध्यक्षहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, विद्या भण्डारी, वामदेव गौतम र युवराज ज्ञवालीको भूमिकामाथि प्रश्न चिह्न उठेको छ।संकटका बेला ओलीलाई साथ

नेपालमा अब कुनै प्रकारको अशान्ति छैन : प्रधानमन्त्री ओली

काठमाडौँ,  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कुनै प्रकारको अशान्ति नरहेको बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयद्वारा २०औँ स्थापना दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष ओलीले नेपाल अब विकास र सुशासनको बाटामा अघि बढेको बताउनुभयो । हिंसाको बाटामा हिँडेकालाई शान्तिको मूलधारमा ल्याउन आफ्नो सरकार सफल भएको जनाउँदै उहाँले पृथकतावादी सोचलाई समेत टुङ्ग्याइएको बताउनुभयो । “हामी राष्ट्रिय एकताको भावका साथ अघि बढेका छौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो,

डा. निलम तिम्सिना बनिन नेपालको पहिलो महिला डेपुटी गभर्नर

काठमाडौं, डा. निलम ढुंगाना तिम्सिना नेपालको पहिलो महिला डेपुटी गभर्नर बनेकी छन् । उनलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गरेको हो । यससँगै उनी नेपालको पहिलो डेपुटी गभर्नर बनेकी हुन् । राष्ट्र बैंकमा हालसम्म कोही पनि महिला डेपुटी गभर्नर भएका थिएनन् । राष्ट्र बैंकको डेपुटी गभर्नर बन्दै डा. तिम्सिनाले नेपाली बैंकिङ इतिहासमा आफ्नो नाम लेखाउन सफल भएकी छन् । व्यवस्थापन तथा वित्त क्षेत्रमा दख्खल राख्ने

चार प्रदेशका मुख्यमन्त्रीको पद धरापमा

काठमाडौं, नेकपा एमाले र माओवादी केन्द्र ब्युतिएसँगै उत्पन्न भएको राजनीतिक तरंगको असर प्रदेशसम्म पुग्ने देखिएको छ। केही प्रदेशका मुख्यमन्त्री धरापमा परेका छन् भने केही समिकरण फेरबदल हुने अवस्था बनेको छ। प्रदेश १, प्रदेश २ र बागमति प्रदेश सरकार सुरक्षित देखिएको छ भने बाँकी चार वटा गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश सरकार धरापमा परेको छ। निर्वाचनदेखि नै बाम एकताको नारा दिएर सहकार्य गरेका एमाले र माओवादी केन्द्र मिलेर ६ प्रदेशमा

सरकार बनाउन प्रचण्डको दौडधुप, देउवासँगको भेटपछि बाबुरामलाई भेट्दै

काठमाडौँ, सर्वोच्चको फैसलापछि फेरिएको सत्ता समीकरणपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईसँग भेट गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेपछि उनी पूर्वप्रधानमन्त्री समेत रहेका बाबुरामलाई भेट्न टोखास्थित भट्टराई निवास पुगेका हुन्। मंगलबार माओवादी केन्द्रको स्थायी कमिटी बैठकबाट कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गराएका प्रचण्ड लगत्तै भेटवार्तामा सक्रिय भएका हुन्।

एमाले र माओवादी केन्द्र फरक दलका रुपमा बुझ्न निर्वाचन आयोगबाट स्पष्ट

काठमाडौँ, निर्वाचन आयोगले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अबदेखि अलगअलग राजनीतिक दलका रूपमा रहेको भनी सङ्घीय संसद् सचिवालय, प्रदेशसभा सचिवालय र सबै जिल्ला निर्वाचन कार्यालयलाई जानकारी गराउने निर्णय गरेको छ । आयोगको आजको बैठकले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्वोच्च अदालतको फैसलाबाट बदर भएको जनाउँदै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बेग्लाबेग्लै दल कायम भएको निर्णय गरी ती निकायलाई जानकारी गराउने भएको प्रवक्ता

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकियो

काठमाडौँ, नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक सकिएको छ। पार्टी कार्यालय पेरिस डाँडामा बसेको बैठक भोलि ११ बजे बस्ने गरी सकिएको हो। बैठकमा नेकपा (माओवादी केन्द्र) ले सरकार गठनबारे नेपाली कांग्रेस र जनता समावादी पार्टीसँग वार्ता गर्ने निष्कर्श निकालेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बीमाले ल्याएको परिवर्तन : गाउँभरी फस्टायो व्यबसायिक पशुपालन ?

प्यूठान मर्कावाङका किसान दलबहादुर केसीले तीन वर्षअघि व्यवसायिक रुपमा बाख्रा पालन सुरु गरे । त्यतिबेला उनलाई एउटै चिन्ताले सताइरहन्थ्यो कि बाख्रा पालनमा गरेको लगानी कतै डुब्ने पो हो कि । किनभने उनले ऋणपान गरेर बाख्रा व्यवसाय सुरु गरेका थिए । बाख्रालाई केही रोग लागिहाले कसरी उपचार गर्ने भन्ने त्रासमा उनले धेरै दिन पनि गुजारे । तर उनको यस्तो हैरानी त्यतिबेला साम्य भयो, जतिबेला उनले बाख्राहरुको बीमा गराए । आजभोलि उनलाई