विश्वभर ९ करोड ६२ लाख संक्रमित कोरोनामुक्त, २६ लाख ५० हजारको मृत्यु
काठमाडौं, विश्वभरमा नौं करोड ६२ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन्। शनिबार बिहानसम्ममा नौं करोड ६२ लाख ४३ हजार नौं सय २१ जना संक्रमित कोरोनामुक्त भएका हुन्। हालसम्म विश्वमा ११ करोड ९५ लाख ९३ हजार सात सय ९६ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २६ लाख ५० हजार सात सय २६ जनाको मृत्यु भइसकेको छ। हाल विश्वमा दुई करोड ६ लाख ९९ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।