यूनियन लाइफका सिइओ कर्णको कार्यकाल ४ वर्ष थपियो
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णको एक कार्यकाल थपिएको छ । कम्पनीको सञ्चालक समितिले साउन एक गतेदेखि लागु हुने गरि अर्को एक कार्यकाल थप गर्ने निर्णय गरेको हो । कर्णको यहि असार मसान्तबाट कार्यकाल सकिदै छ । कार्यकाल सकिनु भन्दा एक महिना अगाडि नै सञ्चालक समितिले अर्को कार्यकाल थप गर्ने निर्णय गरेको हो । बीमा क्षेत्रमा दुई दशक भन्दा लामो अनुभव रहेका कर्णले









