फिचर समाचार

स्वास्थ्यमन्त्रीले गरेका सरुवा रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लोपटक गरिएका सबै कर्मचारीको सरुवा रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीले स्वास्थ्यमन्त्री विरोध खतिवडाले दुई दिनअघि गरेका उच्च अधिकारीहरूको सरुवा रोक्न निर्देशन दिएका हुन् । आज प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्रीले दुई दिनयता गरेका सबै निकायका कर्मचारीको सरुवा तत्काललाई रोक्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । बुधबार स्वास्थ्यमन्त्री खतिवडाले मन्त्रालयका १२ तहका कर्मचारीसहित झन्डै एक दर्जन उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका थिए ।

सुदूरपश्चिममा एकैदिन ३१८ जनामा सङ्क्रमण

धनगढी,सुदूरपश्चिम प्रदेशमा बिहीबार एकैदिन थप ३१८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट दुई हजार २०५ जनाको नमूना परीक्षण गर्दा ३१८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पीसीआरमार्फत ६३ र एन्टिजेनमार्फत २५५ जनामा पुष्टि भएको हो । पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा ४७, महाकाली अस्पतालमा १६ र एन्टिजेनमार्फत कञ्चनपुरका १२०, कैलालीका ११२, डोटीका ११, बैतडीका सात र दार्चुलाका पाँच जनामा सङ्क्रमण

माघीमा तीन दिन सार्वजनिक बिदाको माग 

धनगढी, शुक्लाफाँटा नगरपालिकाका थारु समुदायले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिनुपर्ने माग अघि सारेका छन् । उनीहरुले सार्वजनिक बिदाको माग गर्दै नगरपालिका कार्यालय पुगेर नगर प्रमुखलगायतको ध्यानाकर्षण गराएका हुन् । आदिवासी जनजाति सङ्घ र नेपाल आदिवासी जनजाति महासङ्घमा आबद्ध पदाधिकारीले यही पुस ३०, आगामी माघ १ र २ गते बिदा दिन माग गरेका छन् । “बुधबार नगर प्रमुख लगायतलाई भेटेरै माघी पर्व एवंं थारु समुदायको नयाँ वर्ष थारु

एमाले डोटीको अध्यक्षमा मल्ल

धनगढी । नेकपा एमाले डोटीको आठौं अधिवेशनबाट चक्र मल्ल अध्यक्षमा दोहोरिएका छन् । विद्यार्थी राजनीति हुँदै मूलधारको राजनीतिमा आएका मल्ल यसअघि २०६९ सालमा भएको एमालेको सातौं जिल्ला अधिवेशनमबाट अध्यक्षमा निर्वाचित भएका थिए । सोमबार सम्पन्न आठौं जिल्ला अधिवेशनबाट मल्ल सर्वसम्मत अध्यक्ष चयन भएका छन् । यस्तै अधिवेशनले उपाध्यक्षमा मन्जु मलासीलाई चयन गरेको छ । दिपायल सिलगढी नगरपालिकाका प्रमुख समेत रहेकी मलासी महिला आन्दोलनबाट स्थापित नेतृ हुन् । यसअघि सातौं अधिवेशनबाट

नेपाल लाईफको नम्बर वान अभियान प्रतिबन्धित

काठमाडौं । संस्थागत सुशासनको गम्भीर उलंघन सम्बन्धी दुईवटा मुद्दामा बीमा समितिबाट कारवाही गरिएको नेपाल लाईफ इन्स्योरेन्स थप अर्को कारवाहीमा परेको छ । बीमा समितिले संस्थागत सुशासन विपरित विना आधार नम्बर वानको विज्ञापन गरेको भन्दै तत्काल बन्द गर्न निर्देशन दिएको हो । सर्वसाधारणलाई भ्रममा पार्ने गरी नम्बर वानको स्वघोषणा गरेकोमा गम्भीर आपत्ति जनाउँदै नियामक निकाय बीमा समितिले नम्बर एक विज्ञापन अभियान तत्काल स्थगित गर्न निर्देशन दिएको छ । कम्पनीले त्यत्तीकै नम्बर

एमाले कैलालीको अध्यक्षमा ४ मत अन्तरले थापा विजयी

धनगढी । नेकपा एमाले कैलालीको अध्यक्षमा रतनबहादुर थापा विजयी भएका छन् । प्रत्यासी रणबहादुर चन्दलाई ४ मत अन्तरले पराजित गर्दै थापा अध्यक्षमा विजयी भएको निर्वाचन समितिले जनाएको छ । थापाले दुई सय ८७ मत पाउँदा चन्दले भने दुई सय ८३ मत प्राप्त गरेका छन् । उनीहरू दुवै प्यानलसहित चुनावी मैदानमा होमिएका थिए । उपाध्यक्षमा थापा प्यानलका दुर्गाप्रसाद जोशी सबैभन्दा बढी तीन सय २७ मत ल्याएर विजयी भएका छन् भने चन्द

सूर्या लाइफ इन्स्योरेन्स कर्मचारी संघको अध्यक्षमा रघुनाथ भण्डारी चयन

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कर्मचारी संघको चौथौ महाधिवेशन सम्पन्न भएको छ। कास्कीको हेम्जामा आयोजित दुई दिने महाधिवेशन भव्यताका साथ सम्पन्न भएको हो ।सूर्या लाइफ इन्स्योरेन्स कर्मचारी संघको चौथौ महाधिवेशनले संघको रघुनाथ भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा सुमित सिन्हा, विपुल थापा, महासचिवमा यज्ञ बहादुर बुढाथोकी, सचिवमा तारणी कटुवाल, कोषदक्ष्यमा विजय शर्मा, सदस्यहरुमा गिता बस्नेत, विष्णु ढकाल, रामदत्त भट्ट,मेनुका पौडेल, प्रतिकजंग तामाङ, विष्णु लम्साल, सन्दिप गौतम, सुमन

छोरीको जन्मदिनमा दीक्षान्तले गर्‍यो मायाघरका बालबालिकालाई खाद्यान्न वितरण

काठमाडौँ । दीक्षान्त प्रकाशनका प्रबन्धक महेश शर्मा तथा सह–प्रबन्धक नम्रता शर्माले छोरी मान्यता शर्माको जन्मदिनको अवसरमा खाद्यान्न वितरण गरेका छन् । कीर्तिपुरस्थित महिला तथा बाल विकास मञ्च नेपाल, मायाघरलाई उनीहरूले खाद्यान्न वितरण गरेका हुन् । ४० जना बालबालिका रहेको मायाघरलाई दाल, चामल, नुन लगायत खाद्य सामग्री वितरण गरेको प्रकाशनकी सह–प्रबन्धक नम्रता शर्माले बताइन् । त्यस्तै, छोरीको जन्मदिनका अवसरमा मायाघरमा रहेका बालबालिकालाई बेलुकीको खाना समेत खुवाइएको उनले बताइन् । त्रिवि परिसरमा

कांग्रेस महाधिवेशनका लागि ४३१९ प्रतिनिधि छनोट

काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मंगलबार चार हजार ३१९ प्रतिनिधि छनोट भएका छन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार देशभरबाट चार हजार ३१९ प्रतिनिधि चयन भएका हुन् । कांग्रेसको केही जिल्लामा अधिवेशन हुन बाँकी छ । सर्लाहीका प्रतिनिधिको नाम पनि यसमा समेटिएको छैन ।

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशित भएको छ । आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको प्रवक्ता कृष्णप्रसाद शर्माले जानकारी दिए । कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । कोभिड(१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो । प्रवक्ता शर्माका अनुसार परीक्षामा मुलुकभरबाट तीन लाख ७५ हजार १५ जना परीक्षार्थी