बागमती प्रदेश

आइएमई लुटपाट गर्ने पक्राउ

काठमाडौँ । काठमाडौँको खिचापोखरीस्थित एक आइएमई लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीयवासी प्रवेश राजभण्डारीले सञ्चालन गरेको ग्लोबल जिपाङ टुर्स एण्ड ट्राभल्स नामक आइएमईबाट रु छ लाख लुटपाट गरेको आरोपमा प्रहरीले दाङको तुलसीपुर घर भई हाल काठमाडौँको पुरानो बानेश्वर बस्ने १७ वर्षीय दिपुन श्रेष्ठ, रुकुम सानीभेरी घर भइ काठमाडौँ बस्ने तिलक रावत, कालीकोट घर भई ललितपुर बालकुमारी बस्ने २० वर्षीय नवीन केसी र सोही ठाउँका उमेश केसीलाई पक्राउ

दुर्घटनामा तीनको मृत्यु

काठमाडौँ । चितवनको भरतपुरमा शनिबार साँझ यात्रुबाहक बस र स्कुटर ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२२ पकौडी बजारमा जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको बस र विपरीत दिशाबाट जाँदै गरेको स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको हो । ना५ख २१५० नं को बस र ना४०प ७०८२ नं को स्कुटर एकआपसमा ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिनुभयो । दुर्घटनामा परी स्कुटरमा

भ्याट छली गरेको अभियोगमा मुद्दा

काठमाडौँ, राजश्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट)  बिल बनाई राजश्व छली गरेको अभियोगमा सन्तोषी निर्माण सेवा प्रालिका प्रमुख केशवराज कँडेलसहित तीन जनाविरुद्ध आज पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ । विभागका अनुसार पौडेलविरुद्ध रु एक करोड ८९ लाख २७ हजार ११२ बराबरको बिगो असुल गरी कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको हो । सन्तोषी÷लोहनी जेभी र सन्तोषी निर्माण सेवाले आर्थिक प्रलोभन देखाई सर्वसाधारण व्यक्तिको नागरिकता र

आगलागीबाट वृद्धाको मृत्यु

ललितपुर, ललितपुरमा आगलागीबाट आज एक वृद्धाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ नख्खीपोटस्थित मगरटोल बस्ने ७६ वर्षीया दानदेवी खड्गीको घरमा बिहान आगलागी हुँदा जलेर मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आगलागीमा परी गम्भीर घाइते भएकी खड्गीको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । आगलागीबाट कोठाका फर्निचर तथा लत्ताकपडा गरी झण्डै रु एक लाख मूल्य बराबरको धनमाल नष्ट भएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको महानगरीय

कोरोना सङ्क्रमितलाई रु पाँच हजार उपलब्ध गराइँदै

काठमाडौँ, नुवाकोटको बेलकोटगढी नगरपालिकाले कोभिड–१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई रु पाँच हजार उपलब्ध गराउन शुरु गरेको छ । नगरपालिकाभित्र कोरोना भाइरस सङ्क्रमित भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप सो रकम उपलब्ध गराउन थालिएको हो । गत भदौ २९ गते बसेको नगर कार्यपालिकाको बैठकले गरेको निर्णयानुसार कोरोना भाइरस सङ्क्रमित भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप रु पाँच हजार वितरण गर्न थालिएको नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले जानकारी दिनुभयो । उहाँले

१ करोड ५० लाख रुपैयाँ जरिवाना भएका व्यक्ति पक्राउ

काठमाडौँ, नेपाल प्रहरीले १ करोड ८५ लाख रुपैयाँ जरिवाना भएपछि फरार रहेका १ व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले १ करोड ८५ लाख रुपैयाँ जरिवाना गरेपछि फरार रहेका झापाका ५१ वर्षीय उपेन्द्रप्रसाद ढुङ्गानालाई मंगलवार पक्राउ गरी बुधवार सार्वजनिक गरेको हो। ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तले उच्च अदालत पाटनको विक्रम संवत् २०७७ माघ ५ गतेको फैसलापछि १ महिना कैद र

दलको नेतृत्वमा त्यागको भावना आउनुपर्ने : अध्यक्ष थापा

मकवानपुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई सवल, समृद्ध र स्वाधिनतालाई अटल राख्न राजनीतिक दलको नेतृत्वले अब निष्ठाको राजनीतिलाई जनताको सेवामा लगाउन आँट गर्नुपर्ने बेला आएको बताउनुभएको छ । राप्रपा हेटौँडा उपमहानगरपालिकाका नवनिर्वाचित पदाधिकारीको शपथग्रहण समारोहलाई आज सम्बोधन गर्नुहुँदै उहाँले बाह्य शक्तिको दबाब र प्रभावले राजनीतिक दलका नेतृत्वमाथि अनावश्यक हस्तक्षेप बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो । अध्यक्ष थापाले राष्ट्रमा सबै शक्तिको विचार अटाउन सक्ने मौलिक व्यवस्थाको आवश्यकता परेको चर्चा

पाटनमा मिर्गौला उपचार गराउने बिरामी बढे

ललितपुर, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गौला उपचार गराउन आउने बिरामीको सङ्ख्या बढेको छ । पछिल्ला वर्षमा झैँ केही अस्पतालले सो रोगको उपचार सेवा दिन बन्द गरेसँगै यहाँ बिरामीको सङ्ख्या बढेको हो । “हामीसँग मिर्गौला डायलासिस गर्ने १४ प्रविधि छ, यसमा १२ मेसिन २४सै घण्टा निरन्तर चलाउनुपरिरहेको छ”, अस्पतालका निर्देशक डा रवि शाक्यले भन्नुभयो, “एक दिनमा लगभग ४५ मिर्गौलापीडितको डायलासिस भइरहेको छ । साना बालकदेखि वृद्धसम्म यस रोगको उपचार गराउन आउँछन्

लागुऔषधसहित दुई भारतीय पक्राउ

काठमाडौँ, नेपाल प्रहरीले प्रतिबन्धित लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले बाराबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ७१३२ नम्बरको यात्रुबाहक बस चेकजाँचका क्रममा लागुऔषधसहित दुई भारतीय नागरिकलाई आज बिहान पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत विहार मोतिहारी मौहावाका १९ वर्षीय पप्पुकुमार यादव र भारत विहार मोतिहारी बेलाजितपुरका २६ वर्षीय सुवासकुमार यादव रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार

मदिरा उत्पादन र सेवन गर्न अनुमति आवश्यक

बनेपा, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले यहाँका नागरिकलाई मदिरा उत्पादन तथा सेवन गर्न अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । ‘मदिरा नियमन तथा व्यवस्थापन ऐन २०७७’ अनुसार नागरपालिकाले मदिरा उत्पादन तथा सेवन गर्न अनुमति लिनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो । नगर क्षेत्रभित्र सदाचार, स्वास्थ्य, सुविधा तथा आर्थिक हित कायम राख्दै सभ्य, शान्त र सकारात्मक बाटोमा समुदायलाई अग्रसर गराउन तथा घरेलु हिंसा न्यूनीकरणका लागि नगरपालिका क्षेत्रभित्र मदिरा उत्पादन, बिक्री वितरण र सेवन कार्यको नियमन