स्वास्थ्य

सु. प. सामुदायिक अस्पतालले गर्याे विशेषज्ञ सेवा संचालन

खेम भट्ट ,अत्तरिया ।सुदुरपस्चिमान्चल सामुदायिक अस्पतालको बिसेसज्ञ सेवा प्रदान गर्दै अाईरहेकाे  । गोदावरी नगरपलिका वार्ड नम्बर १ बनखेत अत्तरिया स्थित बिगत ८ बर्ष देखि संचालनमा रहेको सामुदायिक अस्पताल बिसेसज्ञ डाक्टर सेवा सहित संचालन हुन लागेको हो ।थप सेवा र सुबिधाका साथ स्थानीयको सस्तो र सहि रुपमा उपचार हुनु आफ्नो उदेश्य रहेको अस्पतालका संचालक समितिका अध्यक्ष आनन्द प्रसाद भट्टले बताएका छन । प्रयाप्त स्वास्थ्य सामाग्री हुदा पनि जनशक्ति अभावका स्थानीयले स्वास्थ्य

कोरोनाका कारण अदालत र स्वास्थ्य केन्द्रका सेवा स्थगित

बैतडी, कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि जिल्ला अदालत र विभिन्न स्वास्थ्य केन्द्रका सेवा स्थगित गरिएका छन् । जिल्ला अदालत, केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालका सेवा स्थगित गरिएका छन् । चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि मेलौली नगरपालिकास्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले सेवा स्थगित गरेको हो । स्वास्थ्य केन्द्रले अत्यावश्यक र आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको केन्द्रका निमित्त प्रमुख मुकेशकान्त दयालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एन्टीजेन परीक्षण

१६ लाख ६० हजार मात्रा मोडर्ना खोप आयो

काठमाडौँ, नेपालमा कोरोना भाइरस विरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा आएको छ । विश्व बैंकको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना खोप सोमबार साँझ आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो । मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने छ । उहाँका अनुसार अहिलेसम्म नेपालमा करिब चार करोड १९ लाख मात्रा खोप आइसकेको छ

४० लाख जरिवाना फैसला भएका श्रेष्ठ पक्राउ

काठमाडौँ, उच्च अदालत पाटनबाट बैङ्किङ कसुर मुद्दामा रु ४० लाख जरिवाना र १० दिन कैद तोकिएका तोरणबाबु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले २०७७ जेठ २७ गते श्रेष्ठलाई बैङकिङ् कसुर तथा सजाय ऐन २०६४ बमोजिम १० दिन कैद र रु ४० लाख जरिवानाको फैसला गरेको थियो । सोही फैसला कार्यान्वयनका क्रममा प्रहरीले रामेछाप जिल्लाको सुनापती गाउँपालिका–५ घर भई हाल काठमाडौँ बस्ने ४४ वर्षीय श्रेष्ठलाई आज पक्राउ गरेको

ओमिक्रोनबाट बचाउन खोपको सहज उपलब्धता गराउन आग्रह

काठमाडौँ, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सबै नागरिकका लागि सहज खोप उपलब्ध गराउन सरकासँग आग्रह गर्नुभएको छ । कोभिड–१९ को तेस्रो लहर (ओमिक्रोन) नियन्त्रणमा आयोगमा आज सरोकारवालासँगको छललफलमा उहाँले खोप कार्डबिना सार्वजनिक स्थलमा प्रवेश गर्न नपाइने व्यवस्थाले सर्वसाधारणको मानव अधिकारको उपभोगमा असर परेको हुँदा सहज खोप उपलब्ध गराउन आग्रह गर्नुभएको हो । अध्यक्ष मगरले सिटामोललगायतका औषधिको अभाव, सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्दा भीड झनै बढ्नसक्ने अवस्था र

सुदूरपश्चिम : थप ५५० जनामा सङ्क्रमण

धनगढी, सुदूरपश्चिम प्रदेशमा आज थप ५५० जनामा कोरोना सङ्क्रमण देखिएको छ । गएको २४ घण्टामा प्रदेशभर पिसीआर र एन्टिजेन विधिबाट एक हजार ५४७ जनाको नमूना परीक्षण गर्दा ५५० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पिसीआरमार्फत २२४ र एन्टिजेनमार्फत ३२६ जनामा पुष्टि भएको हो । पिसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा १६७, बैतडी अस्पतालमा ३६, डडेल्धुरा अस्पातालमा २०, कमलबजार अस्पतालमा ११ र एन्टिजेनमार्फत कञ्चनपुरका २०६, कैलालीका ५८, बाजुरामा २, दार्चुलाका

कोभिड परीक्षण, भोजन तथा औषधि निःशुल्क

वालिङ, वालिङ नगरपालिकाले कोभिड–१९ को परीक्षण, भोजन तथा औषधिलाई निःशुल्क गरेको छ । नगरपालिकाले वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा निर्माण गरेको आइसोलेसन सेन्टरमा कोभिड–१९ सङ्क्रमणका कारण भर्ना भएर बसेका बिरामीलाई खाना, नास्ता तथा औषधि निःशुल्क उपलब्ध गराएको नगरप्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणले बताउनुभयो । “विश्वभर महामारीका रुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण दर वालिङमा पनि उच्च छ”, उहाँले भन्नुभयो, “अस्पतालकै क्यान्टिनबाट निःशुल्क खाना, नास्ता र अस्पतालबाट उपलब्ध

जापानमा ५ देखि ११ वर्षका बालबालिकालाई पनि फाइजार खोप लगाइने

टोकियो, जापानमा कोरोनाभाइरस विरुद्घको फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि लगाइने भएको छ । जापानको स्वास्थ्य मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि फाइजार खोप लगाउने निर्णय शुक्रबार गरेको हो । कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र बालबालिकामा जोखिम धेरै देखिएपछि सरकारले यस्तो निर्णय गरेको अधिकारीहरूले जनाएका छन् । पछिल्लो विवरण अनुसार ५ देखि ११ वर्षसम्मका बालबालिका जापानमा ८० लाख रहेका छन भने उनीहरूलाई आगामी मार्चदेखि खोप लगाउन

कस्ता कस्ता छन ओमिक्रोन भेरियन्टका लक्षण हरु

आजभोलि घाँटी दुख्यो भनेर पिसिआर/ एन्टिजेन परीक्षण गर्ने धेरैमा कोरोना पोजेटिभ देखिने गरेको छ। घाँटीबाहेक टाउको र शरीर असाध्यै दुख्ने, शरीरमा मन्द ज्वरो, नाकबाट पानी बग्ने वा बन्द हुने, थकान महसुस हुने र कसै(कसैलाई पखाला लाग्ने पनि गरेको पाइन्छ।बालबालिकाहरूमा भने विशेषत उच्च ज्वरो, खोकी र शरीर शिथिल हुने समस्याहरू देखिएको अभिभावकहरूले (अभिभावकहरू पनि संक्रमण पुष्टि भएका) बताउने गरेका छन्। नेपाल सरकारले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले २२ प्रतिशतमा ओमिक्रोन (एस(जीन नेगेटिभ

कैलालीमा सीमामै कोरोना परीक्षण र खोप

भजनी, भारतमा कोरोनाको सङ्क्रमण बढ्दै गएपछि भारतसित जोडिएको कैलालीको दक्षिण–पूर्वी नाका सत्ती भन्सार हुँदै नेपाल प्रवेश गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । कामको सिलसिलामा भारत गएका नेपाली कोरोना जोखिम बढेसँगै घर फर्किन थालेपछि स्थानीयमा त्रास बढेको छ । भारतमा दैनिक सङ्क्रमणदर बढ्दै जाँदा नागरिक विगत वर्षमा जस्तो बन्दाबन्दी हुने हो कि भन्दै घर फर्किन थालेका छन् । बर्दियाको राजापुरका सञ्जय चौधरी त्यही त्रासले भारत गएको तीन महिनामै घर फर्किनुभयो ।