समाज/अपराध

कानुनअनुसार कुलमान घिसिङको पुनर्नियुक्ति गर्न मिल्दैनः मन्त्री ज्ञवाली

काठमाडौँ । नेपाल सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्ति कानुनअनुसार गर्न नमिल्ने बताएका छन्। शुक्रबार बुटवलमा प्रेस संगठनद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले विद्युत प्राधिकरणका सन्दर्भमा आएका र रचिएका कथाहरूमा रमाउनु आवश्यक नभएको बताए। मुलुकको हित र कार्यक्षमताका अधारमा प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त गरिने उनको भनाइ छ। ‘कुलमानजी प्रति सरकार सकारात्मक र सन्तुष्ट छ तर पुनर्नियुक्ति गर्न कानुनले दिंदैन’

अहिलेसम्मकै धेरै १५३९ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं । अद्यावधिक विवरण अनुसार बुधबार नेपालमा १५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो । यो संगै नेपालमा अहिलेसम्म संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा। जागेश्वर गौतमले बताए । मंगलबार मात्रै देशभर १४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जुन एकैदिन

एकल जातीय राज्यले उत्पीडित जातिमा जन्मेका कुलमानलाई पचाएनः बाबुराम भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ देशको आदर्श व्यक्ति बन्नुभएको बताउनुभएको छ । भट्टराईले मंगलबार साझ ट्वीटमा कुलमान विदाईको आफ्नो तीन अनुभूति लेख्नुहुँदै देशमा आदर्श पात्रको खडेरी भएको पनि बताउनुभएको छ । उहाँले लेख्नुभएको छ– ‘देशमा आदर्श पात्रको यस्तो खडेरी छ कि कर्तव्य खरो निर्वाह गर्ने कुलमान देशको आदर्श बनेका छन् ।’ प्राधिकरणको चार

न्याय नपाएपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या

काठमाडौँ । सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ । सोमबार बिहान धानखेतमा पानीको अवस्था हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार भएको पीडितकी आमाले बताउनुभयो । उहाँका अनुसार आरोपित चार जनाविरुद्ध प्रहरी कार्यालय जान खोज्दा केही गाउँलेले भेला बसी उनीहरुलाई रोकेपछि छोरी निकै तनावमा

भारतले निर्यात राेकेपछि नेपालमा बढ्याे प्याजकाे मूल्य

काठमाडौं । मंगलबार प्याजको मूल्य ह्वात्तै बढेको छ । कालिमाटी थोक बजारमा प्याजको मूल्य एक दिनमा प्रतिकेजी २५ रुपैयाँले बढेको हो। सोमबार थोक बजारमा प्रतिकेजी औसतमा ६० रुपैयाँमा कारोबार भएको प्याजको मूल्य मंगलबार प्रतिकेजी २५ रुपैयाँले बढेको छ। मंगलबार थोक बजारमा प्याजको मूल्य प्रतिकेजी २५ रुपैयाँले बढेर औसतमा ७५ रुपैयाँ प्रतिकेजी पुगेको छ केहीदिनदेखि निरन्तर रुपमा प्रतिकेजी ५ देखि १० रुपैयाँसम्म बढेको प्याजको मूल्य मंगलबार एक्कासी २५ रुपैयाँले बढेको हो।

कीर्तिपुरमा हत्या गरिएका चौधरीको परिवारलाई १० लाख दिनुपर्ने सरिता गिरिको माग

काठमाडौँ । पूर्व सांसद सरिता गिरीले घरबेटीको प्रहारबाट मृत्यु भएका शम्भु चौधरी महतोको परिवारलाई तत्काल सरकारले रु १० लाख क्ष’तिपूर्ति दिनु पर्ने माग गरेकी छ्न । कीर्तिपुर (७ भाजंगलमा घर भाडाको निहुमा भएको वि’वादमा आग्लोले प्रहारबाट गरिएका हत्याबारे पूर्व सांसद गिरीले निष्पक्ष छानविन र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेकी हुन् । गिरीले घरबेटीले हत्या गरेका चौधरीको परिवारका लागि तत्काल सरकारले रु १० लाख क्षतिपूर्ति र बालबच्चाको निःशुल्क शिक्षाको व्यवस्था

लामो दूरीको यातायात असोज १ गतेदेखि नै सञ्चालन हुने, ५० प्रतिशत भाडा बढ्यो

काठमाडौँ । लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । र, व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । साथै संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्नेछ । बसको एक लहरको सिटमा एक जना मात्र बस्न

महिला हिंसाका घटनामा वृद्धि

धादिङ । जिल्लामा बालिका र महिलामाथि हुने हिंसाका घटना बढिरहेका छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा जबर्जस्ती करणीका २३, हाडनाता करणीका दुई , जबर्जस्ती करणी उद्योगका १३ र बालयौन दुरुपयोगका दुई वटा घटना दर्ता भएका थिए । कार्यालयका महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख प्रहरी उपरीक्षक जयन्ती थापाले महिलामाथि हुने सबैप्रकारका हिंसा न्युनिकरण गर्न उच्च प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिनुभयो । एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट

कार्यकर्ता तानातानमा नेकपा र कांग्रेसबीच होडबाजी

खोटाङ । नेपाली कांग्रेस खोटाङले भदौ २४ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा चुनावी झल्को दिनेगरी कार्यक्रम गर्यो । कांग्रेसले बतासेमा आयोजना गरेको कार्यक्रममा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का पूर्व गाविस अध्यक्ष ज्ञानेन्द्र राईलगायतलाई पार्टीमा प्रवेश गरायो । भदौ २७ गते नेकपा खोटाङले पनि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बतासेको बदला लिनेगरी बृहत् कार्यक्रम गर्यो । खार्मीमा आयोजित कार्यक्रममा कांग्रेसका ८६ कार्यकर्तालाई नेकपाले पार्टी प्रवेश गरायो । नेकपा र कांग्रेसले

पत्रकार कुटपिट गर्नेलाई कारबाही हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सञ्चार गृहमै गएर पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाही हुने बताउनुभएको छ । आज नेपाल पत्रकार महासङ्घ कैलाली शाखाको ध्यानाकर्षण पत्र बुझ्दै उहाँले घटनामा संलग्नलाई कारवाही हुने बताउनुभएको हो । उहाँले भन्नुभयो, “दिनेश सञ्चार गृहमा भएको आक्रमणका विषयमा कैलालीका प्रमुख जिल्ला अधिकारीसँग घटनाबारे जानकारी लिएको छु, घटनामा संलग्नलाई कारबाही गर्न भनेको छु ।” महासङ्घका शाखा अध्यक्ष जगत साउदले ध्यानाकर्षण पत्र बुझाउँदै आक्रमण भएको चार दिन