विश्व

पश्चिम बंगाल भारतः मुख्यमन्त्री ममता बनर्जीमाथि आक्रमण

काठमाडौँ, हिजो बुधबार अज्ञात समूहद्वारा पश्चिम बंगाल भारतकी मुख्यमन्त्री ममता बनर्जीमाथि आक्रमण भएको छ। पश्चिम बंगालको पूर्वी मोदिनीपुर जिल्लाका अधिकारी र प्रहरी अधिक्षकले नन्दीग्रामको बिरुलिया बजारको भ्रमणका क्रममा केही अज्ञात मानिसले उनलाई धक्का दिएका हुन्। यसैबीच ममता बनर्जीको पार्टी तृणमूल कांग्रेसले आफ्नो नेतामाथि भएको आक्रमणको विरोधमा आफ्नो घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरेको छ। तृणमूल कांग्रेसले घटनामा विपक्षीको हात रहेको बताउँदै आइरहँदा भारतीय प्रहरीले अनुसन्धान सुरु गरेको छ। भारतीय जनता

अमेरिकी राष्ट्रपति अस्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीसँग शुक्रबार वार्ता गर्ने

वासिङ्टन, अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार अस्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीहरुसँग पहिलो पटक संयुक्त वार्ता गर्न लाग्नु भएको छ । यो गठबन्धनलाई सामरिक दृष्टिबाट चीन विरोधीका रुपमा लिने गरिन्छ । भर्चुअल विधिबाट हुन लागेको यो बैठकलाई राष्ट्रपति बाइडेनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले छिन्नभिन्न बनाउन खोजेको अमेरिकी गठबन्धनलाई पुनर्जीवित तुल्याउन खोजेको रुपमा लिइएको छ । ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले मंगलबार पत्रकारहरुसँग कुरा गर्दै हिन्द–प्रशान्त (इन्डो–प्यासिफिक) क्षेत्रका गठबन्धन एवं साझेदार

दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको संख्या ९३ हजार भन्दा बढी

सोल, दक्षिण कोरियामा गत २४ घण्टामा थप ४४६ जनामा कोरोना सङ्क्रमण भएपछि कुल सङ्क्रमितको संख्या ९३ हजार २६३ पुगेको छ । गत आइतबार ३४६ जनामा कोरोना संङ्क्रमण भएको थियो । सोमबार एकै दिनमा एक सय सङ्क्रमित बढी ४४६ मा सङक्रमण देखिएको हो । कोरोना शुरु भएयता यहाँँ हालसम्म ८३ हजार ९०० व्यक्ति कोरोना मुक्त भएका छन् । गत २४ घण्टामा दक्षिण कोरियाका तीन व्यक्तिको मृत्यु भएपछि कुल मृतकको संख्या १

भारतमा कोरोना सङ्क्रमित एक करोड १२ लाख २९ हजार भन्दा बढी

नयाँदिल्ली, भारतमा गत २४ घण्टामा १८ हजार ७११ जना कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १२ लाख २९ हजार भन्दा बढी पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ९७ जनाको मृत्यु भएपछि भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५७ हजार ८३५ जना पुगेको छ । हाल भारतमा एक लाख ८८ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका

टी२० क्रिकेटः अस्ट्रेलिया विरुद्धको शृंखला न्यूजील्यान्डले जित्यो

वेलिङ्टन, अस्ट्रेलिया विरुद्धको टी२० क्रिकेट शृंखला न्यूजील्यान्डले ३–२ ले जितेको छ । वेलिङ्टनमा आइतबार सम्पन्न शृंखलाको अन्तिम खेलमा न्यूजील्यान्ड सहजै सात विकेटले विजयी भएको थियो । पाँच खेलको यस शृंखलामा टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले जितका लागि न्यूजील्यान्डसामु १४३ रनको चुनौती प्रस्तुत दिएको थियो । उक्त लक्ष्य न्यूजील्यान्डले २७ बल बाँकी छँदै तीन विकेट गुमाएर पूरा गरेको थियो । न्यूजीन्यान्डले अन्तिम खेलमा तीन जना स्पिनरलाई खेलाएर जोखिम लिएको थियो

वार्षिक रक्षा बजेटका लागि चीनमा झण्डै २४ लाख करोड रुपैयाँ निकासा

काठमाडौं। चीनमा शुक्रबारदेखि वार्षिक संसद बैठक बस्न सुरु गरेको छ। यो बैठक एक हप्तासम्म चल्ने समाचारमा जनाइएको छ। संसद बैठकमा सहभागी हुन देशभरबाट ५ हजार सांसदहरु उपस्थित भएका छन्। बैठकमा चीनले अमेरिका तथा भारतसँग भएको गतिरोधसहित विभिन्न मुद्दामा छलफल गर्ने जनाइएको छ। चीनले यस बैठकबाट सन् २०२१ का लागि आफ्नो रक्षा बजेटमा विश्वले अनुमान गरेको भन्दा ठूलो हिस्सा वृद्धि गरेको छ। गत वर्ष २३.३६ लाख करोड रुपैयाँ रक्षा बजेटका लागि

दक्षिण कोरियामा कोभिडको संक्रमण केही घट्दो

सोल, दक्षिण कोरियामा कोरोना भाइरस कोभिड– १९ का संक्रमितहरूको संख्या पछिल्लो समयमा केही घटेको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरूले संक्रमित हुनेहरूको संख्यामा पछिल्ला सातामा केही कमी आएको जनाएका छन् । प्राप्त समाचारअनुसार पछिल्लो २४ घन्टामा यहाँका ३८८ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । यो संख्या यहाँ केही दिनयताको भने कम देखिएको छ । योसँगै यहाँ संक्रमितहरूको संख्या ९१ हजार ६३८ जना पुगेको पनि बताइएको छ । कोरियामा पछिल्लो

मुस्कान खातुन अमेरिकाको प्रतिष्ठित पुरस्कारबाट सम्मानित हुँदै

काठमाडौं। मुस्कान खातुनले प्रतिष्ठित इन्टरनेसनल वुमन अफ करेज ९आइडब्लूओसी० अवार्ड पाउने भएकी छन्। तेजाब हमलाविरुद्ध कडा कानुन र सजायको माग गर्दै आएकी उनको भूमिकालाई कदर गर्दै उक्त अवार्डबाट सम्मानित गर्न लागिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको हो। अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिकंनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमबीच उनलाई अवार्ड प्रदान गर्ने भएको हो। मुस्कानले आफूमाथि परेको दुःखद घटनालाई नेपालमा परिवर्तन ल्याउन भूमिका खेलेको दूतावासबाट जारी विज्ञप्तिमा

भारतका कुल सङ्क्रमित मध्ये ९० प्रतिशत सङ्क्रमित ७ प्रदेशमा

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट कुल सङ्क्रमित मध्ये झण्डै ९० प्रतिशत सङ्क्रमितहरु सात प्रदेशमा मात्रै रहेका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार नयाँ देखिएका अधिकांश सङ्क्रमितहरु ती प्रदेशमा रहेकाले कुल सङ्क्रमितको सङ्ख्या पनि तीनै प्रदेशहरूमा धेरै देखिएका हुन् । देशको महाराष्ट्र, केरला, पन्जाव, मध्य प्रदेश, तमिलनाडु, गुजरात र छत्तिसगढ प्रदेशमा ९० प्रतिशत सङ्क्रमितहरु रहेको अधिकारीहरूको भनाइ छ । भारतमा अहिले पनि एक लाख ५१ हजार ७०८ जना सक्रिय सङ्क्रमित

नेपालले किनेको १० लाख खोप भित्रियो

काठमाडौँ । भारतको सेरम इन्ष्टिच्युटबाट कोभिड १९ विरुद्घको १० लाख डोज खोप नेपाल सरकारले खरिद गरेको छ। भारतद्वारा अनुदानमा आएको खोप अपर्याप्त भएपछि नेपाल सरकारले थप १० लाख डोज खोप किनेको हो। सरकारले यसपटक ज्येष्ठ नागरिकलाई खोप वितरण गर्ने घोषणा गरेको छ। फाल्गुण २३ गतेबाट ज्येष्ठ नागरिकले खोप पाउने भएका हुन्। आइतबार दिउँसो एयर इन्डियाको विमानबाट कोभिशिल्ड खोप त्रिभुवन विमानस्थल आइपुगिसकेको छ।