विशेष

जय नेपाल पार्टी खोल्दै धवल शम्शेर र दुर्गा प्रसाईं, साउन २८ गते निर्वाचन आयोग जाने

राप्रपा महामन्त्री परित्याग गरेका पूर्वसांसद धवल शम्शेर र मेडिकल व्यवसायीसमेत रहेका दुर्गा प्रसाईं मिलेर नयाँ पार्टी खोल्ने भएका छन्। राणा र प्रसाईं सहितले साउन २८ गते नयाँ पार्टी घोषणा गर्ने भएका हुन्। साथै सोही दिन पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने तयारी छ। नयाँ पार्टी खोल्नुअघि उनीहरूले तयारीका लागि विभिन्न समितिहरू गठन गरेर काम गरिरहेका थिए। सोही समितिको आज बसेको बैठकले जय नेपाल पार्टी खोल्ने निर्णय गरेको नेता नेता सगुनसुन्दर लावतीले

दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

काठमाडाैँ, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिइएकाे छ। साेमबार जिल्ला अदालत भक्तपुरले प्रसाईंलाई रिहा गर्न आदेश दिएको हो। अदालतले हिरासतमा राख्ने अनुमति नदिई उनलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश गरेको हो। प्रसाईंलाई आइतबार राति पक्राउ गरिएको थियो। गैरकानुनी रूपमा थुनामा राखेको भन्दै प्रसाईंको रिहाइको माग गर्दै साेमबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएको छ। प्रसाईंपत्नी उमाले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्।

अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु

धनगढी, धनगढीको कृष्ण मन्दिरस्थित धर्मशालामा तीन दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पताल लगिएको छ । उनलाई आईसीयूमा राखेर उपचार सुरु गरिएको अस्पतालले जनाएको छ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न माग राख्दै डा. केसीले धनगढीको कृष्ण मन्दिरमा आफ्नो २४ औँ अनशन सुरु गरेका थिए । अनशनका क्रममा उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल सारिएको हो । केसीका सहयोगी डा. अमृत जैसीका अनुसार उनको शरीरमा

दार्चुलाबाट डा. गोविन्द केसीको २४औँ सत्याग्रह घोषणा

दार्चुला,  वरिष्ठ चिकित्सक तथा अभियन्ता डा. गोविन्द केसीले बिहीबारदेखि २४औँ सत्याग्रह (अनशन) सुरु गर्ने घोषणा गरेका छन्। दार्चुलाबाट जारी गरिएको प्रेस विज्ञप्तिमा सरकारले पटक–पटक भएका सहमति र आफ्ना मागप्रति संवेदनशीलता नदेखाएको तथा बेवास्ता गरेको भन्दै सत्याग्रहमा बस्न बाध्य भएको उल्लेख गरिएको छ। यद्यपि, अनशन बस्ने स्थान भने सार्वजनिक गरिएको छैन। डा. केसीले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को पूर्ण कार्यान्वयन, चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवालाई गैरनाफामूलक बनाउने व्यवस्था लागू गर्न,

चितवनको स्पष्टीकरणले पुगेन, बालेनसँग सदनमै खण्डन खोज्दै ओली !

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले संसदमा दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूको दबाब अझै कायम रहेको छ। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले चितवनमा दिएको प्रधानमन्त्रीको स्पष्टीकरण पर्याप्त नभएको भन्दै संसदमै उपस्थित भएर अभिव्यक्ति सच्याउनुपर्ने बताएका छन्। गत जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेनले नेपालले पनि भारतको केही भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति दिएका थिए। त्यसयता विपक्षी दलहरूले उक्त भनाइ संसदको अभिलेखबाट हटाउन र प्रधानमन्त्रीले औपचारिक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध

काठमाडौं । रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले बताएका छन् । बन्द सत्र हलबाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाहको प्रस्ताव र ५१ जना सदस्यहरूको समर्थनमा लामिछाने निर्विरोध निर्वाचित भएको उनले बताए । ५१ जना केन्द्रीय समिति, सांसद र सचिवालय सदस्य सबैले समर्थन गरेर उहाँ निर्विरोध निर्वाचित भइसक्नुभएको छ,’ केसीले भने । यद्यपि उम्मेदवारी दर्ताको समय भने बाँकी छ

रास्वपा सुदूरपश्चिमको सभापतिमा प्रकाश विष्ट विजयी

धनगढी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  सुदूरपश्चिमको सभापतिमा इन्जिनियर प्रकाश विष्ट विजयी भएका छन् । निर्वाचित भएका विष्टले ३५८ मत पाए भने उनका प्रतिस्पर्धी जनकसिंह धामीले १५४ मत पाएका छन् । कुल खसेको मतको ५१ प्रतिशत कटाउने उम्मेदवार विजयी हुने व्यवस्था अनुसार विष्ट पहिलो चरणबाटै निर्वाचित भएका हुन् । सभापतिमा निर्वाचित विष्ट यसअघि पनि भसापति नै थिए । पराजित भएका धामी प्रतिनिधि सभा सदस्य हुन् । उनी कञ्चनपुर-१ बाट विजयी भएका

पोखराबाट दुबईका लागि नियमित उडानको टिकट बुकिङ खुला

पाेखरा ,पोखराबाट संयुक्त अरब इमिरेट्सको दुबई सहरका लागि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक हवाई उडान सञ्चालन हुने भएको छ । आगामी २३ सेप्टेम्बर २०२६ देखि सञ्चालन हुने उक्त उडानका लागि टिकट बुकिङ खुला गरिएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन १ जनवरी २०२३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा गरिएको थियो। करिब पाँच दशक लामो प्रतीक्षा, पोखरेलीहरूको निरन्तर दबाब, पर्यटन व्यवसायीहरूको पहल तथा विभिन्न चरणमा भएका संघर्षपछि निर्माण सम्पन्न भएको यो विमानस्थल पोखरेलीहरूको गौरवकोआयोजना

रवीन्द्र मिश्रले दिए राप्रपाका सबै जिम्मेवारीबाट राजीनामा

काठमाडौं ,राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् । उनले यो राजीनामालाई दलीय राजनीतिबाट तत्कालका लागि बिदा भनेका छन् । शनिबार सामाजिक सञ्जालबाट मिश्रले राप्रपाका सबै जिम्मेवारीहरूबाट राजीनामा दिए पनि राजसंस्था पुनर्स्थापना र सुशासनलगायतका मुद्दाप्रतिका आफ्ना अडान यथावत रहेको बताएका छन् ।

झापा ५ : ओली अघिल्लो जीतभन्दा फराकिलो मतान्तरले पछाडि

काठमाडौं , एमाले अध्यक्ष केपी शर्मा ओली अघिल्लो पटक आफूले पराजित गरेका निकटतम प्रतिस्पर्धीको भन्दा फराकिलो मतान्तरले  बालेन शाहसँग पछाडी परेका छन् । बालेन शाहले ३९ हजार २८४ मत पाउदा ओलीले १० हजार २९३ मतमात्रै पाएका हुन् । अहिले मतगणना जारी छ । यो २८ हजार ९९१ मतको फरक हो । अघिल्लो निर्वाचनमा ओली २८ हजार ५७६ मतको फरकले निर्वाचित भएका थिए । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले ५२ हजार