सुदूरपश्चिम प्रदेश

जन्मदिनको उपलक्ष्यमा सूर्या लाइफको बिमा पोलिसी उपहार

दार्चुला ।महाकाली नगर पालिका वाड न ४ बजार मा बस्ने बसन्ती भट्ट ले आफ्नो छोराको १० जन्मदिनको उपलक्ष्यमा रू ७ लाख ५० हजार बिमाङ्क रकम बराबरको बाल साबधिक जीवन बिमा गराउनु भएको छ । उच्च शिक्षाका लागि एक मुस्ट ठुलो पुजि संकलन गर्न नसकिने र सो पुजि संकलनका लागि जिवनबिमा एक उत्तम माध्यम भएको एजेन्सी मेनेजर चन्द्र देब भट्ट जानकारी गराउनु भयो । घर खर्चबाट केही पैसा बचाए र छोराको

३९६ स्थानीय तहमा एकसाथ अस्पताल शिलान्यास गरिँदै

काठमाडौं । सरकारले आज एकसाथ तीन सय ९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गर्दैछ । आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यले ३९६ स्थानीय तहमा १५ शैय्यासम्मका अस्पताल र सातै प्रदेशमा सरूवा रोग अस्पताल शिलान्यास गर्न लागिएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सोमबार दिउँसो चितवनको भरतपुरमा प्रादेशिक सरूवा रोग अस्पताल र भरतपुर अस्पतालको आकस्मिक कक्षको नयाँ बन्ने भवनको शिलान्यास गर्दैछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ बन्ने सबै

जर्बजस्ती करणीको अभियोगमा ६ जना कारागार चलान

धनगढी । कैलालीमा दुई किशोरीमाथि जर्बजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत कैलालीले अर्घाखाँचीका जानकी गाउँपालिका–५ का धिरेन्द्र विष्ट, नरेश चौधरी, रमेश शाही, रामबहादुर चौधरी, मनोज चौधरी र महेश चौधरीलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । गत कात्तिक ८ गते जानकी गाउँपालिका–५ स्थित १३ र १४ वर्षीया दुई किशोरीमाथि जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ परेको उनीहरुविरुद्ध प्रहरीले जिल्ला अदालत

बैतडीको झुलाघाटमा जीप दुर्घटना हुदा पाँच जनाको मृत्यु, छ घाइते

बैतडी। बैतडीको झुलाघाटमा जीप दुर्घटना हुदा पाँच जनाको मृत्यु भएको छ । भने अन्य छ जना घाइते भएका छन् । झुलाघाटबाट बैतडी सदरमुकाम गोठलापानीतर्फबाट आउदै गरेको ना १ ज २१९६ नम्बरको जीप बुड्डा नजिक आज दिउँसो १ बजे दुर्घटना भएको छ । दुर्घटना परेर कलावती चन्द, भगिरथ पाण्डे, पार्वती चन्द, पार्वती चन्द र कृष्ण लावडको घटनास्थलमै मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ । रबिन्द्र चन्द, प्रदिप लाबड, खगेन्द्र जोशी, कृष्णानन्द

बस दुर्घटनामा परी नौ जनाको ज्यान गएपछि दोगडाकेदार गाउँ शोकमा

बैतडी । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बिहीबार राति भएको बस दुर्घटनामा परी नौ जनाको ज्यान गयो भने ३४ जना घाइने भए। सो दुर्घटनामा बैतडीका तीन, दार्चुला, कञ्चनपुर र कैलालीका दुईरदुई जनाको मृत्यु भयो । बैतडीका मृत्यु हुने तीनै जना एउटै गाउँका रहेका छन् । उनीहरु तीनै जना दोगडाकेदार गाउँपालिका ६ सित्तडका हुन् । मृत्यु हुने तीनै जना २५ वर्षदेखि ३० वर्षमुनिका युवक रहेका छन् । मृत्यु हुनेमा दोगडाकेदार

लम्की–टीकापुर–खक्रौला सडकको काम शुरु

टीकापुर । कैलालीमा लम्की–टीकापुर–खक्रौला सडक खण्डको स्तरोत्रतिको काम शुरु भएको छ । कूल २९।७ किलोमिटर सडकलाई तीन खण्डमा विभाजन गरेर सडकको स्तरोत्रतिको काम शुरु भएको हो । हुलाकी राजमार्गअन्र्तगत पर्ने लम्की–टीकापुर–खक्रौला सडकमा अहिले किनारा सफा, माटो पटानी, कल्भर्ट तथा पुल निर्माण गर्नुपर्ने स्थानमा त्यसको वेस बनाउने ९सतह निर्माणको० काम भइरहेको आयोजनाले जनाएको छ । लम्कीदेखि आठ किलोमिटर पहिलो खण्ड, आठ किलोमिटरदेखि १८ किलोमिटरसम्म दोस्रो खण्ड र १८ किलोमिटरदेखि २९।७ किलोमिटरसम्म

धनगढी १५ मा एकल महिला र जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १५ मा आज ६० वर्षभन्दा माथिका एकल महिला र ७० वर्ष भन्दामाथिका जेष्ठ नागरिकहरुलाई चिसोबाट बच्नको लागि न्यानो कपडा वितरण गरिएको छ वडा नम्बर १५ का वडा अध्यक्ष फुलराम चौधरी को अध्यक्षतामा र संघीय सांसद नारदमुनि राना को प्रमुख आथित्यतामा यो कार्यक्रम सञ्चालन भएको हो प्रमुख अतिथी नारदमुनि रानाले १०४ वर्ष का जेष्ठ नागरिक रम्बा राना कम्बल ओढाएर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो ।  

घोडाघोडीका किसान ले नत समयमै मल पाए, नत धानको मुल्य नै

सुखड । यो भिड कुनै चलचित्र को सिन नभएर मलका लागी लाइनमा बसेका किसान हरुको हो । कोरना महामारीका बेला समेत किसान ले मल पाएका छैनन् घोडाघोडी नगपालीका ले सानाकिसान सहकारी लाइ मल ढुवानी गरी बिक्री बितरणका लागी अनुमती दिए पनी हाल सम्म वडा नं ५ मा जम्मा एक सय बोरा मात्र मल बडा कायालयमा पुगेको र मल मनपरी ढंगले बितरण गरिएका् स्थानीय हरुको गुनासो छ । बेलैमा मल नपाउला

धनगढी १५ मा जोर विजोर प्रणाली बाट शिक्षण सिकाइ गरिने

धनगढी । धनगढी उप महानगरपालिका १५ नं. वडाको वडा शिक्षा समितिको मिति २०७७।७।१६ गते विहान ८ बजे बसेको बैठकको निर्णयले कोरोना भाइरसका कारण गत २०७६।१२।६ गते देखि हाल सम्म विद्यालयहरु संचालन हुन नसकेको र नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०७७।५।१९ गतेको निर्णय अनुसार विद्यार्थी शिकाई सहजिकरण निर्देशिका २०७७ अनुसार बैकल्पिक विधिबाट शिक्षण सिकाई क्रियाकलाप गर्ने गराउने भनिएकोमा यस वडा भित्रका विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि उक्त बैकल्पिक

सामाजिक अभियन्ता भट्टद्धारा मानव सेवा आश्रम र दृष्टि फाउण्डेसनलाई ६० हजार बढीका न्यानो कपडा वितरण

धनगढीका सामाजिक अभियन्ता मदन भट्टले मानव सेवा आश्रम र दृष्टि फाउण्डेसनलाई न्याना कपडा वितरण वितरण गरेका छन् । छोरी खुसी र छोरा शुलभ सहित शुक्रबार आश्रम र फाउण्डेसनमै पुगेर जाडोको समयमा आवश्यक पर्ने ८३ थान कपडा वितरण गरेका हुन् । मानव सेवा आश्रममा ४३ र दृष्टि फाउण्डेसनमा ४० थान न्याना कपडाहरु वितरण गरिएका हुन् । छोराछोरीलाई पनि सामाजिक कामहरुमा अग्रसर गराउनका लागि भट्टले आफ्ना दुबै सन्ततिलाई सँगै लगेको बताए ।