युग दर्पण

क्रसर उद्योगको मापदण्ड पालनामा कडाई

कास्की । गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिले क्रसर उद्योग सबै जिल्लामा मापदण्ड विपरित सञ्चालन भएको भन्दै पालनाका लागि सरोकारभएकालाई जिम्मेवार बनाउने भएको छ । समितिको शुक्रबार बसेको भर्चुअल बैठकले प्रदेशभित्रका क्रसर उद्योग सञ्चालनबारेमा ११ वटै जिल्ला समन्वय समितिका प्रमुखसँग आगामी भदौ २४ गते छलफल गर्ने निर्णय गरेको समितिका सभापति दीपक कोइरालाले बताउनुभयो । “प्रदेशमा यी उद्योग थपिनेक्रम छ तर मापदण्ड पालना नगरेको तथा कतिपय दर्ता, नविकरण नभएको गुनासा आएका

अनुदानमा हिउँदे तरकारीको बीउ

गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृषिका माध्यमबाट स्थानीयवासीको जीवनस्तर उकास्ने लक्ष्यका साथ दुई हजार ५०० घरधुरीमा ५० प्रतिशत अनुदानमा हिउँदे तरकारीको बीउ वितरण गरेको छ । परम्परागत कृषि प्रणालीलाई त्याग्दै आधुनिकीकरणमार्फत स्थानीयवासीलाई उत्पादनसँग जोड्न नौ जातका हिउँदे तरकारीको बीउ वितरण गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले कृषकलाई मार्फा चौडा पाते रायो, मूला ९मिनुअर्ली र चालिसे०, सिमी, पालुङ्गो, धनियाँ, काउली, बन्दा र केराउको बीउ अनुदानमा उपलब्ध

हप्तामा दुई दिन न्यायिक इजलास हुने

पोखरा । पोखरा महानगरपालिकाको न्यायिक इजलास हप्तामा दुई दिन सञ्चालन हुने भएको छ । यसअघि हप्तामा एक दिन मात्रै सञ्चालन हँुदै आएको इजलास अव हरेक सोमबार र बधुबार गरी दुई दिन सञ्चालन गर्ने गरेको न्यायिक समितिका सदस्य किशोर बरालले जानकारी दिनुभयो । “कोभिड–१९ का कारण सातामा एक दिन गर्दै आएकामा पछिल्लो समय उजुरीको सङ्ख्या बढ्न थालेपछि दुई दिन इजलास सञ्चालन गर्ने बैठकबाट निर्णय भएको छ”, बरालले भन्नुभयो । उहाँका अनुसार

सामूहिक बलात्कार गर्ने दुई पक्राउ

काठमाडौँ । प्रहरीले सामूहिक बलात्कार गर्ने दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–१ दहचोकमा १९ वर्षीया एक महिलामाथि सामूहिक बलात्कार गर्ने मुगु घर भई चन्द्रागिरि बस्ने २८ वर्षीय लोकेन्द्रबहादुर मल्ल र मुगुकै २३ वर्षीय रतनबहादुर शाहीलाई बिहीबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले एक महिलामाथि सामूहिक बलात्कार भएको सूचनाका आधारमा प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिनुभयो । पक्राउ

वाग्मतीमा अस्पताल निर्माण अन्तिम चरणमा

ललितपुर । दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–४ प्युटारस्थित थाङसिनटारमा गाउँपालिकास्तरीय अस्पताल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयको सःशर्त अनुदानमा ‘एक पालिका एक अस्पताल’ को अवधारणाअनुरूप उक्त अस्पताल निर्माणको कार्य अघि बढेको हो । गाउँपालिकाका सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले गत वर्ष २०७६ भदौ २० गते १५ शय्याको अस्पताल बनाउने योजनानुसार गत जेठ २० गते सम्पन्न हुनुपर्ने गरी काम अघि बढाएको ललितपुर क्षेत्र नं

अधिकारीको ‘कोरोना बन्दाबन्दी शृङ्खला कविता’

काठमाडौँ । स्रष्टाहरुले विषम परिस्थितिमा पनि रचनात्मक भई सामाजिक चेतना दिने सिर्जना गरिरहेका हुन्छन् । उनीहरुले कोरोना महामारी र बन्दाबन्दीपछिको अवस्थामा खुल्ला रुपमा साहित्यिक गतिविधि हुन नसके पनि सञ्चार र प्रविधिको साहित्यिक रचनाको प्रकाशन र सम्प्रेषण गर्दै आएका छन् । धादिङ, नीलकण्ठ– ७ मा जन्मिएका कवि वासुदेव अधिकारीको पछिल्लो कवितासङ्ग्रह ‘बस्तीमा आगो’ यसैको एक उदाहरण हो । ‘कोरोना बन्दाबन्दी शृङ्खला कविता’ का रुपमा समकालीन साहित्य प्रतिष्ठान, बेलायतबाट प्रकाशित सो ‘बस्तीमा

बन्धक बनाइएका चेलीको उद्धार

परासी । कोभिड– १९ को महामारीबीच दश महिनादेखि बन्धक तीन नेपाली चेलीको भारतबाट उद्धार गरी ल्याइएको छ । आफन्त नेपाल संस्थाको पहलमा बेचबिखन हुन लागेका एक बालिकासहित तीन नेपाली चेलीलाई उद्धार गरिएको हो । नवलपरासी पश्चिमस्थित आफन्त नेपाल महेशपुर शाखाले नेपाल र भारतीय प्रहरी तथा स्थानीय जनप्रतिनिधिको सहयोगमा भारतको महाराजगञ्जस्थित एक आर्केष्टा कम्पनीबाट ती नेपाली चेलीहरुलाई उद्धार गरी नवलपरासी ल्याएको हो । चितवनका २२, १७ र ४ वर्षका ती चेलीलाई

बैतडीमा १ महिनामा स्क्रब टाइफसका ४९ जना बिरामी फेला

बैतडी । जिल्लामा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । गएको साउनयता बैतडीमा स्क्रब टाइफसका ४९ जना बिरामी फेला परेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिनुभयो । दशरथचन्द नगरपालिकामा २५ महिला र ११ पुरुष गरी ३६ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै पाटन नगरपालिकामा तीन महिला र एक पुरुष गरी चार, दोगडाकेदार गाउँपालिकामा चार महिला र दुई पुरुष गरी छ, मेलौली नगरपालिकामा एक

चितवन मेडिकल कलेजले थाल्यो प्लाज्मा थेरापीबाट उपचार

चितवन । जिल्लामा पहिलो पटक चितवन मेडिकल कलेजमा उपचाररत एक महिलामा प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको छ । हेटौँडा उपमहानगरपालिका–११ की ५२ वर्षीया कोरोना सङ्क्रमितमा प्लाज्मा थेरापी गरिएको हो । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार ती महिलालाई बिहीबार राति दुई पोका ‘बि पोजेटिभ’ प्लाज्मा चढाइएको छ । बिहीबार नै केन्द्रमा सङ्क्रमणमुक्त भएका तीन जनाले प्लाज्मा दान गरेका थिए । पौडेलका अनुसार भरतपुर र देवघाटका दुई पुरुषको रगत

बेनी नगरपालिकाको भवन निर्माण शुरु

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकामा नयाँ कार्यालय भवन निर्माण शुरु भएको छ । नगरपालिकाअन्तरगतका विभिन्न शाखाहरुका लागि नयाँ भवन निर्माण शुरु गरिएको हो । हाल नगरपालिका कार्यालय रहेको परिसरमा नयाँ पाँच कोठे एक तले भवन निर्माण शुरु भएको नगरप्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । भवन निर्माणका लागि जयमा लक्ष्मी निर्माण सेवा बागलुङले रु ४८ लाख ४९ हजार ४२ मा ठेक्का सम्झौता गरेको छ । गत आर्थिक वर्षमा ठेक्का सम्झौता भएको भवन