काठ चोरीमा संलग्न दुई जना पक्राउ
महोत्तरी । डिभिजन वन कार्यालय महोत्तरीले खोजी अभियानअन्तर्गत ५८ दशमलव १४ घन क्यूविक फिट चोरीका काठ बरामद गर्नुका साथै दुई जनालाई पक्राउ गरेको छ । बर्दिवास नगरपालिका–१ स्थित दर्ता नभएको एक फर्निचर उद्योग र बर्दिवास–३ गौरीडाँडास्थित ग्रिल उद्योगका नाउँमा सञ्चालन गरिएको कारखानाबाट सो परिमाणको साखुका चिरान काठ मङ्गलबार बरामद गरिएको डिभिजन प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिनुभयो । बर्दिवास–१ मा गोपाल फर्निचरको साइनबोर्ड राखिएको फर्निचर उद्योगमा खानतलासी गर्दा ४८ थान कडी,










