धनगढीमा एनआईसी एसिया बैंकको एटीएम तोडफोड


धनगढी । धनगढीस्थित एनआईसी एसिया बैंक प्रादेशिक कार्यालयको एटीएम तोडफोड गरिएको छ ।

प्रादेशिक कार्यालयको एटिएममा गएराति तोडफोड भएको बताइएको छ । तोडफोडको घटना बैैंकमा रहेको सिसिटिभी क्यामेरामा कैद भएको छ ।

धनगढी चौराहमा रहेको प्रादेशिक कार्यालयको एटिएम बिहीवार राती १२ बजे तोडफोड भएको हो ।

मास्क लगाएको र हातमा पहेलो रंगको घडी लगाएको व्यक्तिले राती १२ बजे सिसिटिभी उल्टो फर्काएको सिसीटिभिमा देखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक अनुपम शमशेर जवराले एटीएम तोडफोड भएपनि पैसा सुरक्षित रहेको जानकारी दिए ।

उनले एटीएम तोडफोड गर्ने व्यक्तिको खोजी भई रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *