भाग्य परिवर्तन हुनका लागि छोरी नै जन्मिनु पर्दछ : ज्योतिष


काठमाडौं : स्त्री हरुकाे स्वभाव र पुरुषहरुको भाग्य स्वयम् भगवान् लाई पनि थाहा हुदैन कहिले र कहाँ गएर परिवर्तन हुन्छ भनेर ।मनिसकाे भाग्य तीन तरिकाबाट परिवर्तन हुन्छ भनेर ज्याेतिष तथा वस्तुशास्त्रका ठूलाठूला ग्रन्थ हरुमा उल्लेख गरिएकाे छ ।घर बनाएर नयाँ घरमा सर्दा खेरि त्यस्तै विवाह गरिसकेपछि र सन्तान जन्मेपछि मानिसको भाग्य परिवर्तन हुनेकुरा ज्याेतिषीहरुले जानकारी गराएका छन ।कसैका राम्राे हुन्छ भने राम्राे हुने हरुकाे लागि सन्तान गर्भमा आएदेखि नराम्राे तथा धन सम्पत्ति नाेक्सान गर्ने तरिकाले आउने गर्छन् ।

शुभ तथा अशुभ भन्ने कुरा समयले जानकारी गराउने हाे ।राम्राे समयमा राम्राे तथा नराम्रो समयमा खराब दशामा जन्मिएका हुनाले अशुभ हुने हुन्छ । सन्तान भएर मात्रै सुखी हुन्छ भनेर भन्नू हाम्राे कल्पना मात्रै हाे । बुवा आमाकाे लागि सन्तान बाट सुख हुने याेग छकिछैन त्याे महत्त्वपूर्ण हुन्छ । यदि सन्तान सुख हुने याेगनै नभएकाे समयमा जतिसुकै सन्तान जन्माएर पाले पनि ती सन्तानले सुख दिनुभन्दा पनि उल्टो दुख तथा नाेक्सान पुर्याउने गर्दछन् ।सन्तान हरुमा छाेरिकाे महिमा त शास्त्रमा कति हाे कति वर्णन गरिएकाे छ ।

मारर्कण्य ऋिषीले स्त्रीकाे महिमा लेख्दा लेख्दै मारकण्य पुराण नै लेखेका थिए तेसैले छाेरा खाेज्ने समाजका लागि उक्त पुस्तक महत्त्वपूर्ण हुनेछ ।ज्याेतिषका ग्रन्थ हरुमा सबैभन्दा ठुला याेग हरुमा निर्माणमा पुरुषकाे तुलनामा महिलाकै ठूलाे याेग हुने गर्दछ । जस्ताे सुकै शक्तिशाली पुरुष भएता पनि महिलाले चहेमा केही समयमै कमजाेर बनाईदिने शक्ति महिलामा हुने गर्दछ । प्रकृतिले महिलालाई धेरै प्राकृतिक गुणहरु प्रदान गरेकाे छ । सहनशीलता, धैर्यता, लक्ष्यिणता, इमानदारीता लगाएका धेरै गुणहरु दिएकाे छ । नारीकाे महिमा धर्मशास्त्रले धेरैनै गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *